सुविसुले ‘क्लियर टीभी’ सेवामा २५० भन्दा बढी डीजीटल र एचडी च्यानलहरु विस्तार गर्यो

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले आफ्नो क्लियर टीभी सेवामा २५० भन्दा बढी डीजीटल च्यानलहरु बिस्तार गरेको छ । त्यसमा ६० भन्दा बढी एचडी च्यानलहरु रहेका छन् । सुविसु हाल नेपालकै सबैभन्दा बढी एचडी तथा डीजीटल च्यानल सेवा प्रदायक कम्पनी भएको जनाइएको छ । खेलकुद, चलचित्र तथा वृत्रचित्र, संगीत र जीवन शैली अन्तर्गत पर्ने २५०भन्दा बढी डीजीटल एचडी च्यानलहरुले दर्शकहरुको आफ्नो रोजाइको च्यानल छनौट गर्ने अपेक्षा कम्पनीले गरेको छ । क्लियर टीभी सेवामा हाल ग्राहकहरुका लागि रु १ हजार ९९९ को अफर समते कम्पनीले ल्याएको बताएको छ । जसमा ग्राहकहरुले सेट टप बक्स, इन्स्टलीङ र २ महिनाको सबक्रीप्सन सेवा प्राप्त गर्न सक्ने जानकारी दिइएको छ । कम्पनीको अनुसार क्लियर टीभी सेवा बेसिक र प्रिमीयम गरी दुई प्याकेजहरुमा उपलव्ध छ । प्रतिमहिना न्युनतम रु ५०० देखि रु ७०० सेवा शुल्क रहेको छ । साथै एकमुष्ट ३, ६ र १२ महिनाको सेवाखरिद गर्दा बिषेश छुटको व्यवस्था गरिएको छ । ग्राहकहरुले क्लियर टिभी इन्टरनेट सेवाको प्याकेजहरु पनि उपर्युक्त मुल्यमा प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । सुविसुले आफ्ना ग्राहकहरुलार्ई डीजीटल टिभी र इन्टरर्नेट सेवा एउटै तारको माध्यमबाट प्राप्त गर्न सकिने सुविधा प्रदान गर्दै आएको छ ।  

टेलिकमले ल्यायाे ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर, सोमबारदेखि शुरु

काठमाडौं । नेपाल टेलिकमले भोलि बैशाख ३ गतेदेखि ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने भएको छ । टेलिकमले आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) को अवसरमा  उक्त अफरहरु ग्राहकमाझ ल्याएको हो । ह्याप्पी सोसल मिडिया प्याक बैशाख ३ गते मनाइने आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) को अवसरमा नेपाल टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड/पोष्टपेड मोबाइलमा ‘ह्याप्पी सोसल मिडिया प्याक’ उपलब्ध गराउने भएको छ । ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ । उक्त अफर २०७५ बैशाख ३ गते देखि लागू हुनेछ । अफर आगामी २०७५ बैशाख १८ गते सम्म लिन सकिने छ । ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत २१ रुपैयाँमा २ सय ५० एमबी डाटा प्राप्त हुनेछ । सो प्याक विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने छ । सो प्याक ७ दिन अवधिसम्म प्रयोग गर्न सकिने छ । ह्याप्पी सोसल मिडिया प्याक चलाउदा वेब ब्राउजर नभई सम्बन्धित सोसल मिडियाको एप्स नै प्रयोग गर्नु आवश्यक हुन्छ । विद्यार्थी अफर कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यार्थी अफर उपलब्ध गराउने भएको छ । सो अफर भोलि बैशाख ३ गते देखि उपलब्ध हुनेछ । विद्यार्थीहरुलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइने छ । सो रकम मध्ये १० रुपैयाँमार्फत कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न जस्ता सबै सुविधा उपयोग गर्न सकिने छ । बाँकी ४० रुपैयाँमार्फत ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ । यी सबै सुविधा ३० दिन भित्र उपभोग गरिसक्नु पर्नेछ । विद्यार्थीहरुलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराइने छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ । त्यसैगरी सो अफर अन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा समेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराइने छ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनस अन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ । रिचार्ज गरिसके पछि यो सुविधा ३ दिन भित्र उपभोग गरिसक्नु पर्नेछ । अफर अन्तर्गत उपलब्ध भ्वाइस कल र एसएमएस नेपाल टेलिकमकै नेटवर्क भित्रका नम्बरका लागि मात्र उपलब्ध हुनेछ । आगामी ३ महिनासम्म विद्यार्थी अफर उपलब्ध गराइने छ । अफर अन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक बर्ष सम्म उपलब्ध हुनेछ । एसईई, उच्च मावि र सोभन्दा माथिल्लो तहका बिद्यार्थीहरुलाई बिद्यार्थी अफरको सिम उपलब्ध गराइने छ । एसईई परीक्षा दिएका विद्यार्थीहरुले सो सिम लिनका लागि विद्यालयको आईडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ । त्यसैगरी उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ । टेलिकमले हाल नयाँ वर्ष २०७५ को अवसरमा उपभोक्ताको थप सुविधाका लागि ह्याप्पी विकेन्ड प्याक, अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक, एडीएसएल भोलुम बेस्ड प्याकेज र एडीएसएल अनलिमिटेड प्याकेज समेत उपलब्ध गराइरहेको छ ।

नयाँ वर्षमा एनटीसीकाे चार नयाँ अफर, रू १५ मा १ जीबीदेखि ७ हजारमा एक वर्षसम्म चल्ने डाटा प्याकेज पाइने

नेपाल टेलिकमले नयाँ वर्षको अवसरमार उपभोक्ताको थप सुविधाका लागि नयाँ वर्ष अफर २०७५ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ बैशाख ०१ देखि लागू हुने जनाइएकाे छ। कम्पनीकाे अनुसार अफर बैशाख १५ गतेसम्म लिन सकिनेछ । अफरहरु यस्ता छन् :- ह्याप्पी विकेन्ड प्याक जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि रहनेछ । अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा १ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । डाटा खरिद गरेको एक दिनसम्म यसको अवधि हुनेछ । १ जीबी डाटा थ्रिजी/फोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा चल्ने कम्पनीको भनाइ छ । एडीएसएल भोलुम बेस्ड प्याकेज नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । एडीएसएल भोलुम वेस्ड प्याकेज अन्तर्गत २ सय रुपैयाँमा १५ जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । ३ सय रुपैयाँमा २५ जीबी डाटा र ४ सय रुपैयाँमा ४० जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने जनाइएको छ । एडीएसएल अनलिमीटेड प्याकेज कम्पनीले ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल अनलिमिटेड प्याकेज अन्तर्गत ७ सय रुपैयाँमा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । त्यसैगरी ३ हजार ७ सय ५० रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा १ सय ८० दिन सम्म र ७ हजार रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा ३ सय ६० दिनसम्म प्रयोग गर्न सकिने कम्पनीकाे भनाइ छ । ती विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले स्टार १४१५ ह्याज डायल गर्न सक्नेछन‍् । जहाँबाट डाट प्याकको बारेमा बुझ्न र लिन सकिने कम्पनीले जानकारी गराएको छ ।