डब्ल्यूएचओले भन्यो: जुनसुकै बेला पनि सकरात्मक समाचार आउन सक्छ, ६ प्रकारका औषधिको महापरीक्षण सुरु

काठमाडौं। विश्वभर फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)  संसारभरका देशलाई महामारीको लागि औषधिको महापरीक्षण गर्न आग्रह गरेको छ । डब्ल्युएचओले सबैभन्दा प्रभावकारी रेमडेसिवीर, क्लोरोक्विन, हाइड्रोक्सीक्लोरोक्विन, रिटोनावीर, लोपिनावीर र इन्टरफेरान औषधिको महापरीक्षणका लागि आग्रह गरेको हो । यी अौषधिको प्रयोगले कोरोना भाइरसको संक्रमण निको भएका थिए । कोरोना भाइरसको संक्रमण भएका व्यक्तिलाई निको पार्नका लागि प्रयोग भएका औषधिको महापरीक्षण सुरु भएको हो । विश्व स्वास्थ्य संगठन ले यी ६ प्रकारका औषधिको मिश्रण वा यसैको सहायतामा अन्य कुनैको मिश्रण बरदानसावित हुनसक्ने विश्वास लिएको छ । यी औषधिबाटै कोरोना भाइरसलाई हराउन सक्ने विश्वास डब्ल्युएचओको लिएको छ । रेमडेसिवीर, क्लोरोक्विन, हाइड्रोक्सीक्लोरोक्विन, रिटोनावीर, लोपिनावीर र इन्टरफेरान औषधिसँगै संसारभरका वैज्ञानिक तथा चिकित्सकहरुले अन्य औषधिमा पनि अनुसन्धान जारी राखेका छन् । यी औषधिले कोरोना भाइरसका संक्रमित, उपचारमा संलग्न चिकित्सक र रोगीका परिवारलाई सहयोगी बन्नसक्ने अपेक्षा डब्ल्युएचओले गरेको छ । डब्ल्युएचओका अनुसार चीन, अमेरिका, फ्रान्स, स्पेन, इरान, दक्षिण अफ्रिका, दक्षिण कोरियालगायतका देश अहिले महापरीक्षणमा जुटिरहेका छन् । अबको एक महिनामा कुनै नतिजामा पुग्न सकिन्छ । अहिले सबै समयमा खराब समाचार मात्र आएको र अब भने जुुनसुकै समयमा सकरात्मक समाचार आउन सक्छ । के काम गर्छ महापरीक्षणका भइरहेका औषधिले ? रेमडेसिवीर : रेमडेसिवीरले जिलिड साइन्सेजले इबोलाको उपचारका लागि बनाएको हो । यसले भाइरसलाई मानिसको शरीरमा पुगेर नयाँ भाइरस बनाउन रोक्छ । अमेरिकाको सबैभन्दा पहिलो कोरोना संक्रमित व्यक्तिमा रेमडेसिवीर नामक औषधि चलाइएको थियो । क्लोरोक्विन र हाइड्रोक्सीक्लोरोक्विन : यो औषधिले मानिसको शरीरमा भाइरसले आक्रमण गर्ने भाग नष्ट हुने र भाइरस आक्रमणका लागि असफल तथा कमजोर हुन्छ । क्लोरोक्विन र हाइड्रोक्सीक्लोरोक्विन औषधिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वकालत गरेका थिए । उनले यो औषधिलाई गेम चेन्जर भनेका थिए । डब्ल्युएचओको वैज्ञानिक समितिले यो औषधि खारेज गरेको थियो । तर जेनेभामा भएको डब्ल्युएचओको वैज्ञानिको बैठकले यो औषधि महापरीक्षणका लागि पठाउने निर्णय भने गरेको छ । यो औषधिको विषयमा संसारभरबाट माग आएपछि महापरीक्षणका लागि पठाइएको हो । रिटोनावीर लोपिनावीर : यो औषधि चीनको वुहानमा प्रयोग गरिएको थियो । एचआइभी रोक्नका लागि यसको प्रयोग गरिएको थियो । हल्का संक्रमणका लागि रिटोनावीरको र धेरै संक्रमण भएमा लोपिनावीरको प्रयोग गरिन्छ । यो औषधिले शरीरमा भाइरसको आक्रमण हुने ठाउँमा पुगेर भाइरस र मानिसको कोशिकालाई छुट्टाउने काम गर्छ । इन्टरफेरान–भिटाका : यो औषधि साउदी अरेबियाले मिडिलइष्ट रेस्पिरेटरी सिन्ड्रमको समयमा संक्रमित बिरामीमा प्रयोग गरिएको थियो । यो औषधिले मानिसको शरीरमा भाइरसले आक्रमण गर्ने टिस्युलाई नोक्सान पुर्याउँछ । त्यसको असरस्वरुप भाइरसको प्रभाव कम हुँदै जान्छ । एजेन्सी ।

पूर्व गभर्नरलाई राष्ट्र बैंकले गाडीसँगै बाचुन्जेल ड्राइभर पनि दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व गभर्नरलाई दिने सुविधा थप गरेको छ । यसअघि गभर्नरले पदमा बहाल रहदा चढेको गाडी अवकासपछि घर लैजान पाउने व्यवस्था थियो । अव भने राष्ट्र बैंकले तलब दिएर एक जना ड्राइभर पनि दिने भएको छ । केही साता अघि बसेको राष्ट्र बैंक संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । पूर्व गभर्नरलाई राज्यको तर्फबाट सम्मान दिनुपर्ने भन्दै गभर्नर डा. चिरन्जीवी नेपालले गरेको प्रस्ताव संचालक समितिले पारित गरेको हो । डा. नेपालको कार्यकाल ५ चैतदेखि सकिएको छ । ‘पूर्व गभर्नरलाई गाडी दिने चलन थियो, अब ड्राइभर पनि दिने निर्णय गरिएको हो, पूर्व गभर्नरलाई दिइएको ड्राइभरलाई राष्ट्र बैंकबाट तलब भत्ता लगायतका सुविधा प्रदान गरिन्छ,’ राष्ट्र बैंक संचालक समितिका एक सदस्यले विकासन्युजसँग भने । राष्ट्र बैंक संचालक समितिको यो निर्णयपछि संस्थापक गभर्नर हिमालय शमशेर जवरादेखि भेषबहादुर थापा, गणेशबहादुर थापा, डा. तिलक रावल, दीपेन्द्रपुरुष ढकाल, सत्येन्द्रप्यारा श्रेष्ठ, विजयनाथ भट्टराई, दीपेन्द्रबहादुर क्षेत्री, डा. युवराज खतिवडा, डा. चिरिन्जीवी नेपालसम्मले ड्राइभर सुविधा पाउने छन् । यसमध्ये दीपेन्द्रबहादुर क्षेत्रीले पूर्व गभर्नरको हैसियतमा राष्ट्र बैंकबाट गाडी सुविधा पनि लिएका छैनन् भने डा. युवराज खतिवडा अर्थमन्त्रीको जिम्मेवारीमा छन् । डा. खतिवडाले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाउँदा पनि गाडी सुविधा लिएका थिए भने गभर्नरबाट अवकाश पाउँदा पनि गाडी सुविधा लिएका थिए । यसअघि नै ७० वर्ष उमेर कटेका पूर्व गभर्नरहरुलाई गाडीसहित ड्राइभर सुविधा दिने व्यवस्था थियो । अबदेखि भने गभर्नरबाट अवकाश पाउने वित्तिकै ड्राइभर सहितको गाडी सुविधा पाइने भएको छ ।

रित्तदै राजधानीः भिडियाे फिचर

  काठमाडौं । कोरोना संक्रमणको त्राससँगै राजधानी उपत्यका रित्तदै गएको छ । स्थायी र अस्थायी गरी काठमाडौं उपात्यकाभित्र करिव ५० लाख मानिस बसोबास गर्ने गरेको सरकारी तथ्याङ्क छ । कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्न सरकारले अत्यावश्यक सेवा बाहेकको व्यापार व्यवसाय बन्द गर्न निर्देशन दिएपछि र चैत १० गतेदेखि लामो दूरीमा चल्ले सवारी साधान चल्न नदिने निर्णय गरेपछि तीन दिनभित्रका करिव १५ लाख सर्वसाधारणले राजधानी छोडेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक तथा प्रबक्ता जीवन कुमार श्रेष्ठले बताए । आइतबार १ लाख ६१ हजार, शनिबार १ लाख ६ हजार र शुक्रबार १ लाख ८ हजार मानिस सडक सवारीबाट राजधानी वाहिर गएको उनको भनाई छ । कोरोना त्राससँगै गत दुई सातामा राजधानी भित्रने भन्दा वाहिरीनेका संख्या बढी रहेको छ । रित्तिदै गएको राजधानीको सडक कस्तो देखिएको छ ? विकासन्युजका फोटोग्राफर प्रकाश वाग्लेले आइतबार राजधानीको वाहिरिने मुख्य चोकहरु कलंकी, कोटेश्वर, एयरपोर्टसहित सहरका मुख्य भागहरुको भिडियो खिचेका छन् । राजधानीबाट वाहिरिने चोक तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षमा भीडभाड देखियो भने सधैं भिडभाड हुने माइतघर, जाउलाखेल, चक्रपथ क्षेत्रमा सुनसान देखियो । भिडियो हेर्नुहोस् ।