मड्रिड छोडेपछि इटालीको यस्तो घरमा बस्नेछन्, क्रिस्टियानो रोनाल्डो (फोटोसहित)

काठमाडौं । स्पेनिस फुटबल क्लब रियल मड्रिडले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेच्ने लगभग पक्का भएको छ । रोनाल्डो युभेन्टस् जाने आधिकारी निर्णय नहुदै इटालियन मिडियाहरुले भने रोनाल्डो बस्ने घर सार्वजनिक गरेका छन् । केहिदिन अघि युभेन्टसले रोनाल्डोको लागि १ सय मिलियन युराको प्रस्ताव गरेको थियो । रोनाल्डोका एजेन्टले पनि युभेन्टस्को पदाधिकारीहरुसँग लगातार छलफल गरिरहेको समाचार बाहिर आएपछि रोनाल्डो युभेन्टस् जाने निश्चित जस्तै भएको हो । २०१८ ०१९ को च्याम्पियान्स लिग जिताउन महत्वपुर्ण भुमिका खेलेका रोनाल्डो बालोन डि ओरको प्रमुख दाबेदार हुन् । रोनाल्डो युभेन्टस् जाने भएपछि रियल मड्रिडमा भने नेइमार जुनियर ल्याउने तयारी भएको छ । यसका लागि मड्रिडले पिएसजी सामू ३१० मिलियन युरोको प्रस्ताव गरिसकेको छ । यस्तो छ इटालीमा रोनाल्डो बस्ने घरको फोटो

विश्वकपमा बाजी खेल्ने दश हजार जना पक्राउ

बैंकक । थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन् । प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको तथ्य बुधबार सार्वजनिक गरेका हुन् । उनका अनुसार यस अगाडि सन् २०१४ मा भएको विश्वकप फुटबलका बेलाको भन्दा अहिले पक्राउ पर्नेहरूको संख्या दोब्बर भएको हो । अहिले जारी प्रतियोगिताका खेलहरूबारे बाजी खेल्नेहरू देशभरी रहेको र पक्राउ पर्ने पनि देशभरीका रहेको जनाइएको छ । प्रहरी अधिकारीहरूले बाजी खेल्नेहरू अत्यन्त धेरै बढेको पनि बताएका छन् । प्रहरीले यसलाई एक प्रकारको जुवाको रूपमा लिएर बाजी खेल्न प्रतिबन्ध लगाउने गरेको भए पनि खेल्नेक्रम भने रोकिएको छैन । बाजी खेल्दा जुवामा जस्तो ठूलो रकम हारजीत हुने भएकाले सामाजिक तथा पारिवारिक अवस्थामा समेत असर पर्ने गरेको छ । पक्राउ पर्नेमा यस्ता बाजी खेलाउनेहरू पनि परेका छन् । उनीहरूले यसलाई व्यवसायकै रूपमा सञ्चालन गरेको पनि पाइएको प्रहरीको भनाई छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले राेप्याे १०० वटा रुख, सडक पेटी हरियाली बनाउने उद्देश्य

काठमाडौं । बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘सडक पेटी हरियाली कार्यक्रम’ अन्तर्गत बालुुवाटार वरपरको सडक पेटीमा वृक्षारोपण गरेको हो । उक्त स्थानमा करीब १०० वटा रुख वृक्षारोपण गरिएको बैकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व र पिडीएसएस संस्थासँगको सहकार्यमा उक्त कार्यक्रम ओयोजना गरी सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि उप–प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै सांग्रिला डेभलपमेन्ट बैंकको यो कार्यको सराहना गर्दै सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिन आग्रह गरेका हुन् । सो अवसरमा प्रदेश नं. ३ का सभासदहरु दिपक निरौला र नारायणबहादुर सिलवाल, यस विकास बैंकका संचालक उज्ज्वल सत्याल एवं प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल लगायत विकास बैंकका कर्मचारीहरु, का.म.न.पा. वडा नं. २, ४ र ९ का वडा अध्यक्षहरु र पि.डी.एस.एस. संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेल लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।