बैंकको व्याजदर घट्दैन, बैंकर्स संघको भद्र सहमति तोडिन्छ-बैंकर्स रत्नराज बज्राचार्यको विश्लेषण

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को लागि मौद्रिक नीति सार्वजनिक गरेपछि त्यसको प्रभावबारे विभिन्न खाले विचार विश्लेषणहरु आइरहेका छन् । मेरो बुझाईमा राष्ट्र बैंकले धेरै ठूलो परिवर्तनकारी नीति ल्याएको छैन । त्यो भन्दैमा यो चलायमान छैन, यसले केही कोसिश गरेको पनि छैन भन्ने होइन । बैकिङ क्षेत्रमा सबैभन्दा जल्दोबाल्दो विषय भनेको स्रोत परिचालनमा केही ग्याव देखिनु हो । स्रोत परिचालनमा रहेको ग्याप कम गर्न मौद्रिक नीतिले केही गर्न खोजोको छ । तर त्यो प्रयाप्त छैन । गत वर्ष मौद्रिक नीतिले २० प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिएको थियो । यो वर्ष २१ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिइको छ । ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने हो भने यति कर्जा विस्तार हुनुपनि पर्छ । तर कर्जा विस्तारको लागि पैसा कहाँबाट ल्याउने भन्ने विषयमा मौद्रिक नीति प्रभावकारी रुपमा आउन सकेन । विदेशबाट पैसा ल्याउने नीतिमा राष्ट्र बैंक अहिले केही उदार बनेको छ । विदेशी मुद्रामा पैसा ल्याउन सक्ने व्यवस्था पहिला पनि भएको थियौ । तर पैसा आएन । त्यसको कारण खोजि हुनुपर्छ । सबैभन्दा पहिला नेपालको कन्ट्री रेटिङ छैन । कन्ट्री रेटिङ नभएको ठाउँमा पैसा लगानी गर्न कसैले इच्छा नै देखाउँदैन । रेटिङ नभएको ठाउँमा जोखिम बढी देख्छन् । जोखिम बढी भएको ठाउँमा प्रिमियम बढी लिन खोज्छन् । लिबोर चार्ज ४ प्रतिशत थप्न दिने भन्यो । अब साढे ६ प्रतिशतमा पैसा ल्याउन सकिएला । त्यसको व्याजमा लाग्ने १५ प्रतिशत आय कर बैंकले नै तिर्नुपर्छ । हेजिङ कष्ट करिव ७ प्रतिशत पर्छ । सरकारले नेपालमा हेजिङ सेवाको व्यवस्थागर्छु भनेको छ । तर त्यसको कष्ट त बैंकले नै तिर्नुपर्छ । विदेशीबाट ल्याउने निक्षेपको व्याजमा लाग्ने आयकर छुट दिलाउन त राष्ट्र बैंकले सकेको छैन भने उसले हेजिङ कष्ट बेहोर्ने कुरै भएन । त्यसकारण सबै कष्ट जोड्दा विदेशबाट ल्याउन पैसाको कष्ट १४ प्रतिशतभन्दा बढी हुन्छ । १४ प्रतिशतमा पैसा लिएर बैंकले कति प्रतिशतमा कर्जा लगानी गर्ने ? विदेशी मुद्रामा ल्याएको पैसा विदेशी मुद्रामा नै भुक्तानी गर्नुपर्छ । विदेशी मुद्रामा ल्याएको पैसा विदेशी मुद्रामा लगानी गर्ने अवसर नेपाली बैंकलाई छैन । ट्रेजरी म्यानेजमेन्टले ५/१० प्रतिशत प्ले गरिरहेका हुन्छन् । त्यसबाट थोरै फाइदा लिन सक्छन् । त्यो धेरै सानो पाटो हो । विदेशी मुद्रामा ल्याएर नेपाली मुद्रामा लगानी गर्ने, भुक्तानी गर्ने बेलामा फेरी विदेशी मुद्रामा गर्नुपर्दा बैंकहरु नोक्सानमा जान्छन् । जानीजानी घाटाको व्यापार किन गर्ने ? सुन्दा राम्रो भए पनि काम गर्न गाह्रो छ । मौद्रिक नीतिको राम्रो पक्ष के छ भने विदेशी पेन्सन फण्ड, हेज फण्डबाट पनि पैसा ल्याउन दिने भनिएको छ । उनीहरुसँग पैसा पनि छ । बैंकलाई अगाडि बढाउँ बैकिङ इतिहास हेर्दा कुनै वर्ष ७/८ अर्ब निक्षेप बढेको देखिन्छ । अहिले एउटै बैंकले १५/२० अर्ब निक्षेप बढाएका छन् । समग्र वित्तीय क्षेत्रमा निक्षेप वृद्धि एक वर्षमा खर्ब भन्दा माथि छ । ३/४ वर्षअघि वाणिज्य बैंकहरुको निक्षेप २०/२२ अर्ब रुपैयाँ हुन्थ्यो । अहिले ७५ अर्ब भन्दा कम निक्षेप भएको बैंक खोज्दा पाइदैन । विकास बैंकको निक्षेप २५ अर्ब भईसक्यो । वित्तीय क्षेत्रमा स्रोतको वृद्धि यति हुँदा हुँदै पनि कर्जाको माग बढेको छ । बैंकहरुले कर्जा धेरै दिएर तरलताको संकट आएको होइन । लगभग अब ७५३ स्थानीय तहमा बैंक पुगे । बैंकहरुको वित्तीय साक्षरताको काम पनि गरेका छन् । बजारिकरण पनि गरेका छन् । बैंकमा मानिसको पहुँच पनि पुगेको छ । केही काम गरौं भन्ने गाउँठाउँका मान्छेहरु पनि अब साहु महाजनसँग भर पर्नु नपर्ने भयो । लघुवित्तले मात्र होइन, वाणिज्य बैंकहरुबाट पनि साना साना कर्जा अचाक्की गएको छ । नविल बैंक समेत एसएमई कर्जा लगानी गरिरहेको छ । लघुकर्जाको प्रवाहमा वृद्धि आएपछि बैकिङ क्षेत्रमा तरलताको संकट आएको हो । संघीयता कार्यान्वनमा आएको पनि तेस्रो बर्ष भयो । प्रदेश सरकार, स्थानीय सरकारका सञ्चालन विधि, प्रणालीहरु विकास भईसके । संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार सबै तहबाट विकास खर्च गर्नसक्छन् होला । सरकारी खर्च नियमित भयो भने पनि अर्थतन्त्र गतिशिल हुन्छ । रेमिट्यान्सबाट हुने आयको झण्डै ९० प्रतिशत उपभोगमा खर्च हुदै आएको छ । रेमिट्यान्सबाट आय हुन थालेको पनि २५ वर्ष भईसक्यो । मानिसहरुको आधारभूत आवश्यकता पूरा हुँदै गएको छ । अब त्यसलाई बचतमा परिचालन गर्न सक्नुपर्छ । सरकारले विदेशमा रहेका नेपालीलाई नागरिक बचतपत्र निष्काशन गर्छ । बैंकहरुले १० प्रतिशत व्याज दिएका छन् भने सरकारले ८ प्रतिशत दिएको हुन्छ । यसरी पैसा आउँदैन । बरु बचतमा बैंकहरुले ६ प्रतिशत दिईरहेका छन् भने रेमिट्यान्सबाट आएको पैसा एक वर्षसम्म बचतमा राख्न भने थप १ प्रतिशत व्याज दिन सक्ने सुविधा बैंकहरुलाई दिने हो भने बैंकहरु आफै विदेशमा मार्केटिङ गर्न जान्छन् । घट्दैन व्याजदर बजारमा पैसा आउँछ, निक्षेप पढ्छ तर बैंकको व्याज घट्दैन । किनभने निक्षेप वृद्धि भन्दा कर्जा माग बढी हुन्छ । राष्ट्र बैंकले कुल कर्जाको २५ प्रतिशत प्राथमिकताको क्षेत्रमा लगानी गर्न भनेको छ । बैंकहरुले त्यो सीमा पनि मिट गर्नैपर्छ । संसारभर नै अर्थतन्त्र कति गतिशित छ भन्ने मापन गर्ने सूचकाङ्कहरु मध्येमा पर्छ ‘गाडी कति बिक्यो ? घर कति बिक्यो ?’ सरकारले घर, गाडी कर्जालाई अनुत्पादक भनेर हुँदैन । घर कर्जा, गाडी कर्जाको माग बढी नै छ । यो क्षेत्रमा गएको कर्जा जोखिम पनि कम छ । बैंकहरुले सकेसम्म लगानी यो क्षेत्रमा गर्छन् । नेपालमा उद्योग चलाउन गाह्रो छ । त्यसैले सबै व्यवसायीहरु आयात व्यापारमा केन्द्रीत भएका छन् । व्यापार घाटा हरेक वर्ष बढेको छ । आयात बढ्नु भनेको विदेशी मुद्रा विदेश जानु नै हो । मौद्रिक नीतिमा चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्छ भनिएको छ । हाल १०.२५ प्रतिशत व्याजमा ऋणपत्र बिक्री भएको छैन । सबै बैंकले एकैपटक ऋणपत्र निष्काशन गर्दा कसरी बिकाउने कसरी ? व्याज घट्छ कसरी ? सर्बसाधारण मानिसमा ऋणपत्रबारे जनचेतना नै छैन । एक वर्षको मुद्दतिमा ९.७५ प्रतिशत व्याजमा पैसा राख्न चाहान्छन् तर १०.२५ प्रतिशत व्याज भएको ७ वर्षको ऋणपत्रमा लगानी गर्न चाहादैनन् । बरु सेयर बजारमा लगानी गर्न चाहान्छन् । त्यस्तै, ऋणपत्र बजारमा किनबेच किन हुँदैन भन्ने कुरा पनि ध्यानदिनुपर्छ । एक त ऋणपत्रको कारोबारमा लाग्ने ब्रोकर कमिशन, सरकारले लिने कर र सेयरको कारोबारमा लाग्ने ब्रोकर कमिशन र करका दर समान छन् । ऋणपत्रमा लाग्ने कमिशन, करको दर सेयरमा भन्दा कम हुनुपर्ने हो । दोस्रो, अहिले मुद्दतिमा ९.७५ प्रतिशत व्याज छ । मानौ, १ वर्षपछि मुद्दतिको व्याज ८ प्रतिशतमा झर्यो । त्यतिबेला मुद्दतिको पैसा झिकेर १०.२५ प्रतिशत व्याज भएको ऋणपत्र किन्ने खोजुन् न सार्वसाधारणले । त्यस अवस्थामा ऋणपत्रको बजार मूल्य पनि बढ्छ । मूल्य बढेपछि सबैलाई आकर्षण हुन्छ । तर हाम्रो बजारमा त्यस्तो केही पनि देखिएन । अहिले बैंकहरुले निष्काशन गरेको ऋणपत्र ४० प्रतिशत सर्वसाधारणको लागि भनिए पनि १० प्रतिशत पनि सर्वसाधारणले किनेका छैनन् । सबै बीमा कम्पनीहरुले किनेका छन् । आक्कल चुक्कल आएको ऋणपत्र जारी गर्दा बिक्री भएको छैन भने सबै बैंकले ऋणपत्र जारी गर्दा बिक्ने कुरै भएन । मलाई लाग्छ राष्ट्र बैंकले समय थप्दै जाला । व्याज किन पनि घट्दैन भने बैंकहरुले २ अर्बको पुँजी बढाएर ८ अर्ब बनाएका छन् । पुँजीको अनुपातमा विजनेश बढेको छैन । विजनेश बढाउन प्रमोटरको दवाव छ । त्यसको लागि कर्जा र निक्षेप दुबै बढाउनुपर्ने दवावमा छन् बैंकहरु । हरेक बैंकले कम्तिमा १२/१५ प्रतिशतको ग्रोथ खोज्छ । यो अवस्थामा अझै केही समय व्याज घट्न गाह्रो छ । गाउँपालिकाहरुमा बैंकहरु गएका छन् । गाउँमा मानिसहरुले धुरीमा पैसा राख्छन् । सबै मिलेर पैसा निकाल्न सक्यो भने १०० अर्ब निक्षेप वृद्धि गर्न सकिन्छ । त्यसको लागि माहौल बनाउनुपर्छ । सरकारले, राष्ट्र बैंकले, बैंकहरु सबैले मिलेर काम गर्नुपर्छ । भद्र सहमति तोडिन्छ निक्षेपमा व्याजदर १० प्रतिशतभन्दा बढी नदिने भनेर बैंकर्स संघले भद्र सहमति गरेको छ । नविल बैंकले पनि ९.७५ प्रतिशत व्याज दिन्छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि त्यति नै दिन्छ । अर्को सबैभन्दा चुत्थ्या बैंकले पनि त्यति नै व्याज दिन्छ । तपाईसँग एक लाख रुपैयाँ छ भने तपाई कुन बैंकमा पैसा राख्नुहुन्छ ? सबैले राम्रो बैंक रोज्छन् । कमजोर बैंकको प्रोटेक्सन खोइ ? उनीहरुले पब्लिकलाई कसरी विश्सस्त तुल्याउने कि डिपेजिट मेरो बैंकमा राख्न भनेर । सर्भाइवल (जीवनमरण)को प्रश्न छ । सशीन जोशी बैंकर्स संघको अध्यक्ष भएको बेलामा यस्तै भद्र सहमति भयो । म एनसीसी बैंकको सीईओ थिए । त्यतिबेला एनसीसी बैंक धेरै गएगुज्रेको थियो । त्यो बेलामा सर्भाइवल हुन भद्र सहमति तोड्नु परेको थियो । त्यसैले भद्र सहमति लामो समय टिक्न सक्दैन । अहिलेसम्म नयाँ बैंकहरुले भद्र सहमति तोडेका छैनन् । हामीले उनीहरुलाई स्यावासी दिनुपर्छ । मर्जरको कठिनाई यो वर्ष मौद्रिक नीतिले लिएको अर्को महत्वपूर्ण मर्जरलाई प्रोत्साहित गर्न केही सुविधा थपेको छ । तर त्यो धेरै प्रभावकारी हुने म देख्दिन । स्प्रेडदरमा प्वाइट वान प्रतिशत छुटले धेरै उत्साहित गर्दैन । कृषि कर्जा १० प्रतिशत पुर्याउने अवधि थप दिएको छ । कृषिमा अहिले पनि ८.६ प्रतिशत छ । १० प्रतिशत त अब पुगिहाल्छ । किनकी बैंकहरुले गाउँ गाउँमा पुगेको छ । गाउँमा कृषि कर्जाको माग हुन्छ । कर्मचारी र शाखा व्यवस्थाप मर्जपछिको मुख्य चुनौति हो । अहिले प्रयाः सबै बैंकको शाखा १०० भन्दा बढी छन् । मर्ज गर्दा २५/३० वटा शाखा एकै ठाउँमा पर्छ । ती शाखा बन्दा गर्दा ठूलो शाखामा कर्मचारी बेरोजगार बन्छन् । त्यो ठूलो समस्या हो । अर्को विगत दुई तीन वर्षमा बैंकमा कर्मचारी टर्नओभर हाइ भयो । ६/६ महिनामा प्रमोशन खादै अर्को बैंकमा जाने कर्मचारी धेरै छन् । मर्ज हुँदा के हुन्छ भने एउटा बैंकमा पहिला जुनियर भएको कर्मचारी अर्को बैंकमा गएर सिनियर बनेको हुन्छ । त्यो अवस्थामा कर्मचारी समायोजन निकै कठिन काम हुन्छ । (कुराकानीमा आधारित)

गभर्नरले मलाई सोध्नुभयो-‘एनआईसी एशिया बैंकको १० लाख कित्ता सेयर उठाएछौ, के भईराछ यहाँ भित्र ?’

शशिकान्त अग्रवाल उद्यमीसँगै सेयर बजारका खेलाडी पनि हुन् । सेयर बजारमा गिरावट छ । उनी भने ठूला ठूला सेयर कारोबारमा संलग्न छन् । बजार विकास कसरी होला ? नयाँ लगानीकर्ताले कस्ता कम्पनीको सेयर किन्ने ? खराव अवस्थामा पनि कसरी लाभ लिने ? मेरियट होटलबारे कुरा गरिसकेपछि हामीले सेयर बजारबारे केही प्रश्न गरेको थियौं । प्रस्तुत छ उनीसँगको सेयरवार्ता । सेयर बजारमा निकै तल गयो । यसको कारण के-के हुन सक्छन् ? पुँजी बजारमा परिपक्वता छैन । दोस्रो बजारमा सेयर किन्दा प्रतिफल ज्यादै कम छ । पहिला बैंकबाट ६-७ प्रतिशत व्याजमा ऋण पाउँदा सेयर बजारमा लगानी गरेर फाइदा हुन्थ्यो । मुद्दतिमा ५-६ प्रतिशत भन्दा कम व्याज दिन्थे बैंकहरुले । त्यो अवस्थामा लगानीकर्ताले सेयर बजारमा पैसा लगानी गरेका थिए । अहिले बैंकहरुले निक्षेपमा १० प्रतिशत व्याज दिन्छन् । ऋणपत्रहरुमा १० प्रतिशतभन्दा बढी व्याज छ । बैंकबाट सेयर कर्जा लिनुपर्यो भने १३ प्रतिशतभन्दा कममा पाइदैन । यो अवस्थामा सेयर बजारमा लगानी गरेर फाइदा नै छैन । सेयरमा रेट अफ रिर्टन नै भएन । यो अवस्था कहिलेसम्म रहन्छ ? बैंकको व्याज नघटेसम्म सेयर बजार बढ्दैन । आज बैंकले २ प्रतिशत व्याज घटाओस्, भोलि सेयर बजार ५० अंकले बढ्छ । दुई दिनमा १०० अंकले बढ्छ । अहिले बजारमा पैसाको सर्कुलेशन नै कम छ । दैनिक सेयर कारोबार नै ५० करोडको हाराहारीमा छ । यो त निकै कम हो नि । बजारमा सुनसान नै छ । तत्काल बैंकले व्याज घटाउने सम्भावना छ ? म देख्दिन । मौद्रिक नीतिले सबै बैंकलाई चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नै पर्छ भनेको छ । ऋणपत्रको व्याज १० प्रतिशतभन्दा माथि छ । यसले निक्षेप र कर्जा दुबैको व्याज घटाउन मद्दत गर्दैन । दोस्रो, राष्ट्र बैंकले चालु आर्थिक वर्षमा २१ प्रतिशत कर्जा विस्तार गर्ने भनेको छ । यति धेरै कर्जा विस्तार गर्ने लक्ष्य राष्ट्र बैंकको छ भनेपछि बैंकहरुले लगानी बढाउने नै भए । बैंकमा कर्जामा माग पनि धेरै छ । यस्तो अवस्थामा लगानी योग्य पुँजीको अभाव नै हुन्छ बैंकलाई । त्यसैले तत्काल व्याज घट्छ जस्तो मलाई लाग्दैन । खराव परिस्थितिमा पनि राम्रा कम्पनीको सेयर किन्दा फाइदा हुन्छ भनिन्छ । अहिले कस्ता कम्पनीको सेयर किन्दा राम्रो हुन्छ ? म सेयर विश्लेषक पनि होइन, ठूलो लगानीकर्ता पनि होइन । तर म के भन्छु भने उत्तेजनामा आएर सेयर किनबेच गर्नुहुन्न । राम्रो पर्फमेन्स भएको, राम्रो व्यवस्थापन भएको कम्पनी छान्नुपर्छ । प्रतिफल ५ प्रतिशत दिने नराम्रो कम्पनी भन्दा ४ प्रतिशत प्रतिफल दिने राम्रो कम्पनी छान्नुपर्छ । सुरक्षित कम्पनी हुनुपर्छ । अहिले कस्ता कम्पनीमा सेयर लगानी गर्दा सुरक्षित हुन्छ ? यस्तो कुरा गर्न मलाई थाहै हुन्न । हुन त मिडियाले मलाई ठूलो सेयर कारोबारी भनेर पनि लेखे । तर म दोस्रो बजारमा सेयर किनबेच गर्ने मान्छे होइन । मलाई इच्छा नै छैन । तपाईले ‘म ठूलो सेयरको कारोबारी होइन’ भन्नुहुन्छ । तर नेप्सेको जिम्मेवार अधिकारीहरुले तपाई नै यो देशको सबैभन्दा ठूलो सेयर खेलाडी हो भन्छन् । डाटाले त्यहि देखाउँछ रे त ? त्यो हुँदै होइन । म सेयर कारोबार गर्ने मान्छे नै होइन, म कसरी ठूलो सेयर कारोबारी  ? नेप्सेले डाटा सार्वजनिक गरोस् न यो देशका ठूला सेयर कारोबारीहरुको नामसहित । मैले कुनै पनि आर्थिक वर्षमा ५ करोड भन्दा बढीको सेयर किनबेच गरेको रेकर्ड तपाईले पाउनुहुन्न । लुकाउनु पर्ने विषय पनि होइन । लुकाउन सक्ने विषय पनि होइन । बैंकको व्याज नघटेसम्म सेयर बजार बढ्दैन । आज बैंकले २ प्रतिशत व्याज घटाओस्, भोलि सेयर बजार ५० अंकले बढ्छ । ५ करोड भन्नु भएको कि ५ अर्ब ? ५ करोड नै भनेको हो । प्रमोटर सेयरको कुरा चै फरक हो । हालसालै मैले प्रभु बैंकको १२ करोड रुपैयाँ बराबरको सेयर बेचेँ । केही समय अघि शिखर इन्स्योरेन्सको पनि ५ करोडको सेयर बेचेको थिएँ । तर ती सबै सेयर प्रमोटरबाट पब्लिक भएको सेयर बचेको हुँ । कारोबारी भएको भए म ती सेयर होल्ड गर्थे । म पब्लिक सेयर लिएर बस्दिन । प्रमोटर सेयरमा त लगानी गरिरहेको हुन्छु । जस्तै, अब हिमालयन बैंकको १०-१२ प्रतिशत प्रमोटर सेयर पब्लिक सेयरमा कन्भर्ट हुँदैछ । पब्लिक सेयरमा कन्भर्ट भएपछि म २५-३० करोडको सेयर बेच्छु । एनआईडीसीले नविल बैंकको प्रमोटर सेयर बेच्ने भयो । मैले करिव ३० हजार कित्ता अक्सनमा लिएँ । हकप्रद बोनस गर्दा अहिले ९० हजार कित्ता भयो होला । यो पनि पब्लिकमा कन्भर्ट हुँदैछ । अब म यो सेयर पनि बेच्छु । सेयर कारोबारी भनेको त कस्तो भने आज ८ करोडको सेयर किन्यो, भोलि १० करोडको बेच्यो । कारोबारी भनेको यस्तो हो । म त्यस्तो कारोबारमा छैन । तपाईले नेप्सेका जिएमको कुरा गर्नु भयो । अस्ति मलाई गभर्नरले फोन गर्नुभयो । उहाँ मेरो नजिकको साथी हुनुहुन्छ । ‘के हो तिमी त । एनआईसी एशियाको १० लाख कित्ता सेयर उठाएछौं । के छ त्यहाँ त्यस्तो  ?’ मैले भने– गभर्नर साव, तपाई त राष्ट्र बैंकको गभर्नर । तपाईसँग त सहि तथ्याङ्क हुनुपर्ने हो । मैले एनआईसी एशियाका जम्मा ८० हजार कित्ता सेयर लिएको हो । १० लाख के ? डेढ लाख कित्ता पनि लिएको छैन । कत्रो हल्ला भएको ? मैले केही क्ल्यू पाए । ५०-६० रुपैयाँ फाइदा हुन्छ भन्ने चाल पाए । केही महिनामा ४०-५० रुपैयाँ फाइदा भयो । सबै बेचिदिए । त्यस्तो अपरच्युनिटी पाए भने अहिले पनि किन्छु । तर ५-१० रुपैयाँ खानको लागि डे टु डे सेयर किनबेच गर्दिन । म सेयर विश्लेषक पनि होइन, ठूलो लगानीकर्ता पनि होइन । तर म के भन्छु भने उत्तेजनामा आएर सेयर किनबेच गर्नुहुन्न । तपाईले सेयरबजारमा घाटा खानुपरेको कम्पनी ? केही कम्पनीमा घाटा हुन्छ । ग्राण्ड बैंकको प्रमोटर सेयर लिए । शुरुमा होइन, पछि लिएको । किन्दा किन्दा धेरै नै थियो । तर, बैंक व्यवस्थापन ज्यादै फितलो भयो । त्यसको व्यवस्थापन ज्यादै खराव रहेछ । भित्रभित्रै ध्वस्त भएको रहेछ । त्यो बैंक सस्तोमा मर्ज गराउन मैले धेरै प्रयास गरे । त्यतिमा पनि मर्ज नगरेको भए बैंक रन हुन्नथ्यो । पब्लिकको निक्षेप पनि डुब्थ्यो । सेयरधनीको पैसा पनि पुरै डुब्ने थियो । धन्न त्यो बैंक प्रभुले थाम्यो । पब्लिकले निक्षेप पनि फिर्ता पाए । हाम्रो लगानी पनि बच्यो । अहिले त प्रभु बैंक राम्रो भयो । त्यसमा गरेको लगानी १२ वर्षपछि उठ्यो । त्यसबाट फाइदा चाहिँ भएन । ग्राण्ड बैंकको पतनको कारण के थियो ? खराव व्यवस्थापन । भित्र भित्र मुसाले जस्तै प्वालै प्वाल पारेको रहेछ । फेब्रिकेटेड व्यालेन्सिट रहेछ । खराव ऋणीलाई पनि नयाँ कर्जा दिएर कर्जाको व्याज उठाईरहेको रहेछ । नयाँ सीईओ आएपछि त्यो सबै खुल्यो । ग्राण्ड बाहेक तपाईले लगानी गरेको खराव कम्पनी ? कुमारी बैंक पुरानो बैंक हो । यसमा गरेको लगानीले पनि प्रतिफल दिएन । यसको व्यवस्थापन चुस्त दुरुस्त भएन । कहिले व्यवस्थापन राम्रो भएन । कहिले बोर्डले, प्रमोटरले अनावश्यक हस्तक्षेप गरे । अहिलेको सीईओ राम्रो मान्छे हुनुहुन्छ । उहाँले राम्रो गर्नु हुन्छ कि भन्ने आशा छ । होटल मेरियटको व्यवस्थापन अमेरिकी ब्राण्डलाई, ‘रिस्क लिन चाहिन’: शशीकान्त अग्रवाल  

होटल मेरियटको व्यवस्थापन अमेरिकी ब्राण्डलाई, ‘रिस्क लिन चाहिन’: शशीकान्त अग्रवाल

काठमाडौं । नक्साल, नागपोखरीबाट केही पाइला दक्षिणतिर अघि सार्दा बायाँ तिर ठडिएको काठमाडौं मेरियट होटलमा ठ्याक्कै नजर पर्छन् । २० वर्षपछि काठमाडौंमा थपिएको यो पाँच तारे होटल १३ रोपनीमा फैलिएको छ । यहाँभित्र पसेपछि विदेशको कुनै सुविधा सम्पन्न होटलभित्र छु कि जस्तो भान हुन्छ । नहोस् पनि किन हस्पिटालिटी क्षेत्रमा संसारमै अब्बल म्यानेजमेन्ट ठानिएको अमेरिकन कम्पनी मेरियट इन्टरनेशनलले यसको व्यवस्थापनको जिम्मा लिएको छ । मेरियट इन्टरनेशनल त्यही अमेरिकन चेन ब्राण्ड कम्पनी हो, यस अन्र्तगत संसारभर ७ हजार होटलहरू संचालित छन् । एमएस ग्रुप र मेरियट इन्टरनेशनलबीच बीस वर्षका लागि सम्झौता भएको हो । नेपालमा चिनी र हाउजिङ लगायतका व्यवसायमा हात हालेको एमएस समूहले चार अर्बको लगानीमा काठमाडौं मेरियट होटल शुरु गरेको हो । जसका अध्यक्ष हुन्, शशीकान्त अग्रवाल । एमएस ग्रुप अन्र्तगतको एभरेष्ट हस्पिटालिटी ग्रुपले साढे २ वर्षअघि ठमेलमा फेयरफिल्ड होटल पनि सञ्चालनमा ल्याएको थियो । अहिले भने काठमाडौं मेरियट होटलकै प्रसंगमा फर्कौं । शहरको भीडभाडबीच ठडिएको यो भव्य १३ तले होटलभित्र आकर्षक पेन्टिङ, पानीका फोहरा, ठूलो घण्टा देख्न सकिन्छ । जम्मा २ सय १४ वटा कोठा भएको यो पाँच तारे होटल हो । र गएको नयाँ वर्ष वैशाख १ मा सफ्ट लन्च गरिएको हो । होटलमा १ सय ९३ डिलक्स रुम, २० वटा स्वीट रुम, एउटा प्रेसिडेन्सियल रुम छन् । होटलका विशेषताका वारेमा सञ्चालक शशीकान्त अग्रवाललाई भन्छन् ‘लोकेसनका हिसाबले यो होटल सबैभन्दा उपयुक्त स्थानमा रहेको छ ।’ सोल्टी र हयात जस्ता होटलमा मानिसहरूको चाप रहेको र त्यहासम्म मानिसहरु पुग्न नरुचाउने अग्रवाल तर्क अघि सार्छन् । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट यो होटल खासै टाढा नरहेकाले विदेशी पर्यटकहरुको रोजाइमा पर्ने बताए । यसबाहेक होटलभित्रै जिम, स्पा, ब्यांकेट, स्विमिङ पुल, बेकरी, ब्युटी पार्लर, एरोबिक रुम, रेस्टुराँ, बार, क्याफेटेरिया, सैलुन, टेलिफोन बुथ, लन्ड्री रुम, क्यासिनो लगायतका सुविधा उपलब्ध छन् । केही समयपछि जिम क्लवमा भने सर्वसाधारणका लागि खुल्ने छ । २ सय १४ वटा कोठा रहेको काठमाडौं मेरियटभित्र एउटा प्रेसिडेन्सियल रुम छ । यो रुम विदेशी राष्ट्र प्रमुखहरुलाई लक्षित गर्दै बनाइएको हो । जुन प्रयोग गरेवापत एक दिनकै साढे २ लाख रुपैंया“ तिर्नुपर्छ । ‘तर पैसा तिर्ने हो भने जो कोही यो रुममा बस्न सक्छन् ।’ सञ्चालक अग्रवालले सुनाए ‘प्रेसिडेन्सियल रुमले ८ वटा कोठा बन्ने स्थान ओगटेको छ ।’ यो बाहेक अरु कोठाको भने १४ हजार देखि १ लाख रुपैंया“ रेट तोकिएको छ । डिलक्स रुमका १५ हजार र सुइट रुमका लागि पचास हजार रुपैंया“ शुल्क तोकिएको छ । सञ्चालक अग्रवालका अनुसार काठमाडौं मेरियट होटलमा स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि बेग्ला–बेग्लै रेट तोकिएको छ । लक्षित बजार यही नै हो भन्ने निश्चित त छैन । खर्च गर्न सक्ने जो कोही यो होटलमा खान, बस्न सक्छन् । यस पाँचतारे होटलले अबको ढेड महिनासम्म सञ्चालन हुने एक्सप्रेज भोज अफर ल्याएको छ । नेपालको स्थानिय बजारलाई लिक्षत गरेर यो प्याकेज ल्याएको हो । १ हजार रुपैंया“ तिरेपछि विभिन्न खानाका परिकारहरूको स्वाद लिन सकिन्छ । एमएस ग्रुपले चार अर्ब लगानीमा यो होटल सञ्चालन गरेको हो । सञ्चालक अग्रवालले निजी ८० करोड रुपैंयाँ र बाँकी बैंकबाट ऋण लिएर होटलमा लगानी गरेका हुन् । यो प्रोजेक्टको सूरुवात चार वर्षअघि भएको हो । ब्रेक इभनमा पुग्न ३ देखि ४ वर्ष लाग्ने उनले अनुमान गरेका छन् । ‘केही राम्रो होला भन्ने आशा छ ।’ अग्रवालले कफीको चुस्की लिदै सुनाए ‘दुई वर्षमा पुग्छौं कि भन्ने आशा छ ।’ नेपालमा आफैले व्यवस्थापनको जिम्मा लिएका मल्ल होटल, सांग्रिला होटल, याक एण्ड यति लगायतका अन्यले पनि राम्रै गरिरहेका छन् । पर्यटन क्षेत्रमा एमएस गु्रप नयाँ भएकाले आफैले रिस्क लिन नचाहेर मेरियट इन्टरनेश्नललाई जिम्मा दिइएको अग्रवालले सुनाउँछन् । आफैमा ख्याती कमाइसकेको, अन्तर्राष्ट्रिय ब्राण्ड मेरियट इन्टरनेशनलाई म्यानेजमेन्टको जिम्मा दिएपछि अग्रवाल ढुक्क छन् । होटलको आर्किटेक्ट, इन्टेरियर डिजाइन लगायत कामको जिम्मेवारी मेरियट इन्टरनेशनलले लियो भने सिई कन्सट्रक्सनले होटल निमार्ण जिम्मा लियो । आफैमा ख्याती कमाइसकेको, अन्तर्राष्ट्रिय ब्राण्ड मेरियट इन्टरनेशनलाई म्यानेजमेन्टको जिम्मा दिएपछि अग्रवाल ढुक्क छन् । होटलको लबिमा बसिरहँदा नेपालको कला, संस्कृति झल्किने खालका पेन्टिङहरु सजाइएका छन् । १३ तले होटलका कोठाहरुबाट समेत काठमाडौंलाई नियाल्न सकिन्छ । उपत्यकाका डाँडाकाँडा र यहाँबाट देखिने हिमश्रृंखला नियाल्नुको मजा अर्कै छ । यो होटलले २ सय २० जनालाई रोजगारी दिलाएको छ । सञ्चालक अग्रवालले अझ त्यो संख्या विस्तार गरेर २ सय ८० जना पुर्याउने लक्ष्य राखेका छन् । मेरियट होटलको मेनुमा कन्टिनेन्टल फुडका साथै चाइनिज, जापनिज नेपाली परिकारहरु उपलब्ध छन् । एकै पटक १ हजार जनालाई खाना सर्भ गर्न सक्ने क्षमता छ होटलसँग । अहिले १ सय ६० वटा गाडी पार्किङ गर्न सकिने मेरियटमा अबको दुई, तीन महिनाभित्र थप १ सय ५० गाडी पार्किङ गर्न सकिनेछ । यसले गर्दा गाडी पार्किङको समस्याबाट मुक्ति मिल्नेछ । यो होटलले नेपालमै पहिलो पटक हाइड्रोलिक पार्किङको सिस्टम ल्याउ“दैछ । अग्रवालका अनुसार त्यसका लागि चार, पाँच करोड रुपैंयाँ खर्चिनुपर्ने छ । ‘प्यासन नभई कुनैपनि व्यापार चल्दैन ।’ उत्साहित हुँदै अग्रवाल सुनाए । उनमा झल्किएको आत्मविश्वासले पनि देखाउथ्यो, अग्रवाल आक्रमक रुपमा हस्पिटालिटी क्षेत्रमा समर्पित भएर लाग्दैछन् ।