टेलिकमको आईपीटीभी सेवामा आलाकार्टा प्रणाली लागु

काठमाडौं । नेपाल टेलिकमले भीएएस सेवाको रुपमा सञ्चालन गरेको आईपीटीभी सेवामा आलाकार्टा प्रणाली लागु गरेको छ । सरकारले आलाकार्टा शुल्क प्रणाली लागु गर्न दिएको निर्देशन अनुसार टेलिकमले आफ्नो टेलिभिजन सेवा ग्राहकका लागि एनटीटीभी आलाकार्टा शुल्क प्रणाली लागु गरेको जनाएको छ । आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी नेपाल टेलिकमले आलाकार्टा शुल्क प्रणाली लागु गरेको जनाएको हो । सो प्रणाली अनुसार ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेज वा बेसिक प्याकेजमा आवश्यकता अनुसार बुके प्याकेज थप गरी प्याकेजहरू खरिद गर्न सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । बेसिक प्याकेज लिएका ग्राहकहरूले हालका लागि आफ्नो आवश्यकता अनुरुप बुके प्याकेजहहरू खरिद गर्न सक्नेछन् । सुरुको ३ महिनाभित्र सम्पूर्ण प्रिमियम प्याकेज सहितको वार्षिक प्याकेज सब्स्क्रिप्सन गर्ने ग्राहकका लागि अफरको रुपमा ३६० रूपैयाँ प्रति महिनाको दरमा प्रिमिय प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्राहकले बेसिक एवम् प्रिमियम प्याकेज खरिद गर्न नेपाल टेलिकमको काउन्टरमा भिजिट गर्नुपर्नेछ । बेसिक प्याकेज लिएका ग्राहकले थप बुके प्याकेज खरिद गर्न टीभीको मेनुमा गएर आफैं खरिद गर्न सक्नेछन् । यस आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुची बमोजिमका प्याकेज खरिद गरी सोको मात्र भुक्तानी गर्न सकिन्छ । जसले ग्राहकलाई फाइदा पुग्ने विश्वास कम्पनीको छ  ।

एनसेल बन्यो आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अफ

काठमाडौं । एनसेलले शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अपको उपाधि जितेको छ । प्रो सञ्जय लामाको नेतृत्वमा रहेको एनसेल ‘ए’ टोलीले–१२ अन्डर स्कोर गर्दै तेस्रो रनर अप अर्थात चौथो स्थान हासिल गरेको हो । यस एकदिवसीय प्रतियोगितामा कूल २९ कर्पोरेट हाउसहरुका सहभागीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टोलीमा एक व्यवसायिक गल्फर र तीन एमेच्योर गल्फरहरू रहेका थिए र प्रतियोगिता १८–होलमा खेलाइएको थियो । एनसेल ‘ए’ समुहमा व्यवसायिक गल्फर सञ्जय लामा र अन्यतीन एमेच्योर गल्फरहरु श्री जय आचार्य (एनसेल–सिङ्गल ह्याण्डीक्याप), इन्द्रधारा विष्ट (हाई ह्याण्डीक्याप) र सञ्जय पौड्याल (मिड ह्याण्डीक्याप) रहेका थिए । लामाले तेस्रो रनर अप बनेकोमा १०,००० रूपैयाँ नगद पुरस्कार जितेका थिए । व्यवसायिक गल्फर सन्तोष रोक्काको नेतृत्व रहेको कैलाश हेलिकप्टरको समुहले प्रतियोगिताको उपाधी जित्न सफल भएको थियो । कैलाश हेलिकप्टरले १४ अन्डर ५४ स्कोर हासिल गर्दै प्रतियोगिताको उपाधि जितेको हो । रोक्काले रु. ५०,००० नगद पुरस्कार पनिजितेका छन् । मातृका आई सेन्टर ‘ए’ १३ अन्डर ५५ स्कोरका साथ रनर अप अर्थात उपविजेता बनेको थियो । यसकालागि खड्काले ३०,००० रूपैयाँ नगद पुरस्कार पनि जितेका थिए । त्यसैगरी व्यवसायिक गल्फर भीमसेन चौलागाईको नेतृत्वमा रहेको सपोर्ट नेपाल फाउण्डेशनको टोलीले एनसेल ‘ए’ लाई काउन्ट ब्याकमा जित्दै १२ अन्डर ५६ स्कोरका साथ दोस्रो रनर अप बनेको थियो । चौलागाईले  २०,००० नगद पुरस्कार जितेका थिए। सपोर्ट नेपालकामिथुन राईले स्ट्रेट ड्राइभ र रोड हाउस क्याफे प्रा.लिका स्वदेश गुरुङले क्लोजेस्ट टु द पिनको उपाधि जितेका थिए । उनीहरुलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदानगरिएको थियो । यो गल्फ प्रतियोगिता रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) ले आयोजना गरेको थियो । यस प्रतियोगिताको मुख्य उद्देश्य सबै कर्पोरेट हाउसहरूलाई एउटै छानामुनि जम्मा गरेर गल्फको प्रवर्द्धन गर्नु रहेकाे थियो । प्रतियोगितामा हिमालयन बैंक, साल्ट ट्रेडिङ, हाइडेलबर्ग, अर्शिया कउचर, क्रिएशन्स सफ्ट नेपाल, एईडीए, डाइनेस्टी एयर, सहारा बिल्डर्स, इन्टिग्रेटेड सोलुसन, अल्टिच्युड एयर, सान सोजु, भाटभटेनी इन्टरनेशनलप्रा.लि, लामा एक्सकर्सन प्रा.लि, जावलाखेल गु्रपअफ इन्डिष्ट्रीज् (जेजीआई), विजयमोटर्स, विजडम ल सोलुसन्स, ब्याड ब्वाइजगु्रप, लियोन मोटर्स, प्रिमियर अर्गानिक्स र सालिकोको सहभागिता रहेको थियो ।

एनसेल एचआर मिट २०२४ मा दुई अवार्डबाट सम्मानित

काठमाडौं । नेपालको मानव संसाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादन गरे वापत एनसेलले एचआर मिट २०२४ मा ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड २०२४’ जित्न सफल भएको छ । स्वतन्त्र मानव संसाधन परामर्श कम्पनी ग्रोथ सेलर्स प्रा.लिले आयोजना गरेको एचआर मिट २०२४ को विशेष समारोहमा शनिबार एनसेललाई यी अवार्डहरु प्रदान गरिएका हुन् । राष्ट्रिय मानव संसाधन उत्कृष्टता सम्मान अर्थात नेशनल एचआर एक्सिलेन्स अवार्ड नेपालमा प्रदान गरिने सबैभन्दा ठूलो एचआर अवार्डको रुपमा चिनिन्छ र यसअघि एनसेलले नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२० पनि जितेको थियो । एनसेल एचआर मिट २०२४ मा दुईवटा विधामा अवार्ड प्राप्त गर्ने एनसेल एक मात्र कम्पनी हो । यो सम्मान एनसेलले व्यवसाय सञ्चालनका हरेक पक्षमा उत्कृष्टताका लागि गरेका निरन्तरको प्रयासको प्रमाण हो । नेशनल एचआर एक्सिलेन्स सम्मानका साथै एनसेललाई ‘एक्सिलेन्स इन लर्निङ एण्ड डेभलपमेन्ट अवार्ड २०२४’ पनि प्रदान गरिएको छ । यस अवार्डले अन्तर्राष्ट्रिय सिकाइ र विकास अभ्यासहरूका साथ श्रमशक्तिको पोषण गर्ने कम्पनीको संस्कृति र प्रतिबद्धताको सम्मान गरेको छ ।