कोरोना असरः ८० प्रतिशत होटल बुकिङ रद्द, चीनियाँ पर्यटक एक चौथाई मात्रै, पाँच दर्जन उडान रद्द
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले नेपाललाई पनि धेरै क्षति पुर्याएको छ । नेपालमा हालसम्म भाइरसको संक्रमण नदेखिएपनि यसबाट छुटकारा पाउने सम्भावना भने न्यून छ । नेपाल वरिपरीका दुई छिमेकी राष्ट्र चीन र भारतमा कोरोना संक्रमण व्याप्त छ । चीनबाट सुरु भएको भनिएको यो भाइरसले चीनियाँ जनजीवन त निकै प्रभावति पारेको नै छ यो भाइरस हालै भारतमा दुई जनामा देखिएको खवरले पनि सबैलाई त्रसित पारेको छ । छिमेकी राष्ट्रमा देखिएको कोरोनाको त्रास नेपालमा पनि बढेको छ । यसको मानसिक त्रास मात्र होइन कोरोनाकै कारण नेपाली अर्थतन्त्रमा पनि ठूलो असर पारिसकेको छ । ठूलै तामझामका साथ करोडौं रकम खर्च गरेर सुरु गरिएको नेपाल भ्रमण वर्ष २०२० पनि नेपाल सरकारले स्थगित गरिसकेको छ भने धेरै अन्तर्राष्ट्रिय उडानहरु पनि रद्द गरिसकेको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय नाका–नाकामा स्वास्थ्य चेकजाँच गरी आवागवनमा पनि कडाई गरिसकेको छ । मन्त्रिपरिषद्को बैठकले पाँच देशका नागरिकलाई अनअराइभल भिसा पनि नदिने भएको छ । अध्यागमन विभागले कोरोना भाइरस प्रकोपलाई लक्षित गर्दै चीन, जापान, इरान, इटाली र दक्षिण कोरियाका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको हो । यसले पनि नेपाली अर्थतन्त्रमा ठूलो धक्का लाग्ने अनुमान गरिएकाे छ । पर्यटकको आगमन गत वर्षभन्दा खस्किसकेको छ भने विदेशी पर्यटकले नेपाल आउनका लागि बुकिङ गरेका होटलहरु पनि धमाधम रद्ध गर्न थालेका छन् । ८ं० प्रतिशत होटल बुकिङ रद्द विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा फैलिरहँदा विदेशी पर्यटकहरु पनि नेपाल आउन छोडेका छन् । अहिले नेपालको होटल, लज तथा रेष्टुरेन्टको व्यवसाय सुस्ताएको छ । विदेशी पर्यटकले बुकिङ गरेका नेपालका होटलहरु दैनिक रद्द हुन थालेका हुन । यही अवस्था रहे नेपालकाे पर्यटन व्यवसाय मात्र होइन, समग्र नेपालको अर्थतन्त्र नै चौपट हुने देखिन्छ । विदेशी पर्यटकले बुकिङ गरेका नेपालका होटलहरु दैनिक रद्द हुन थालेका हुन । होटल व्यवसायी संघका महासचिव साजन शाक्यले बुकिङ भइसकेका होटलहरुको करिब ८० प्रतिशत बुकिङ रद्द भइसेको बताए । उनले होटलमा विदेशी ग्राहकको आगमन धेरै घटेको बताए । यो वर्षको फेब्रअरी सम्म १ लाख ग्राहक आएको बताँदै उनले सबैभन्दा बढी होटल बुकिङ रद्ध युरोपियन अमेरिकन र भारतीय ग्राहकबाट भएकाे विकासन्यूजलाई जानकारी दिए । शाक्यका अनुसार चिनियाँमात्र नभएर अन्य युरोपेली मुलुकबाट समेत पर्यटक नेपाल आउन छाडेका छन् । यही अवस्था रहे नेपालकाे पर्यटन व्यवसाय मात्र होइन, समग्र नेपालको होटल व्यवसाय नै चौपट हुने उनी बताउँछन् । पर्यटन व्यवसाय सुधारका लागि अहिले सार्क राष्ट्रहरुमा केन्द्रित हुने नीति लिइएको छ । अहिलेको हवाई भाडामा समेत सहुलियत दिएर पर्यटक आकर्षित गर्ने रणनीति बनाइदैँ छ । त्यसका लागि अहिले सम्बद्ध निकायहरुबीच छलफल चलिरहेको छ । चीनबाट आउने पर्यटक ७७ प्रतिशतले घटे कोरोना भाइरसको त्राससँगै पर्यटकहरुको आगमन पनि निकै सुस्ताएको छ । पर्यटकलाई घुम्नका लागि यो उपयुक्त समय भएपनि पर्यटकको आगमन भने दैनिक घट्दै गएकाे छ । नेपाल पर्यटन बोर्डका अनुसार पर्यटक आगमनको तथ्याकं सुस्ताएको छ । नयाँ वर्षको सुरुमा पर्यटक आगमनको तथ्याकं राम्रो भएपनि पछिल्लो समय भने निकै सुस्ताएको हो । नेपाल आउने विदेशी पर्यटकमध्ये चिनियाँ नागरिक ३० प्रतिशतको हाराहारीमा हुने गरेको छ । नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये भारतीयपछि चिनियाँ पर्यटक दोस्रो नम्बरमा पर्दछन् । पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०१९ मा १ लाख ६९ हजार चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । यो संख्या सन् २०१८ को तुलनामा ३ प्रतिशतले बढी हो । सन् २०१७ मा नेपाल आउने चिनियाँ पर्यटकहरुको संख्या करिब एक लाखको हारहारीमा सीमित थियो । पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्र उत्साहित भएको थियो । तर, यसको बिचमै कोरोना आएपछि नेपालको पर्यटन बजार ठप्प भएको छ । पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्र उत्साहित भएको थियो । तर, यसको बिचमै कोरोना आएपछि नेपालको पर्यटन बजार ठप्प भएको छ । नेपालमा सबैभन्दा बढी पर्यटक आउनेमध्येको चीनबाट मात्रै गत वर्षको यही अवधिभन्दा ७६.८ प्रतिशतले घटेकाे छ । गत वर्षको यही अवधिमा चीनबाट १४ हजार १ सय ६१ जना पर्यटक नेपाल आएका थिए भने यस वर्षको फेब्रअरी सम्ममा ३ हजार २ सय ८५ जना पर्यटक नेपाल आएका छन् । यस्तै, अन्य देशहरुबाट आउने पर्यटक आगमनको ग्राफ पनि सुस्ताएको देख्न सकिन्छ । गत वर्षको यही अवधिको भन्दा यस वर्षमा भुटानबाट आउने पर्यटकमा ५२ प्रतिशत, दक्षिण कोरिया ३७, बेल्जियम ३७.६, जर्मनी १५.४, रसिया १६.६ , क्यानडा ९.६ र अमेरिकाबाट आउने पर्यटकको संख्या ३.५ प्रतिशतले घटेको छ । यसले पनि नेपालको पर्यटनमा धेरै घाटा हुन सक्ने अनुमान गर्न सकिन्छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पछिल्लो समय कोरोना भाइरसको विश्वव्यापी संक्रमणसँगै नेपालमा पर्यटकको आगमन पनि घटेको बताए । उनले यो समय भौतिक संरचना तथा पूर्वाधार निर्माण गर्ने भएकोले सरकारले यसतर्फ ध्यान दिनु पर्ने बताए । नेपालको अर्थतन्त्र कति सम्म घाटामा हुन्छ त्यसको निर्धारण भने कोरोनाको समायवधिले बताउने उनकाे भनाइ छ । ५ दर्जन जहाज उडानरद्द कोरोना भाइरसको त्रास बढेसँगै धेरै अन्तर्राष्ट्रिय उडान पनि रद्ध भएका छन् । विशेष गरी चीनमा हुने उडान रद्ध भएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले चीनमा उडान हुने करिब पाँच दर्जन जहाजको उडान रद्ध भएको बताए । उनले अहिले दैनिक एक जहाज मात्र चीनमा उडान हुँदै आएको बताए । उनले यी सबै जहाज मार्च २८ सम्मका लागि रद्ध भएको बताए । तर, काेराेनाकाे संक्रमण भइराखे यो कहिले सम्म रद्ध हुन्छ भन्न सकिन्न । चीनका उडानहरु रद्ध भएसँगै नेपालमा पर्यटक आगमनको असर पनि परिसकेको छ । विश्वमा देखिएको कोरोना भाइसरका कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त छ । चीनका उडानहरु रद्ध भएसँगै नेपालमा पर्यटक आगमनको असर पनि परिसकेको छ । विश्वमा देखिएको कोरोना भाइसरका कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त छ । कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिँदा विश्वभरका एयरलाइनहरुले रोकथाम र नियन्त्रणका लागि विश्वमा २ लाख बढी उडान रद्द गराइसकेका छन् । यसरी कतिपय क्षेत्रमा यात्रा निषेध गरिएपछि हवाइ इन्धनको मूल्यमा समेत ठूलो गिरावट आएको बताइएको छ ।
१४ वर्षीय सानिमाको अपहरण विवाहपछि जागेको प्रशंसाको प्रशंसनीय चेत
काठमाडौं । सन् २०१८ मा प्रशंसा केसीले ग्लोकल टीन हिरोको उपाधी हात पारिन् । सयौं प्रतिस्पर्धीलाई पछि पार्दै १९ वर्षीय प्रशंसाले उपाधी हात पारेकी हुन् । आखिर के थियो प्रशंशामा, जसले उनलाई यो उपाधीको लागि दाबेदार ठान्यो ? आउनुहोस् आज उनको यात्रालाई नजिकबाट नियालौं । १९ वर्षीय प्रशंसा केसी रुकममा जन्मिएकी हुन् । उनी ६ वर्षको हुँदा उनको १४ वर्षीय सानिमालाई २४ वर्षीय युवकले अपहरण गर्यो । अपहरण गरेर लगेपछि उनकी सानिमाको त्यही युवकसँग विवाह भयो । धेरैका लागि यो घटना अनौठो लागे पनि रुकुमका लागि नयाँ थिएन । उनको गाउँमा यस्तो ‘चलन’ वर्षौंदेखि चल्दै आएको थियो । त्यसैले उनको सानिमाको अपहरणकारीसँगै विवाह हुँदा गाउँका कसैले केही पनि भनेनन् । ६ वर्षीय प्रशंसालाई यो विवाह रोकेर सानिमालाई एउटा निकै सुन्दर जिन्दगी दिन मन थियो । तर त्यो रोक्न र मानिसहरुको ध्यान आकर्षण गर्नको लागि उनले उठाउन खोजेको आवाज निकै नै सानो थियो । आफ्नो सानिमामाथि भएको घटनाले प्रशंसाको त्यो कलिलो दिमागमा एउटा गहिरो छाप बनाइसकेको थियो । उनले त्यो घटनालाई कहिल्यै बिर्सन सकिनन् । त्यो चोटले उनलाई बारम्बार पिरोलिरहन्थ्यो । प्रशंसा ८ वर्षको हुँदा उनको परिवारले रुकुम छोडेर काठाडौं बसाई सराई गर्यो । काठमाडौं आएपछि पनि उनलाई त्यो नमिठो घटनाले लखेट्न छोडेको थिएन । अझै पनि कयौं किशोरीहरु अपहरण गरेर गरिने विवाह, बालविवाह, वैवाहिक बलात्कार जस्ता हिंसाको शिकार छन् भन्ने तथ्यलाई उनले वेवास्ता गर्न सकिनन् । अझै पनि कयौं किशोरीहरु अपहरण गरेर गरिने विवाह, बालविवाह, वैवाहिक बलात्कार जस्ता हिंसाको शिकार छन् भन्ने तथ्यलाई उनले वेवास्ता गर्न सकिनन् । अन्ततः उनले परिवर्तनको लागि पर्खनुभन्दा आफैं नै गरेर देखाउँने निधो गरिन् । त्यसपछि १५ वर्षको उमेरमा पहिलोपल्ट प्रशंसाले बुवाको तलबको सहयोगमा रुकुम जिल्लामै पहिलोपटक अपहरण विवाह र बालविवाह विरुद्ध अभियान सुरु गरिन् । यो अभियान संचालन गर्ने उनी पहिलो व्यक्ति थिइन् । यसअघि रुकुममा अपहरण र बालविवाह सम्बिन्धी कसैले पनि अभियान संचालन गरेका थिएनन् । कुनै पनि सम्बन्धित निकायको यसमा ध्यान गएको थिएन । त्यसपछि प्रशंसाले सन् २०१७ मा बालविवाह र अपहरण विवाहको विरुद्ध २१ दिने लामो अभियान नै चलाइन । उनले सो अभियानको क्रममा १० किलो वजन पनि घटाइन् । उनले अभियान सुरु गर्ने बेलासम्म पनि रुकुममा ८० प्रतिशत अपहरण विवाह र बालविवाह हुने गर्दथ्यो । तर, अहिले अपहरण विवाह भने निकै घटेर गएको छ । बालविवाह भने अझै पनि ८० प्रतिशत नै रहेको प्रशंसा बताउँछिन् । प्रशंसाले ग्लोकल टिन हिरोको बारेमा सन् २०१७ का ग्लोकल टिन हिरो सचिन डाँगीबाट थाहा पाएकी थिईन् । उनलाई आफ्नो कामको लागि पहिचान चाहिएको थियो । र, यसको लागि उनले ग्लोकन टीन हिरोको स्टेज रोजिन् । ६ जनालाई पछि पार्दै उनले उपाधी पनि जितिन् । ‘ग्लोकन टीन हिरो भएपछि मेरो जिवनमा धेरै राम्रा राम्रा घटनाहरु भए, त्यसमा पनि मेरो लागि सबैभन्दा महत्वपूर्ण थियो मेरो कामको पहिचान । एउटा सामाजिक अभियान्ताको लागि आफ्नो कामको पहिचान सबैभन्दा ठूलो कुरा हुँदो रहेछ, मैले त्यहीँ पाएँ,’ प्रशंसा भन्छिन् । उनलाई अहिले महसुस भएको छ, समाजिक परिवर्तन एक जनाले मात्रे गरेर सम्भव छैन । परिवर्तनका लागि सबैको सहभागिता जरुरी छ । प्रशंसा अहिले सिभिल ईन्जिनियरिङ अध्ययन गरिरहेकी छन् । मानव कल्याणका लागि नारी सशक्तिकरण नै पहिलो शर्त हो भन्ने उनलाई लाग्छ । उनलाई त्यो उपाधीले धेरै मानिसहरुसँग सम्पर्क राख्न तथा विभिन्न प्रकारका सम्मेलनमा आफ्नो कुराहरु राख्न मद्दत गर्यो । उनले आफ्नो जस्तै सोच भएको धरै मानिसलाई भेटिन् । र, आफ्नो सोचसँग मिल्ने सोच भएकाहरुसँग मिलेर काम गर्ने मौका पनि पाइन् । प्रशंसा अहिले सिभिल ईन्जिनियरिङ अध्ययन गरिरहेकी छन् । मानव कल्याणका लागि नारी सशक्तिकरण नै पहिलो शर्त हो भन्ने उनलाई लाग्छ । र, शिक्षा नै नारी सशक्तिकरणको लागि सबैभन्दा राम्रो उपाय रहेको उनको निर्क्यौल छ । ‘मध्यपश्चिम क्षेत्रका किशोरीहरु लजालु हुन्छन् । उनीहरु हामी जस्तो आफ्नो भावना व्यक्त गर्न सक्दैनन् । शिक्षा यस्तो पाटो हो, जसले उनीहरुलाई आफ्नो भावना व्यक्त गर्न मद्दत गर्दछ,’ प्रशंसाले भनिन् । प्रशंसा किशोरीहरुलाई मद्दत गर्नको लागि विद्यालय र अस्पतालहरु बनाउन चाहन्छिन् । उनी आफ्नो शिक्षाको मद्दतले उनीहरुलाई सहयोग गर्न चाहन्छिन् । प्रशंसा किशोरीहरुलाई मद्दत गर्नको लागि विद्यालय र अस्पतालहरु बनाउन चाहन्छिन् । उनी आफ्नो शिक्षाको मद्दतले उनीहरुलाई सहयोग गर्न चाहन्छिन् । जिन्दगी आएका कुनै पनि समस्यालाई हल गर्न सक्छु भन्ने विश्वास प्रशंसालाई छ । आफ्नो सोच अनुसार काम गर्ने राम्रो प्लेटफर्म पाएकोले ग्लोकल टिन हिरोको उपाधीलाई उनी जीवनको सबैभन्दा ठुलो उपलब्धीको रुपमा लिन्छिन् । प्रशंसासँग एक अभियान्ताको साथै फिल्म मेकिङको पनि चाहना छ । सामाजिक कुराहरुको विषयमा उनले डकुमेन्ट्रीहरु बनाएकी छिन् । उनले युएनबाट बेस्ट सर्ट फिल्म मेकिङको उपाधी पनि पाएकी थिइन् । यस्तै जोनताले सार्वजनिक मामिलामा लागिपरेका विश्वका १० युवतीहरुको लागि दिइने छात्रवृति पनि प्रशंसाले पाएकी थिइन् ।
कर्णालीका व्यवसायीको दुखेसोः महासंघले हाम्रो समस्या कहिल्यै बुझ्दैन, अपेक्षा याे छ भनेर के गरौं
काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न हामीले मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बहादुर बुढा, कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सुर्य बहादुर शाही,जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण बहादुर खत्री र जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रज्जब अली मनिहरलाई सोधेका छौं । उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वले व्यवसायिक समस्या समाधानको लागि राजनीतिक नेतृत्वकोमा धाउनु पर्ने अवस्था अन्त्य गरेर एफएनसीसीआईकै नेतृत्वले समाधान दिन सक्ने प्रकारको हुनुपर्ने बताए । साथै, अबको नेतृत्वले आफुहरुका समस्याहरु भन्दा पनि फोन उठाइ दिएपनि हुने थियो भन्ने प्रतिक्रिया दिएका छन् । महासंघको प्रतिष्ठा कायम गरोस् कमल बहादुर बुढा, अध्यक्ष, मुगु उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो प्रतिष्ठा जोगाउन आवश्यक छ । अहिले सम्म महासंघमा व्यक्तिगत सोच हावी छ । कुनै पनि व्यक्तिलाई चित्त नबुझे उद्योग वाणिज्य संघ जस्तै संस्था खोल्ने प्रवृति पनि हावी छ । यस्तो खालको प्रवृतिको अन्त्य हुनु पर्छ । अहिले महासंघ महासंघ ठूला व्यापारीमा मात्र केन्द्रित भएको छ । यो अवस्थ अबको नेतृत्वले अन्त्य गर्नु पर्छ भन्ने हाम्रो माग पनि छ । अबको नेतृत्वले समग्र व्यवसायीको हक हितमा काम गर्नु पर्छ । महासंघ हिजो जुन हिसावमा चलि रहेको थियो । त्यही अवस्थामा आज चल्नु हुँदैन । आफ्नो पहुँच कायम गर्ने प्रवितिको अन्त्य हुनु पर्छ । हाम्रा समस्या त परै जाओस् जिल्लाको उद्योग वाणिज्य संघ सञ्चालन गर्न पनि समस्या भइरहेको छ । भनेको जस्तो कहिल्यै हुँदैन, अपेक्षा छ भनेर के गरौं सुर्य बहादुर शाही, अध्यक्ष, कालिकोट उद्योग वाणिज्य संघ भनेको जस्तो कहिल्यै हुँदैन, अपेक्षा छ भनेर के गरौं । हाम्रा समस्याहरु धेरै छन् । जिल्ला नगरका व्यवसायीहरुलाई हेरेको छैन । चुनावमा हामी छौं भनेर आश्वासन दिने तर जिती सकेपछि कता हराउँछन् थाहा हुन्न । हामीलाई पनि व्यवसायी हुन् भन्ने मानसिकताले हेरिदिनु पर्छ । नेपाल उद्योग वाणिज्य महासंघको अबको नेतृत्व व्यवसायीका पिरमर्का र समस्या बुझ्ने खालको हुनुपर्छ । महासंघको अबको नेतृत्वले व्यवसायीको हकहितको लागि सक्षम हुनु पर्छ । आजसम्मका नेतृत्वहरुले त्यति काम गर्न सकेको अवस्था छैन । उनीहरुले व्यवसायीहरुका समस्या समाधान गर्न तर्फ ध्यान दिएका छैनन् । हामीलाई पनि ठूला व्यवसायी सरह व्यवहार गर्ने नेतृत्व हामीलाई आवश्यक छ । कर्ण बहादुर खत्री, अध्यक्ष, जाजरकोट उद्योग वाणिज्य संघ महासंघको गरिमा दैनिक रुपमा घट्दो क्रममा छ । यो अवस्थाबाट जोगाउने नेतृत्वको आवश्यक छ । हाम्रो ठूलो अपेक्षा केही छैन । सबै ठाउँका उद्योग वाणिज्य संघका आ–आफ्नै समस्या छन् । तर, सरकार र निजी क्षेत्रलाई समन्वय गरेर अगाडि बढ्ने नेतृत्व हामीलाई आवश्यक छ । साना तथा मझौला व्यवसायीलाई पनि ठूला उद्योगीहरु सरह व्यवहार गर्ने नेतृत्व हामीलाई आवश्यक छ । हामीलाई व्यवसायीक मुद्धा र समस्यालाई समाधान गर्ने खालको नेतृव चाहिन्छ । माथिल्लो तह अर्थात सरकारसँग छलफल गर्दा उहाँहरु आफ्नै कुराहरु गर्ने खालको प्रवृति हावी छ । उनीहरु हामीसँग छलफल नगरी एकल ढंगले जानुहुन्छ । हाम्रा आवाज सुन्न सकेका छैनन् । आउने नेतृत्वले हाम्रो फोन उठाइदिए पुग्छ रज्जब अली मनिहर, अध्यक्ष, जुम्ला उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघमा जो आए पनि हामी जिल्ला नगरका व्यवसयीलाई हेरि दिनु पर्छ । आउने नेतृत्वले फोन उठाइदिए पनि धेरै समस्या समाधान हुन्छ । तिनीहरु हाम्रो फोन नै उठाई दिदैनन् । निजी क्षेत्रमा भएका विविध समस्याहरुलाई समाधान गर्न सक्ने नेतृत्व आओस् भन्ने हाम्रो भनाई छ । कर्णाली प्रदेश जहिले पनि राज्यको नजरबाट टाढा रह्यो । निजी क्षेत्रको नजरबाट पनि टाढा रह्यौं । कर्णालीमा भएका उद्योग व्यवसायलाई बाहिर ल्याउने कुरामा हामी पछाडि परेका छौं । अबको नेतृत्वले कर्णालीको यिनै समस्यालाई बुझ्ने र समाधान गर्नेछ भन्ने अपेक्षा छ । सबैभन्दा बढी सम्भावना भएको र पछाडि परेको प्रदेश कर्णाली हो । अबको नेतृत्वले यहाँको औद्योगिक सम्भावनालाई बाहिर ल्याउने, यहाँका समस्याहरुलाई समाधान गर्न सक्नेछ भन्ने आशा छ । सम्बन्धित समाचार: सुदूर-कर्णालीका व्यवसायी भन्छन्- हामी सँधै थिचियौं, अब हामीलाई माथि उठाउने नेतृत्व चाहिँन्छ किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा शेखर गोल्छा गए, सौरभ ज्योति गएनन् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ निर्वाचन नजिकिँदै गर्दा महासंघमा ध्रुवीकरण तीव्र पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस् पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस् चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस् तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्