पूर्वाधार विकास कम्पनी कोमामा, प्रदेश सरकारसँग लफडा, पीडितको पैसा फिर्ता दिएको दाबी

काठमाडौं । ३५ अर्ब रुपैयाँभन्दा बढीको सडक पूर्वाधान हेटौंडा– काठमाडौं सुरुङमार्ग बनाउने लक्ष्यसहित स्थापना कम्पनी नेपाल पूर्वाधार विकास कम्पनी खारेजीको संघारमा पुगेको छ । कम्पनीले समयमै उचित ढंगले काम गर्न नसकेको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सो आयोजना प्रदेश सरकारले बनाउन लागेको बताए । प्रदेशको मात्रै नभएर देशकै महत्वपूर्ण विकास आयोजना भएको र सो आयोजना ओघटेको कम्पनीले बनाउन नसक्ने अवस्था देखिएपछि प्रदेश सरकार अग्रसर भएको उनको भनाइ छ । यता कम्पनी भने प्रदेश सरकारले आफूहरुलाई कामै गर्न नदिएको आरोप लगाउन थालेको छ । संघीय सरकारले दिएको आयोजना प्रदेश सरकारले बनाउन नदिएर त्यसै थन्किएको भन्दै प्रदेश सरकार विरुद्ध कानुनी उपचारमा जाने संकेत कम्पनीले गरेको छ । तर, कम्पनीले ९ वर्ष अगाडी हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउने भनेर सर्वसाधारणसगँ उठाएको पैंसा फिर्ता गर्न थालेको छ । हेटौंडा –काठमाडौं सुरुङमार्गका परियोजना निर्देशक नुगल आनन्द वैद्य मानवीय संकटमा परेका सर्वसाधारणको रकम कम्पीले फिर्ता दिन लागेको बताउँछन् । केही लगानीकर्तालाई कम्पनीले रकम फिर्ता गरिसकेको उनको भनाइ छ । ‘जथाभावी सेयर रकम उठाउने नीति हाम्रो कम्पनीको थिएन, केही व्यक्तिहरुले सुरुमा नै मनलाग्दी रकम उठाए, त्यसले पनि समस्या भइरहेको छ, पैसा फिर्ता चाहियो भनेर माग गर्ने र अति आवश्यकता परेको देखिएका केहीको रकम फिर्ता गरिसकेका छौं,’निर्देशक बैद्यले भने । बैंकमा पैसा राखेर व्याज खादै कम्पनीले सर्वसाधारणसँग उठाएको केही रकम कम्पनीले बैंकको मुद्दति निक्षेपमा राखेर व्याज खादै कम्पनी चलाएको छ । यस्तो व्याजबाट आर्जित रकमबाटै कम्पनीले संचालन खर्च चुटाएको छ । ‘कम्पनीले सर्वसाधारण लगानीकर्ताको सेयर सुरक्षित गराउन निक्षेप बढाउदै जान्छ, मुद्दती निक्षेपबाट आएको व्याजलाई पनि फेरि मुदतीमा जम्मा गरेर लगानी सुरक्षित गर्दै जाने योजना बनाएका छौं,’ निर्देशक बैद्यले भने । लगानी गर्न अझै सर्वसाधारण आउँदै पैसा उठाएको ९ वर्षसम्म केही नगरी बसेको कम्पनीले सुरुङमार्ग बनाउला भन्ने आश सर्वसाधारणमा अझै मरेको छैन । त्यसैकारण केही सर्वसाधारण लगानी गर्न अझै कम्पनीमा आउने गरेका छन्, जुन कम्पनी आफै करिब मृत अवस्थामा पुगेको छ । कम्पनीले सन् २०१२ मा सरकारसँग गरेको सम्झौता अनुसार काम भएको भए १ जनवरी २०१७ मै सुरुङमार्ग निर्माण सम्पन्न हुन्थ्यो । सरकारसँगको पहिलो सम्झौता अनुसार निर्माण सम्पन्न हुने मिति सकिएको २ वर्षभन्दा बढी समय भएपनि सुरुङमार्ग बनाउने काम सुरु भएकै छैन । कम्पनीले पाँच वर्षमा सुरुङमार्ग सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । तर, यस अवधिमा कम्पनीले लगानीसमेत जुटाउन सकेको छैन । काम सुरु भएकै छैन । पूर्वाधार विकास कम्पनीले सुरुङ मार्ग बनाउनका लागि गैरआवासीय नेपाली, स्वदेशी उद्योगपति र स्थानीयहरुबाट ३५ अर्ब रुपैयाँ उठाउने योजना बनाएको थियो । त्यसअनुसार कम्पनीले सर्वसाधारणबाट ३१ करोड ७६ लाख रुपैयाँ रकम उठाइसकेको थियो । कम्पनीको अध्यक्ष ४ पटक फेरिए । संस्थापक अध्यक्ष कुशकुमार जोशी, त्यसपछि गैरआवाशीय नेपाली संघका अध्यक्ष भवन भटट्, लाल केसी र फेरि भवन भटट् अध्यक्ष भएका छन् । कम्पनीमा सर्वसाधारण सेयर लगानी छ । आफ्नो कष्ट र दुःख गरेर बगाएको रगत, पसिना र मेहनतको कमाइ काठमाडौं–हेटौंडा सुरुङमार्गको सेयरमा लगानी गरेका सर्वसाधारणको लगानी के हुन्छ भन्ने प्रश्न गम्भीर बनेको छ । सुरुङमार्ग क्षेत्रमा पर्ने मकवानपुर, खोकना र काठमाडौंको चाल्नाखेल लगायतका क्षेत्रका करिब ११ सयभन्दा बढी स्थानीयले सेयर लगानी गरेका छन् । कुलेखानीका करिब १ सय १ जना र भेमफेदीका करिब ९७ जना सामान्य कृषकसमेतले कम्पनीमा लगानी गरेका छन् । सम्बन्धित सामग्री सुरुङमार्गः देखायो विकासको आश, बनायो स्थानीयको बिल्लीबाठ निजी क्षेत्रमाथि नै प्रश्न गरिरहेको काठमाडौं–हेटौडा सुरुङमार्ग ९ वर्षदेखि अलपत्र

सुरुङमार्गः सेयरमा उठाएको मात्रै हैन, सर्वे गर्दा खाएको र बसेको पैसा पनि तिर्न बाँकी

काठमाडौं । सात वर्षअघि मकवानपुर भीमभेदीका सन्तोश लामाले काठमाडौं–हेटौडाको सुरुङबाट ओहोर–दोहोर गर्न पाइने हल्ला सुने । गाउँभरी नै सरुङमार्ग बन्ने चर्चा चल्न थाल्यो । २०७३ साल भित्र काठमाडौं जान सहज भइसक्ने लामालाई विश्वास थियो । तर, उनको सपना २०७६ साल बितिसक्न लागे पनि पूरा भएको छैन । सपना पूरा नभएको मात्रै होइन, अब सुरुङमार्ग नबन्नेमा उनी पनि ढुक्क जस्तै छन् । काठमाडौं–हेटौंडा सुरुङमार्ग लामालाई अचेल पशुपाति शर्माको ‘लुटनसके लुट कान्छा…’ भन्ने गीत जस्तै लाग्न थालेको छ । सडक बन्ने कुरा गफ मात्रै जस्तो अनुभूति हुन थालेको छ । भीमभेदीमा रहेको लामाको सगरमाथा होटलमा सर्वे गर्ने टोली बस्यो । गाउँको मात्रै होइन, देशको मुहारै फेरिने परियोजनाका सर्वे गर्ने व्यक्तिहरुलाई राख्न पाउँदा लामाको खुसीको सीमा नै रहेन । उनले राम्रोसगँ सञ्चालन भइरहेको होटलमा सर्वेका लागि आएकाहरुलाई खाने बस्ने व्यवस्था सकेसम्म राम्रो पनि गरे । मकवानपुरबासी, व्यवसायी, राजनीतिक दलका नेता र उद्योगीसँगै बसेर नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी नेतृत्वको कम्पनीले जनताकै लगानीमा छोटो दुरीको हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग बनाउने बताउँदा लामा निकै उत्साहित थिए । सरकारले नगरेपछि हामी गछौंं भन्दै निजी क्षेत्रले स्थापना गरेको नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल) मार्फत सुरुङमार्ग बन्ने र मकवानपुरसँगै तराईका जिल्लामा ठूलो विकासे लहर आउने लामालाई विश्वास थियो । काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्ग ५८ किलोमिटरको आयोजना हो । चार लेनको बाटोसहितको डिजाइन भएको सुरुङमार्गबाट हेटौँडा पुग्न झण्डै एकघण्टा मात्रै लाग्ने अनुमान गरिएको थियो । भीमफेदीमा नै किराना पसल, होटल र घर भएका लामाले यो अभियानलाई जति सकिन्छ, त्यति लगानी गरेर सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । उनले आफ्नो बुवा अंकल लामाको नाममा १० हजार रुपैयाँको सेयरसमेत किने । आफ्नै घर छेउमा सन् २०१६ मा बन्ने भनिएको सुरुङमार्ग अझैसम्म निर्माण प्रारम्भसमेत नहुँदा उनी चिन्तित मात्रै होइन, आक्रोसित पनि छन् । लामाजस्तै सुरुङमार्गको सेयर किन्नेहरु यतिबेला निराश छन् । सुरुङमार्ग निर्माण गर्ने कम्पनीले सर्वेका लागि पठाएका व्यतिmहरुले खाना खाएको, र बसेको पैसा लिन कम्पनीको मुख्य कार्यालय थापाथलीमा पुग्दा त्यहाँबाट पैसा नपाएपछि लामालाई आफू ठगिएको हो कि भन्ने शंका लाग्न थालेको थियो । लामाले कम्पनीका कर्मचारीहरुले होटलमा खाना खाएको र बसेको पैसा अझसम्म पाएका छैनन् । र, सेयर वापत दिएको रकमको अत्तोपत्तो छैन । अरु सेयरबाट मात्रै ठगिएको छन् । धेरै सर्वसाधारणसँग एनपीबीसीएलले संस्थापक लगानी भन्दै करिब ३२ करोड रुपैयाँ उठाएको छ । तर, सो रकमबारे कम्पनी पारदर्शी रुपमा प्रस्तुत नभएको गुनासो सेयर लगानीकर्ताहरुको छ । रकम सदुपयोग नभएको र कम्पनीले आयोजना सुरु हुन नसक्नुबारे कुनै आधिकारिक जानकारी पनि नगराएका कारण धेरै लगानीकर्ताहरु आक्रोशित छन् । कतिपय लगानीकर्ताले कम्पनीका सञ्चालकहरुले आफ्ना मान्छेलाई जागिर खुवाउनकै लागि मात्र सर्वसाधारणबाट सेयर स्वरुप उठाएको रकम दुरुपयोग गरिरहेको आरोपसमेत लगाउन थालेका छन् । सुरुङ मार्ग निर्माण गर्न सुरुवातमा ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । सन् २०१६ सम्म निर्माण सक्ने लक्ष्य लिइएकोमा अझै आयोजना सुरु भएको छैन । २०६९ सालमा शिलान्यास भइसकेको यो आयोजनाबाट असन्तुष्टी जनाउँदै राप्रपाका सांसदसमेत रहेका ठेकेदार व्यवसायी विक्रम पाण्डेले हात झिकिसकेका छन् । एनपीबीसीएलमा एमालेका सांसद तथा व्यवसायी सुभाषचन्द्र ठकुरी र निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष जयराम लामिछानेलगायत अझै सक्रिय छन् । भिडियोः प्रकाश वाग्ले सम्बन्धित सामग्री सुरुङमार्गः देखायो विकासको आश, बनायो स्थानीयको बिल्लीबाठ निजी क्षेत्रमाथि नै प्रश्न गरिरहेको काठमाडौं–हेटौडा सुरुङमार्ग ९ वर्षदेखि अलपत्र

देशभरका ५४ विमानस्थलः कुन विमानस्थल कस्तो अवस्थामा ?

काठमाडौं । सरकारले पर्यटन प्रवद्र्धनका लागि विमानस्थलको स्तरोन्नतीमा तिव्रता दिएको छ । पछिल्लो समय सरकारले देशभरका ५४ विमानस्थलको विस्तार तथा स्तरोन्नतीमा तिव्रता दिएको हो । देशभर रहेका ५४ विमानस्थलहरुमध्ये कुनै निर्माणको प्रक्रियामा छन् भने कुनै निर्माण भइसकेका छन् । निर्माण भइसकेका कतिपय विमानस्थलहरु भौगलिक कठिनाई, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा नियमित रुपमा सञ्चालनमा आउन सकेका छैनन्। अहिले देशका सातवटै प्रदेशमा हवाई सुविधा  छ । मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भएपनि यसका चुनौती भने यथावथ छन् । अधिकाशं जिल्लामा विमानस्थल निर्माण भएका छन् तर ति विमानस्थलहरु प्रभावकारी रुपमा सञ्चालनमा आउन नसक्नु समस्याका रुपमा रहदैं आएको छ । विमानस्थल निर्माण भएका ठाउँहरुको भौगलिक कठिनाई, जनसंख्याको चापको कमि, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी र नियमित बन्न नसेको नियामक निकाय बताउँछन् । नेपाल नागरिक उडड्यन प्राधिकरणले बुधबार देशभरका विमानस्थलहरुको बारेमा जानकारी गराउँदै सरकारले विमानस्थल स्तरोन्नतीमा बढी प्राथमिकता दिएको बताएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले प्राधिकरणले पछिल्लो साढे दुई वर्षमा हवाई पूर्वाधारमा मात्र ८९ अर्ब रुपैयाँ र जग्गा प्राप्तीमा ३३ अर्ब रुपैयाँ खर्च भएको बताए । अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणमा भने ४९ अर्ब रुपैयाँ खर्च भइसकेको छ । आन्तरिक विमानस्थलतर्फ साढे दुई वर्षमा जग्गा प्राप्तीमा १ अर्ब र पूर्वाधार निर्माणमा ६ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ । ५ वर्षमा ३ खर्ब ३५ अर्ब लगानी गर्ने सरकारले आगामी ५ वर्षभित्र विमानस्थलको स्तरोन्नतीका लागि ३ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गर्ने बताएको छ । नेपाल उड्डयन प्राधिकरणले देशको देशको हवाई पूर्वाधार र त्यसको निर्माणका लागि सो रकम खर्च हुने बताएको हो । प्राधिकरणले गर्दै आएको काम र आगामी गर्ने कामको बारेमा जानकारी गराउँदै प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले आगामी ५ वर्षभित्र अन्तराष्ट्रिय हवाई पूर्वाधारतर्फ २ खर्ब ५० अर्ब रुपैयाँ खर्च गर्ने योजना भएको बताए । । त्यसमा १ खर्ब ५० अर्ब रुपैयाँ निजगढ विमानस्थलको पहिलो चरणको काम सम्पन्न गर्नमा हुनेछ । यस्तै, आन्तरिकतर्फ हवाई पूर्वाधार निर्माणमा ४६ अर्ब रुपैयाँ खर्च हुने भएको छ । जग्गा अधिग्रहणका लागि भने आगामी ५ वर्षभित्र आन्तरिक विमानस्थलका लागि ३४ अर्ब ६० करोड रुपैयाँ लागत लाग्ने भएको छ । यो रकम विराटनगर, नेपालगन्ज, धनगढी र महेन्द्रनगर विमानस्थललाई क्षेत्रिय अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा रुपान्तरण गर्न खर्च हुने प्राधिकरणले जनाएको छ । यस्तै अन्तर्राष्ट्रियतर्फ जग्गा प्राप्तीमा ५ अर्ब रुपैयाँ खर्च हुने अधिकारीले बताए । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले तराईका विमानस्थल विस्तार, दुर्गमका विमानस्थलमा रनवेलाई नियमित मर्मत गर्ने गरी काम भइरहेको बताए । विभिन्न विमानस्थलमा टर्मिनल बिल्डिङ निर्माण गर्ने काम पनि भइरहेको उनले बताए । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार हाल देशभर ५४ विमानस्थल मध्ये ३३ वटा सञ्चालनमा छन् भने १६ वटा विमानस्थल बन्द अवस्थामा छन् । हाल देशमा एक अन्तराष्ट्रिय विमानस्थल, चार डोमेस्टिक हब विमानस्थल र ४४ घरेलु विमानस्थलहरु रहेका छन् । जसमा ६ वटा डोमेस्टिक र तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माणाधीन अवस्थामा छन् । तीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन सरकारले तीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाे छ । सरकारले अहिले  त्रिभुवन, नीजगढ र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाे छ । यस सँगै पोखरा क्षेत्रिय विमानस्थल पनि निर्माण भइरहेकाे छ । हाल गौतमबुद्धकाे भाैतिक प्रगति ८५ प्रतिशत र ५५ प्रतिशत वित्तीय प्रगति भएकाे जनाइएकाे छ । यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तराेन्नती गर्ने विभिन्न कार्य सकिएकाे  छ भने केही काम गर्न बाँकी रहेकाे बताइएकाे  छ । नीजगढ विमानस्थलकाे भने जग्गा अधिग्रहणको र मुआब्जा दिने काम भइरहेको प्राधिकरणले जनाएको छ । यस्तै, पाेखरा क्षेत्रिय विमानस्थलकाे पनि निर्माण कार्य भइरहेकाे छ । याे विमानस्थल पनि समायावधि भित्रै सकिने बताइएकाे छ । देशभरका विमानस्थलहरु मध्ये ३३ विमानस्थल मात्र कालोपत्रे भएका छन् । हाल बैतडी, बझाङ, डोल्पा, मसिनेचौर, डोटी, कलिकोट र लामिडाँडा विमानस्थल कालोपत्रे भइरहेका छन् । यस्तै,  रात्री उडान सुविधा रहेका विमानस्थलहरु मध्ये त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, बिराटनगर, चन्द्रगढी, धनगढी, गौतमबुद्ध भैरहवा, नेपालगञ्ज र सिमरा रहेका छन् भने अन्यमा रात्री उडान गर्न सक्ने प्रविधी छैन । १६ विमानस्थल बन्द अवस्थामा हाल देशभर १६ वटा विमानस्थलहरु बन्द अवस्थामा छन् । बन्द अवस्थामा रहेका विमानस्थलहरुमा बैतडी विमानस्थल, बझाङको चैनपुर विमानस्थल, दार्चुला विमानस्थल, ढोरपाटन विमानस्थल, डोल्पा मासिनेचौर विमानस्थल र डोटी विमानस्थल रहेका छन् । यस्तै जीरी विमानस्थल,कंगेलडाँडाँ, लाङटाङ विमानस्थल, मनाङ विमानस्थल, मेघौली विमानस्थल, कञ्चनपुरको महेन्द्रनगर विमानस्थल र पालुङटार विमानस्थल बन्द अवस्थामा रहेका छन् । रोल्पा विमानस्थल, स्याङबोचे विमानस्थल र टीकापुर विमानस्थल पनि हाल बन्द अवस्थामा छन् । जुन विमानस्थलहरुमा हवाई सुविधा नियमित भए पर्यटकहरु बढ्नेसँगै त्यहाँको आर्थिक तथा भौतिक अवस्थामा सुधार हुने अवस्था छ । महानिर्देशक पाेखरेलले  अब तिनीहरुको निर्माण प्रक्रिया सकेर छिट्टै नै सञ्चालनमा ल्याउने बताए । बन्द भएका कतिपय विमानस्थलमा परिक्षण उडान गरेर पनि निर्माणको कार्य सुरु भइसकेको उनले बताए । कुन प्रदेशमा कति विमानस्थल ? हाल देशका सबै प्रदेशमा विमानस्थलको पहुँच छ । विमानस्थलहरु हुँदाहुँदै पनि नियमित हवाई सुविधा नहुँदा स्थानिय नागरिकहरुलेसँगै पर्यटकहरुले पनि सास्ती खेप्नु पर्ने अवस्था छ । प्रदेश एकमा १२ विमानस्थल, प्रदेश दुईमा तीन विमानस्थल , प्रदेश तीनमा ६ विमानस्थल, गण्डकी प्रदेशमा पाँच विमानस्थल, प्रदेश पाँचमा पाँच विमानस्थल, कर्णाली प्रदेशमा नौ विमानस्थल र सुदूरपश्चिम प्रदेशमा नौ वटा विमानस्थलहरु रहेका छन् । भौगलिक र अतिरिक्त सुविधाका रुपले विकट मानिने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि जिल्लापिच्छे विमानस्थल भएपनि तिनीहरु सञ्चालनमा भने आउन सकेका छैनन् । कर्णाली प्रदेशका सबै जिल्लाहरुमा मोटरबाटो पुग्न सकेको छैन । ती विमानस्थलहरु विमानस्थलमा मात्रै सिमित छन् । कर्णालीका ९ वटा विमानस्थलहरुमा अहिले पनि नियमित उडान नहुँदा त्यहाँका स्थानियहरु समस्यामा छन् । सर्वसाधरणका लागि सहुलियत दरमा हवाई भाडा र भरपर्दो सेवा भने अझै पुगिसकेको छैन । कर्णाली प्रदेशका विमानस्थलहरु हुम्लाको सिमिकोट,जुम्ला विमानस्थल,सुर्खेत विमानस्थल, रुकुमको सल्ले विमानस्थल, रुकुमको चौरजहारी विमानस्थल, डोल्पा विमानस्थल, मुगुको रारा विमानस्थल अहिले सञ्चालनमा भएपनि नियमित उडान भने भर्न सकेको छैनन् । यस्तै, सुदूरपञ्चिमका विमानस्थलको हालत पनि त्यस्तै छ । सुदूरपश्चिमका विमानस्थलहरु मध्ये कैलालीको धनगढी, अछामको साँफेबगर र बाजुराको कोल्टी विमानस्थल सञ्चालनमा छन् । जसमा धनगढी विमानस्थल नियमित रुपमा उडान भर्दै आएको छ भने साँफेबगर र बाजुरको कोल्टी विमानस्थलले नियमित रुपमा उडान भर्न सकेका छैनन् । दार्चुलाको गोकुलेश्वर, डोटीको दिपायल,अछामको कमल बजार, बझाङको चैनपुर, बैतडीको पाटन, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टिकापुर विमानस्थल बन्द अवस्थामा छन् । सुदूरपश्चिमा नेपालकै सुन्दर ठाउँ खप्तड, बडिमालिका, अपि, साइपाल, मानसरोवर लगायतका पर्यटकिय स्थलहरु भएपनि त्यहाँ पुग्न हवाई सुविधा नहुँदा विदेशी पर्यटकहरुलाई गन्तव्यमा पुग्न समस्या हुने गरेको छ । वार्षिक एक करोड विदेशी पर्यटक ल्याउने गरी पूर्वाधार निर्माण भइरहेको छ: मन्त्री भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वार्षिक एक करोड विदेशी पर्यटक ल्याउने गरी सरकारले पूर्वाधार निर्माणमा काम गरिरहेको बताएका छन्। प्राधिकरणकाे उक्त कार्यक्रममा बाेल्दै  उनले सरकारले विमानस्थलाई प्राथमिकताका साथ हरेर पूर्वाधारमा काम गरिरहेको बताएका हुन्। आउने पाँच वर्षमा नागरिक उड्यनमा ठूलो क्रान्ति गर्छौं,अहिले हामी चीनको उदाहरण दिन्छौँ, हामीले पनि १८ महिनामा गर्ने काम ५ महिनामा गरेका छौँ,’ उनले भने । मन्त्री भट्टराईले अबको पाँच वर्षभित्र निजगढ विमानस्थल सञ्चालनमा ल्याउने गरी काम गर्ने बताए । निजगढ विमानस्थल अबको पाँच वर्षभित्र सञ्चालन गर्ने योजना छ। यो गेमचेन्जर आयोजना होु, उनले भने । हवाई सुविधाको कमिले पनि आन्तरिक र बाह्य पर्यटकहरुको आगमन को संख्या न्युन छ । देशभर ५४ वटा विमानस्थलहरु भएपनि तिनीहरु सञ्चालनमा नआउँदा देशको भौतिक पक्षमा प्रभाव परेको छ । देशका सुन्दर पर्यटकीय स्थलहरुसम्म हवाई सुविधा नपुग्दा पर्यटन क्षेत्रमा धेरै प्रभाव परेको छ । विदेशी पर्यटकहरुको आगमन तथा यात्रा गर्ने महत्वपूर्ण साधन हवाई भएपनि देशका सुन्दर तथा पर्यटकीय स्थलहरुमा हवाई सेवा नहुँदा पर्यटकहरुलाई समेत समस्या हुने गरेको छ । नेपाल सरकारले यतखेर भ्रमण वर्ष २०२० काे सुरुवात गरेकाे छ । मुलुका सुन्दर पर्यटकीय स्थलहरुसम्म हवाई सेवा नपुगेकाेले पनि भ्रमण वर्षलाई नकरात्मक प्रभाव पार्न सक्ने अवस्था छ ।