अब एस्ट्रोपडबाटै डेटिङ पार्टनर पत्ता लाग्ने, कसरी गर्ने प्रयोग ?

काठमाडौं । सहरको कुनै कन्सर्टमा जाँदै हुनुहुन्छ अथवा चलचित्र हेर्ने सोंच बनाउँदै हुनुहुन्छ । अथवा रमाइलो पार्टीमा सहभागी हुने योजना बनाइरहनुभएको छ । तर, यस्ता इभेन्टमा एक्लैभन्दा कोही मन मिल्ने साथी लिएर जाने रहर छ । त्यस्तै साथी खोजिदिने फिचरसहित एस्ट्रोपड उपस्थित भएको छ । नेपाली युवाहरुले निर्माण गरेको डेटिङ एप एस्ट्रोपडले आफ्ना प्रयोगकर्तालाई रोमाञ्चक फिचर थप गरेको हो । युवायुवतीका लागि डेटिङ पार्टनर खोजिदिने उपायसहित एक वर्ष अघि नेपाली बजारमा सार्वजनिक भएको एस्ट्रोपडले अब इभेन्टमा सँगै जाने पार्टनर पनि खोज्न सकिने सुविधा सार्वजनिक गरेको छ । एपमा हालै अपडेट गरिएको एक्सप्लोर फिचरले तपाईँको रुचि साझा गर्ने र इभेन्टसँगै अन्वेषण गर्न चाहने समान विचारधारा भएका व्यक्तिसँग जोडिने रोमाञ्चक उपाय उपलब्ध गराउँछ । यसमा प्रयोगकर्ताहरुले आफ्नो राशीअनुसारको एयर साइन फायर साइन अर्थ साइन तथा वाटर साइन हेरेर आफ्नो डेटिङ्ग पार्टनरका साथमा डेटिङ्ग स्थल छनोट गर्न सक्नेछन् । विशेषगरी वायु, अग्नी, जल र पृथ्वीले हाम्रा दैनिक जिवनकार्य र मानवलाई असर पार्ने ज्योतिषशास्त्रिय मान्यताअनुसार यी चिन्हमा आधारित रहेर प्रयोगकर्ताले आफूजस्तै रुचि राख्ने व्यक्ति खोजेर डेट गर्न सक्नेछन् । एक्सप्लोर फिचरमा अप्ट इन गरेर र विशिष्ट घटना वा रुचि चयन गरेर ति गतिविधिमा आफूजस्तै रुचि राख्ने व्यक्ति पत्ता लगाउन सकिन्छ । कन्सर्ट, उत्सव, मेला वा पहिलो डेटको लागी स्मरणीय स्थल जान खोज्दै हुनुहुन्छ भने एस्ट्रोपडको एक्सप्लोर फिचरले त्यो सबै कभर गरेको छ । इभेन्टमा यसरी सहभागी बन्नुहोस् तपाईँ चलचित्र हेर्न जाने साथी खोज्दै हुनुहुन्छ भने एक्सप्लोर स्क्रिनमा नेभिगेट गरेर ‘मूभी डेट’ विकल्पमा छनोट गरेर त्यसमा अप्ट इन गर्नुहोस् । त्यहाँबाट सम्भावित ‘म्याचिङहरू’ मार्फत स्वाइप गर्न सुरु गर्न सक्नुहुन्छ, ज्योतिषीय अनुकूलता मूल्याङ्कन गर्न सक्नुहुन्छ, र दायाँ स्वाइप गरेर वा एस्ट्रोपड पठाएर आफ्नो रुचि व्यक्त गर्न सक्नुहुन्छ । यो अनौठो सुविधाले तपाईँको पहिलो डेटिङ्गका लागि कहाँ जाने भन्ने निर्णय गर्ने रमाईलो र आकर्षक तरिका प्रदान गर्दछ । एस्ट्रोपडको एक्सप्लोर सुविधाले रोमाञ्चक सम्भावनाहरूको ढोका खोल्छ र कुनैपनि इभेन्ट वा समान रुचिको संसारमा जोडिन सहयोग गर्दछ । कसरी प्रयोग गर्ने ? १. एस्ट्रोपड एप खोल्नुहोस् र स्क्रिनको तल–बायाँ कुनामा अवस्थित एक्सप्लोर मेनुमा नेभिगेट गर्नुहोस् । २. एक्सप्लोर मेनुमा, तपाईँले विशिष्ट घटनाहरू वा रुचिहरू जस्ता विभिन्न विकल्पहरू फेला पार्नुहुनेछ । त्यहाँ आफूलाई मनपर्ने इभेन्ट वा रुचि छान्नुहोस् जुन तपाईँ थप एक्सप्लोर गर्न चाहनुहुन्छ । ३. उही इभेन्टमा रुचि राख्ने अन्य व्यक्तिहरू हेर्न, तपाईँले अप्ट इन गर्न आवश्यक छ । त्यहाँ इभेन्टमा अप्ट इन गरिएका प्रयोगकर्तालाई मात्र देखाइनेछ । यसले तपाईँलाई इभेन्टको लागि तपाईँको उत्साह साझा गर्ने सम्भावित जोडाहरू हेर्न र कनेक्ट गर्न अनुमति दिनेछ । ४. तपाईँले छनोट गरेपछि आफूजस्तै रुचि, प्रोफाइल, प्राथमिकता र अन्य सान्दर्भिक जानकारी भएका व्यक्तिलाई एक्सप्लोर गर्नुहोस् र ज्योतिषीय अनुकूलता जाँच गर्नुहोस् । ५. कार्यक्रमको लागि अप्ट इन गर्ने अन्य प्रयोगकर्ताको प्रोफाइलमार्फत स्वाइप गर्नुहोस् । आफ्नो रुचि संकेत गर्न दायाँ स्वाइप गर्नुहोस् वा आफ्नो रुचिको बारेमा जानकारी दिन एस्ट्रोपड प्रयोग गर्नुहोस् ।

आर्टिफिसियल इन्टेलिजेन्सले शिक्षककै विस्थापन गर्नसक्छ

काठमाडौं । पछिल्लो समयमा तिव्र गतिमा विकास हुँदै गएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले शिक्षा क्षेत्रमा ठूलो सुधार ल्याउन सक्ने अनुमान गरिएको छ । साथै एआईको प्रयोगमा वृद्धि हुँदै जाँदा धेरै संख्यामा शिक्षक समेत कटौती हुनसक्ने अनुमान विज्ञहरुले गरेका छन् । क्यालिफोनिर्या युनिभर्सिटीका कम्प्युटर वैज्ञानिक प्राध्यापक सटुअर्ट रसेलले जेनेभामा भएको संयुक्त राष्ट्रसंघको आर्टिफिसियल इन्टेलिजेन्स गुड ग्लोबल सम्मेलनको क्रममा एआई क्षेत्रमा भइरहेको विकासको कारणले स्कुलहरु बन्द हुने सम्भावना औंल्याएको थिए । यहाँसम्मकी शिक्षकको समेत आवश्यकता नहुनसक्छ । प्राध्यापक रसेल भन्छन् की च्याटजिपिटी जस्ता ट्युटरहरुसँग स्मार्टफोनको माध्यमबाट व्यक्तिगत ट्युटोरिङमार्फत शिक्षालाई उच्च गुणस्तरीय बनाउने क्षमता रहेको छ । उनका अनुसार शिक्षकले पढाउने भन्दा ट्युटोरिङ सिकाई दुईदेखि तीन गुणा बढी प्रभावकारी हुनसक्छ । अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयमा ट्युटर्सको उपयोग गर्ने गरिन्छ । विश्वका सबै बालबालिकाहरुको लागि ट्युटर्स प्रयोग गर्न असम्भव हुन सक्छ तर, एआईको माध्यमबाट यो कुरा सम्भव हुनसक्छ । जसले गर्दा विश्वभरका सबै विद्यार्थीहरुलाई एकै स्तरको शिक्षा प्राप्त गर्न समेत सम्भव हुनसक्छ । साथै शिक्षा क्षेत्रमा एआईको प्रवेशले शिक्षकको भूमिका पुरै निस्तेज पनि हुनसक्छ । तर, शिक्षा क्षेत्रमा एआईको प्रयोग शुरु पूर्व यसलाई प्रशिक्षित तथा नियन्त्रण गर्न भने जरुरी देखिन्छ । अहिलेको समयमा एआई प्रणालीको नियन्त्रण गर्ने प्रविधिमा निकै चुनौती देखिएको छ । यदि एआईमाथिको नियन्त्रण गुम्न पुग्यो भने यसको नतिजा घातमक पनि हुन सक्छ । यदि एआईमाथिको नियन्त्रण गुम्न पुग्यो भने विद्यार्थीको भविष्यमा यसले नकारात्मक स्थिति पैदा गर्न सक्छ । एजेन्सीको सहयोगमा ।

आईएमई पे, खल्ती र प्रभु पे पनि नेपाल पेमा आवद्ध

काठमाडौं । नेपालका  डिजिटल वालेट आईएमई पे, खल्ती र प्रभु पे नेपाल पेमा आवद्ध भएका छन् । यससँगै ग्राहकहरुले यी वालेटहरु प्रयोग गरी नेपाल पे क्युआरको मर्चेन्टमा क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान, आईएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी, स्प्यारो पे (खल्ती) का प्रमुख कार्यकारी अधिकृत विनय खड्का तथा प्रभुपेका अपरेसन्स तथा फाइनान्स हेड, रवि सिग्देल लगायत बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधिको उपस्थितिमा संयुक्त रुपमा यी सेवाहरू सार्वजनिक भएको घोषणा गरिएको हो । नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल-क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्युआर सञ्चालनमा ल्याइएको हो । क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे मा इस्युङ्गि एप, मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआवद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । नेपाल पे क्युआरमा हाल २७ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु र ३ भुक्तानी सेवा प्रदायकहरूले क्युआर मर्चेन्ट इनरोलमेन्ट सेवा उपलब्ध गराइरहेका छन् भने २५ भन्दा बढी बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ र ९ वटा भुक्तानी सेवा प्रदायकहरूको वालेटहरूबाट नेपालपे क्युआरस्क्यान गरी भुक्तानी गर्न सकिन्छ भने अन्य संस्थाहरु पनि थपिने क्रममा छन् । आईएमई पे, खल्ती र प्रभु पे का क्रमशः ४० लाख, ३७ लाख र ९ लाख प्रयोगकर्ताहरु रहेका छन् । नेपालपेको नेटवर्कमा ३ लाख ५० हजार क्युआर मर्चेन्टहरु छन् र हालै स्मार्ट क्युआरसंगको अन्तरआवद्धता पश्चात अब ६ लाखभन्दा बढि मर्चेन्टहरुको पहुँच हुनेछ । मर्चेन्टहरुको बिलिङ्ग प्रणाली वा पीओइस डिभाइस वा इकर्मस पोर्टलको पेमेन्ट गेटवेमा, फिजिकल वा डाइनामिकको रुपमा उक्त नेपाल पे क्युआर उपलब्ध रहेका छन् । आईएमई पे, खल्ती र प्रभुपे नेपाल पेसँगको यस साझेदारीले ग्राहकहरुलाई क्युआर सम्बन्धी भुक्तानीहरु गर्न थप सहज हुने विश्वास गरिएको छ