एक रोपनी जग्गा हुनेले वर्षमै करोड कमाउँछ: गाँजा खेतीबारे तामाङ र स्थापितको अन्तर्वार्ता
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा र बागमती प्रदेशसभामा गाँजादेखि खुल्ला गर्नुपर्ने भन्दै गैरसरकारी विधेयक दर्ता भएको छ । संघीय संसदको प्रतिनिधिसभामा पूर्वमन्त्रीसमेत रहेका सांसद शेरबहादुर तामाङले र बागमती प्रदेशमा सोही प्रदेशका पूर्वमन्त्री समेत रहेका केशव स्थापितले गैरसकारी विधेयक दर्ता गराएका हुन् । अहिले कार्यान्वयनमा रहेको लागू औषध नियन्त्रण कानुन अनुसार गाँजाखेती, सेवन, ओसार पसार र विक्री वितरण गर्न प्रतिवन्ध लगाइएको छ । यस्तो प्रतिबन्ध लगाउने कार्य हचुवाको भरमा भएको, अध्ययन अनुसन्धानविनै प्रतिबन्ध लगाएर नेपालको आर्थिक अवस्था कमजोर पार्ने कार्य भएको तामाङ र स्थापितको भनाइ छ । संघीय र प्रदेशसभामा पेश भएका विधेयकमा सबै नेपालीले आफ्नो जमिनमा गाँजा खेती गर्न पाउने व्यवस्था गरिएको छ । आफ्नो जमिन नहुने नेपालीले व्यक्तिको जग्गा भाडामा लिएर वा सरकारी तथा सार्वजनिक जग्गा भाडामा लिएर पनि गाँजा खेती गर्न पाउने भनिएको छ । तर, यसरी खेती गर्न सरकारी निकायबाट अनुमति लिनुपर्ने व्यवस्था गर्नुपर्ने विधेयकमा उल्लेख छ । यस्तै, सरकारी अनुमति नलिइ प्रतिपरिवार ६ बोट गाँजा खेती गर्न पाइने व्यवस्था गरिने विधेयकमा उल्लेख गरिएको छ । गाँजा खेती गर्न पाउनु भएको गाँजाको जथाभावी सेवन गर्ने, ओसार पसार गर्ने वा विक्री वितरण गर्ने भन्ने व्यवस्था भने होइन । गाँजा खेती खुल्ला गर्नुपर्ने आवश्यक किन पर्यो ? गाँजाको महत्व के छ ? गैरसरकारी विधेयकको रुपमा दर्ता भएका यी विधेयक सम्बन्धित संसदबाट पारित हुने सक्ने अवस्था के छ ? संघीय संसद तथा बागमती प्रदेशसभामा विधेयक दर्ता भइसकेपनि अन्य प्रदेशको हकमा के कस्तो व्यवस्था गर्न लागिएको छ ? अन्य प्रदेशमा पनि विधेयक दर्ता हुदैछ ? भन्ने लगायतका विषयमा पूर्वमन्त्रीद्वय तामाङ र स्थापितसँग विकासन्युजले संयुक्त कुराकानी गरेको छ । संघीय संसदको प्रतिनिधिसभामा दर्ता भएको गाँजा विधेयक । [pdf id=200059]
कोरोना भाइरसः यी हुन् ३ प्रमुख लक्षण र बच्ने १९ उपाय
काठमाडौं । चीनबाट सुरु भएर संसारभर आतंक फैलाएको कारोना भाइरसको यकिन औषधी पत्ता लागेको छैन । कोरोना संक्रमण ७७ भन्दा बढी देशमा फैलिएको छ भने ९३ हजारभन्दा बढीलाई संक्रमण भएको छ, ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमण भएका व्यक्तिहरुको उपचार हुने दर भने ज्यादै धेरै छ । संक्रमित ९३ हजारमध्ये ५० हजारभन्दा बढी निको भएर घर फर्किसकेका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले कोरोना संक्रमणको कारण विश्व स्वास्थ्य संकट घोषणा गरिसकेको छ । कोरोना भाइरस उपचारको औषधी पत्ता नलागेको कारण यो संक्रमण भएको व्यक्तिको उपचारमा कति खर्च लाग्छ भन्ने यकिन अझै हुन सकेको छैन । अहिलेसम्म कोरोना संक्रमित सबैलाई सम्बन्धित देशले नै खर्च गरेर उपचार गरिरहेका छन् । कोभिड १९ भनेर चिनिने कोरोना भाईरसले अहिले विश्वलाई त्रसित पारिरहेको छ । काेराेनाकाे हालसम्म केही पनि औषधी पत्ता नलागेको हुँदा यसबाट बच्नको लागि हामीसँग मात्र एक उपाय छ त्यो भनेको यसको लक्षण र बच्ने तरिकामा विशेष ध्यान दिने भन्ने हाे । कोरानाको खासगरी ३ लक्षणहरु रहेका स्वास्थ्य विज्ञहरु बताउँछन् । यदि कसैमा यस्तो लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला । यस्ता ३ प्रमुख लक्षण यस्ता रहेका छन् – १. १०४ डिग्री फरहन्हाईट भन्दा उच्च ज्वरो आँउने । २. खासगरी खोकी लाग्ने र रूघा पनि देखिने । ३. श्वास प्रश्वासमा अत्याधिक समस्या देखिने । हाल नेपाल सरकारले टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कोरोना भाईरस जाँच्ने एकमात्र प्रयोगशालाको रुपमा तोकेको छ । यो जाँच्नलाई सरकारले निशुल्क गरेको छ । कसरी बच्ने ? कोरोनाबाट हामी आफु पनि बच्न सक्छौं र अरुलाई पनि बचाउन सक्छौं । हामी यसरी आफु र अरुलाई कोरोना लाग्नबाट बचाउन सक्छौं – १. घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा अनिवार्य रूपमा पञ्जा तथा फेस मास्क लगाऔं । २. एकपटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुनः दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा वा परिवर्तन गरौं । ३. घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौं तथा दैनिकरुपमा सफा राखौं । ४. घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोली सकेपछि/बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले धोऔं वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं । ५. ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔं वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं । ६. घरका सबै सदस्यले आ–आफ्नै टुथब्रस, थाली/प्लेट, चम्चा प्रयोग गरौं । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौं । ७. सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौं। नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसँग पकाएर मात्र खाने गरौं। ८. रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔं । ९. घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानौ राखौं । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौं। १०. एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रो संग धोएर पुनः प्रयोग गरौं । ११. खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुन पानीले राम्रोसँग हात धोऔं । १२. यदी कसैलाइ ज्वरोसहितको रुघाँखोकी लागेको छ भने घरभन्दा बाहिर यात्रामा नस्किऔं । घरमा छुट्टै आइसोलेसन रुममा राखी उपचार गरौं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔं। मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं । १३. दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔं । शरीर सफा राखौं र सफा कपडा मात्र प्रयोग गरौं । यदी रुघाँखोकी, ज्वरोसंगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल लगिहालौं । १४. साबुन पानीले २० सेकेण्डसम्म बारम्बार हात धुने गराैं । १५. खोक्दा र हच्छ्यु गर्दा नाक र मुख छोप्ने गराैं । १६. हातहरु मुख, नाकमा जथाभावी नलैजाने गराैं । १७. फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकहरुसँग परामर्श लिने गराैं । १८. फ्लुको लक्षण देखिएमा मास्क लगाउने र अन्य व्यक्तिहरुबाट टाढा बस्ने गराैं । १९. फ्लु जस्तो लक्षण देखाउने जो कोहीसँग पनि टाढा बस्ने गराैं । यस्ता सावधानी अपनाए काेराेना जस्ता श्वासप्रश्वासकाे माध्यमबाट सर्ने संक्रमणबाट आफू र अरुलाई पनि जोगाउन सकिने चिकित्सकहरुले बताएका छन् ।
कोरोना असरः ८० प्रतिशत होटल बुकिङ रद्द, चीनियाँ पर्यटक एक चौथाई मात्रै, पाँच दर्जन उडान रद्द
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले नेपाललाई पनि धेरै क्षति पुर्याएको छ । नेपालमा हालसम्म भाइरसको संक्रमण नदेखिएपनि यसबाट छुटकारा पाउने सम्भावना भने न्यून छ । नेपाल वरिपरीका दुई छिमेकी राष्ट्र चीन र भारतमा कोरोना संक्रमण व्याप्त छ । चीनबाट सुरु भएको भनिएको यो भाइरसले चीनियाँ जनजीवन त निकै प्रभावति पारेको नै छ यो भाइरस हालै भारतमा दुई जनामा देखिएको खवरले पनि सबैलाई त्रसित पारेको छ । छिमेकी राष्ट्रमा देखिएको कोरोनाको त्रास नेपालमा पनि बढेको छ । यसको मानसिक त्रास मात्र होइन कोरोनाकै कारण नेपाली अर्थतन्त्रमा पनि ठूलो असर पारिसकेको छ । ठूलै तामझामका साथ करोडौं रकम खर्च गरेर सुरु गरिएको नेपाल भ्रमण वर्ष २०२० पनि नेपाल सरकारले स्थगित गरिसकेको छ भने धेरै अन्तर्राष्ट्रिय उडानहरु पनि रद्द गरिसकेको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय नाका–नाकामा स्वास्थ्य चेकजाँच गरी आवागवनमा पनि कडाई गरिसकेको छ । मन्त्रिपरिषद्को बैठकले पाँच देशका नागरिकलाई अनअराइभल भिसा पनि नदिने भएको छ । अध्यागमन विभागले कोरोना भाइरस प्रकोपलाई लक्षित गर्दै चीन, जापान, इरान, इटाली र दक्षिण कोरियाका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको हो । यसले पनि नेपाली अर्थतन्त्रमा ठूलो धक्का लाग्ने अनुमान गरिएकाे छ । पर्यटकको आगमन गत वर्षभन्दा खस्किसकेको छ भने विदेशी पर्यटकले नेपाल आउनका लागि बुकिङ गरेका होटलहरु पनि धमाधम रद्ध गर्न थालेका छन् । ८ं० प्रतिशत होटल बुकिङ रद्द विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा फैलिरहँदा विदेशी पर्यटकहरु पनि नेपाल आउन छोडेका छन् । अहिले नेपालको होटल, लज तथा रेष्टुरेन्टको व्यवसाय सुस्ताएको छ । विदेशी पर्यटकले बुकिङ गरेका नेपालका होटलहरु दैनिक रद्द हुन थालेका हुन । यही अवस्था रहे नेपालकाे पर्यटन व्यवसाय मात्र होइन, समग्र नेपालको अर्थतन्त्र नै चौपट हुने देखिन्छ । विदेशी पर्यटकले बुकिङ गरेका नेपालका होटलहरु दैनिक रद्द हुन थालेका हुन । होटल व्यवसायी संघका महासचिव साजन शाक्यले बुकिङ भइसकेका होटलहरुको करिब ८० प्रतिशत बुकिङ रद्द भइसेको बताए । उनले होटलमा विदेशी ग्राहकको आगमन धेरै घटेको बताए । यो वर्षको फेब्रअरी सम्म १ लाख ग्राहक आएको बताँदै उनले सबैभन्दा बढी होटल बुकिङ रद्ध युरोपियन अमेरिकन र भारतीय ग्राहकबाट भएकाे विकासन्यूजलाई जानकारी दिए । शाक्यका अनुसार चिनियाँमात्र नभएर अन्य युरोपेली मुलुकबाट समेत पर्यटक नेपाल आउन छाडेका छन् । यही अवस्था रहे नेपालकाे पर्यटन व्यवसाय मात्र होइन, समग्र नेपालको होटल व्यवसाय नै चौपट हुने उनी बताउँछन् । पर्यटन व्यवसाय सुधारका लागि अहिले सार्क राष्ट्रहरुमा केन्द्रित हुने नीति लिइएको छ । अहिलेको हवाई भाडामा समेत सहुलियत दिएर पर्यटक आकर्षित गर्ने रणनीति बनाइदैँ छ । त्यसका लागि अहिले सम्बद्ध निकायहरुबीच छलफल चलिरहेको छ । चीनबाट आउने पर्यटक ७७ प्रतिशतले घटे कोरोना भाइरसको त्राससँगै पर्यटकहरुको आगमन पनि निकै सुस्ताएको छ । पर्यटकलाई घुम्नका लागि यो उपयुक्त समय भएपनि पर्यटकको आगमन भने दैनिक घट्दै गएकाे छ । नेपाल पर्यटन बोर्डका अनुसार पर्यटक आगमनको तथ्याकं सुस्ताएको छ । नयाँ वर्षको सुरुमा पर्यटक आगमनको तथ्याकं राम्रो भएपनि पछिल्लो समय भने निकै सुस्ताएको हो । नेपाल आउने विदेशी पर्यटकमध्ये चिनियाँ नागरिक ३० प्रतिशतको हाराहारीमा हुने गरेको छ । नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये भारतीयपछि चिनियाँ पर्यटक दोस्रो नम्बरमा पर्दछन् । पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०१९ मा १ लाख ६९ हजार चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । यो संख्या सन् २०१८ को तुलनामा ३ प्रतिशतले बढी हो । सन् २०१७ मा नेपाल आउने चिनियाँ पर्यटकहरुको संख्या करिब एक लाखको हारहारीमा सीमित थियो । पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्र उत्साहित भएको थियो । तर, यसको बिचमै कोरोना आएपछि नेपालको पर्यटन बजार ठप्प भएको छ । पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्र उत्साहित भएको थियो । तर, यसको बिचमै कोरोना आएपछि नेपालको पर्यटन बजार ठप्प भएको छ । नेपालमा सबैभन्दा बढी पर्यटक आउनेमध्येको चीनबाट मात्रै गत वर्षको यही अवधिभन्दा ७६.८ प्रतिशतले घटेकाे छ । गत वर्षको यही अवधिमा चीनबाट १४ हजार १ सय ६१ जना पर्यटक नेपाल आएका थिए भने यस वर्षको फेब्रअरी सम्ममा ३ हजार २ सय ८५ जना पर्यटक नेपाल आएका छन् । यस्तै, अन्य देशहरुबाट आउने पर्यटक आगमनको ग्राफ पनि सुस्ताएको देख्न सकिन्छ । गत वर्षको यही अवधिको भन्दा यस वर्षमा भुटानबाट आउने पर्यटकमा ५२ प्रतिशत, दक्षिण कोरिया ३७, बेल्जियम ३७.६, जर्मनी १५.४, रसिया १६.६ , क्यानडा ९.६ र अमेरिकाबाट आउने पर्यटकको संख्या ३.५ प्रतिशतले घटेको छ । यसले पनि नेपालको पर्यटनमा धेरै घाटा हुन सक्ने अनुमान गर्न सकिन्छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पछिल्लो समय कोरोना भाइरसको विश्वव्यापी संक्रमणसँगै नेपालमा पर्यटकको आगमन पनि घटेको बताए । उनले यो समय भौतिक संरचना तथा पूर्वाधार निर्माण गर्ने भएकोले सरकारले यसतर्फ ध्यान दिनु पर्ने बताए । नेपालको अर्थतन्त्र कति सम्म घाटामा हुन्छ त्यसको निर्धारण भने कोरोनाको समायवधिले बताउने उनकाे भनाइ छ । ५ दर्जन जहाज उडानरद्द कोरोना भाइरसको त्रास बढेसँगै धेरै अन्तर्राष्ट्रिय उडान पनि रद्ध भएका छन् । विशेष गरी चीनमा हुने उडान रद्ध भएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले चीनमा उडान हुने करिब पाँच दर्जन जहाजको उडान रद्ध भएको बताए । उनले अहिले दैनिक एक जहाज मात्र चीनमा उडान हुँदै आएको बताए । उनले यी सबै जहाज मार्च २८ सम्मका लागि रद्ध भएको बताए । तर, काेराेनाकाे संक्रमण भइराखे यो कहिले सम्म रद्ध हुन्छ भन्न सकिन्न । चीनका उडानहरु रद्ध भएसँगै नेपालमा पर्यटक आगमनको असर पनि परिसकेको छ । विश्वमा देखिएको कोरोना भाइसरका कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त छ । चीनका उडानहरु रद्ध भएसँगै नेपालमा पर्यटक आगमनको असर पनि परिसकेको छ । विश्वमा देखिएको कोरोना भाइसरका कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त छ । कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिँदा विश्वभरका एयरलाइनहरुले रोकथाम र नियन्त्रणका लागि विश्वमा २ लाख बढी उडान रद्द गराइसकेका छन् । यसरी कतिपय क्षेत्रमा यात्रा निषेध गरिएपछि हवाइ इन्धनको मूल्यमा समेत ठूलो गिरावट आएको बताइएको छ ।