महेन्द्रनगरको बागफाटामा डिशहोम फाईबरनेटको सोरुम
काठमाडौं । डिशहोम फाईबरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट सोरुमको उद्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले गर्नेछ । सोरुम उद्घाटन, डिशहोमका तर्फबाट निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल , सर्बिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान , रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्टको उपस्थितिमा सम्पन्न भएको थियो । विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अब डिशहोम फाईबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ । ४०० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईबरनेटको सेवा उपलब्ध गराईसकेको जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अव अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने जेनिशा मोबाइल एण्ड ईलेक्ट्रोनिक सेन्टरका सञ्चालक हजारी चन्दले बताए ।
महेन्द्रनगरको सुख्खडसलमा डिशहोम फाईबरनेटको सोरुम
काठमाडौं । डिशहोम फाईबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुख्खडसल, महेन्द्रनगर डिशहोम फाईबरनेट सोरुमको उद्घ्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन दिपक ट्रेडर्सले गर्नेछ । सोरुम उद्घाटन डिशहोमका तर्फबाट एरिया म्यानेजर निर्मल आचार्य सेल्स अफिसर कमल रिमाल सर्बिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान , रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्टको उपस्थितिमा सम्पन्न भएको थियो । विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको दिपक ट्रेडर्सले अब डिशहोम फाईबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ । २०० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईबरनेटको सेवा उपलब्ध गराईसकेको दिपक टे«डर्सले अव अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने दिपक ट्रेडर्सका सञ्चालक दिपक प्रसाद भट्टले जानकारी दिए ।
नेपाल टेलिकमले निर्वाचनकाे अवसरमा ल्यायाे अफर
काठमाडाैं । नेपाल टेलिकमले स्थानीय तह निर्वाचनको अवसरमा नयाँ अफर ल्याएको छ । आइतबार २५ गतेदेखि जेठको चार गनेसम्म लागू हुने गरी टेलिकमले ९८ रुपैयाँ मूल्य पर्ने विभिन्न अफर ल्याएको हो । अफरमा ९८ रुपैयाँमा तीन दिनसम्म जुनसुकै नेटवर्कमा २ सय मिनेट कल गर्न सकिनेछ । यस्तै, ९८ रुपैयाँमै तीन सय वटा एसएमएस वा ६ जिबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।