टेलिकमको समर अफर, पहिलेकै मूल्यमा थप ४ गुण डेटा सेवा

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा आगामी २०७९ साउन १ गतेदेखि नयाँ दर लागु हुने भएको छ । नेपाल सरकारले हाल लिदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागु हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो । कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने छ । यसैगरी साउन १ देखि समर अफर अन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको छ । पहिले उपलब्ध सबै अफरहरुलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको छ । त्यसैगरी कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफर समेत थप गरिएका छन् । यस अनुसार केही अफरहरुमा उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढीे डाटा भोल्युम थप भएका छन् । यस बाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजहरुमा समेत सोही अनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको छ । उदाहरणको लागि सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ । त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । यसैगरी पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरुमा पनि थप रिसोर्स प्रदान गरिएको छ । समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले  *1415# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने जनाएको छ ।

प्रभु क्यापिटलको एप संचालन, सेयर सम्बन्धी सबै सेवा अब मोबाइलबाटै

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले डिजिटल एप निर्माण गरी संचालनमा ल्याएको छ ।ग्राहकलाई छिटो र सहज तरिकाबाट सेवा प्रदान गर्न उद्देश्यले क्यापिटलले बिहीबारबाट एप संचालनमा  ल्याएको जनाएको छ । यस मोबाइल एपबाट ग्राहकहरुले अनलाइनबाटै हितग्राही खाता तथा मेरो शेयर अनलाइन सेवाका लागि आवेदन दिन, भिडियो केवाइसी गर्न, हितग्राही खाताको विवरणहरु परिवर्तनका लागि निवेदन दिन, हितग्राही खाता तथा मेरो सेयरको नविकरण शुल्क भुक्तानी तथा पासवर्ड परिवर्तन गर्न निवेदनका साथै हितग्राही खाताको स्टेटमेन्ट माग गर्न सक्नेछन् । यस्तै मोबाइल एपबाट लगानी व्यवस्थापन सेवामा जोडिनको लागि उपलब्ध योजनामा आवेदन दिन सकिने छ । यस मोबाइल एपबाट ग्राहकहरुले नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीहरुको कारोबारको विवरण तथा विभिन्न परिसुचकको अवस्थाको बारेमा हेर्न पाउने सुविधा रहेको क्यापिटलले जनाएको छ । क्यापिटलको अनुसार ओम्निच्यानल प्रविधि प्रयोग गरेर बनाइएको यस एपबाट ग्राहकहरुले प्रभु क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता खोल्नुका साथै आफूलाई पायक पर्ने समयमा भिडियो केवाइसिको लागि समय लिई सो समयमा भिडियो केवाइसि सम्पन्न गर्न सक्नेछन् । यसका साथै आफ्नो डिम्याट खातालाई लिंक गरेर डिम्याट खाता तथा मेरो शेयर सम्बन्धी सम्पूर्ण सेवा मोबाइलबाटै लिन सक्नेछन् । प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तन तथा ग्राहकहरुलाई सहजीकरण गर्दै आएको छ । यो प्रविधिको प्रयोगबाट प्रभु क्यापिटलका ग्राहकहरुले प्रभु क्यापिटलबाट प्राप्त गर्ने अन्य विभिन्न सेवाहरुको बारेमा जानकारी प्राप्त गर्नुका साथै विभिन्न सेवाहरु प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एपलाई क्यापिटलले आफ्नै कार्यालयमा स्थापना गरिएको सर्भरमा होस्टिङ्ग गरिएको र यसलाई विभिन्न चरणमा यसको सुरक्षा जाँच तथा सुरक्षाको जोखिम परिक्षण पश्चात मात्रै सञ्चालनमा ल्याइएको हुँदा सुरक्षाको दृष्टिकोणबाट एकदमै सुरक्षित रहेको जनाएको छ ।

एनसेलले ल्यायो आकर्षक ‘डबल मजा प्याक’, १२५ रुपैयाँमा १० जीबी डेटा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको छ । यस अफरले ग्राहकलाई १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । ग्राहकले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा करसहित १२५ मा खरिद गरेर प्याकको समयसीमा सकिनुभन्दा पहिले नै सो प्याक पुनः खरिद गरेको अवस्थामा भने उही शुल्कमा ५ जीबीको सट्टामा १० जीबी डेटा प्राप्त गर्नेछन् । यो अफर आज (असार २४ गते शुक्रबार)देखि संचालनमा आएको छ । समयावधि सकिनु अघिनै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोही अनुसार थपिँदै जाने यस अफरको विषेशता रहेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार यदि कुनै ग्राहकले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुनस् खरिद गरेमा नयाँ १० जीबी उसको बाँकी डेटा भोल्युममा जोडिनेछ र समयसीमा पनि बाँकी रहेको ४ दिनसहित ११ दिन हुनेछ । प्याक आवश्यकता अनुसार जति पटक पनि पुनः खरिद गर्न सकिने र यसको कूल अधिकतम समयसीमा २८ दिन रहने छ । ‘हामी आफ्ना ग्राहकलाई हाम्रो निरन्तरको प्रयास र नवीन सेवामार्फत् उत्कृष्ट सेवा अनुभव र यसको उचित मूल्य प्रदान गर्न प्रतिवद्ध छौं। आफ्नो डेटाको सीमा सकिने कुनै चिन्ता नगरी सुलभ डेटा सेवाबाट फाइदा लिन पाइने भएकाले नयाँ डबल मजा प्याकले ग्राहकलाई ठूलो महत्व राख्दछु,’ एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने । एनसेलका ग्राहकले ८१७१२३८२२३ डायल गरि यो प्याक सजिलै सुचारु गर्न सक्नेछन् । ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र इसेवा, खल्ती, आईएमईपेजस्ता वालेटबाट पनि यो प्याक खरिद गर्न सक्नेछन् । ग्राहकले यस अफर अन्तर्गत एनसेलको डेटा सेवाको फाइदा जहाँ र जहिले पनि लिन सक्ने कम्पनीले जनाएको छ ।