१२औँ वार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेसद्धारा शैक्षिक सामार्गी वितरण

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले बुधबार आफ्नो १२औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त वार्षिकोत्सवको अवसरमा एक्सप्रेसले बाल सारथी संस्थालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । साथै, उक्त संस्थालाई एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । सो रकम त्यस संस्थामा अध्ययनरत ९० जना विद्यार्थीहरुको लागि एक हप्ताका लागि रासन पानीमा खर्च गरिने उक्त संस्थाका संस्थापक माला खरेलले जानकारी दिएका छन् ।

चम्पक गुरुङको शब्द, स्वरुपराज आचार्य र जुनु रिजालको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं । चम्पक गुरुङको शब्द ,स्वरुपराज आचार्य र जुनु रिजालको स्वरमा नयाँ गीतको म्युजिक भिडियो बुधबार सार्वजनिक गरिएको छ । सो म्युजिक भिडियो रामेछापका प्रतिनिधीसभा सदस्य श्यामकुमार श्रेष्ठले सार्वजनिक गरेका छन् । गीतमा रामेछापलाई जन्म भुमीको रुपमा चिनाइएको छ । गीतमा नेपालको भौगोलिक अवस्थासगै रामेछापका विभिन्न पर्यटकीय स्थललाई समेटिएको छ । मेरो प्यारो रामेछाप ’ टाइटलको यो गीतमा नेपाललाई सुन्दरताको देशको रुपमा चिनाइएको छ । नेपालमा राम्रा ठाउँ हुँदाहुँदै घुम्नका हंङकङ, सिंगापुर लगायतका विदेशमा जाने गरेको भन्दै नेपालमै टूर गर्न सुझाव दिइएको छ । मध्य पहाडी लोकमार्गको परिकल्पना, जलविद्युत निर्माण, आन्तरिक पर्यटन प्रबद्धृन, युवालाई स्वदेशमै रोजगारी दिएर नेपाललाई समृद्ध बनाउनु पर्ने सुझाव गीतबाट दिइएको छ ।

दर्जनौ रोग निको पार्ने जमरा जुसको लोकप्रियता बढ्दै, प्रति गिलास रु १२५

काठमाडौं । दाङको घोराहीमा अर्गानिक जमराको जुस उत्पादन शुरु भएको छ । काठमाडौँको जोरपाटीस्थित सीता अर्गानिक एग्रो प्रालिले घोराहीको रतनपुरमा शाखा कार्यालय खोलेर अर्गानिक जमराको जुस उत्पादन शुरु गरेको हो । स्थानीयको माग र स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै सो प्रालिले जमरा जुस उत्पादन शुरु गरेको हो । घोराहीमा शाखा सञ्चालनमा आएसँगै जमराको जुस खान आउने मानिसको संख्या बढ्दै गएको प्रालि प्रमुख बालिका लामिछानेले बताए । प्रतिगिलास रु १२५ मा जुस बिक्री भइरहेको छ । यो जुसबाट मुटु, रक्तचाप, मधुमेह, थाइराइड, अल्सर, ग्याष्ट्रिक, क्यान्सर रोगका बिरामीलाई फाइदा हुने गरेको लामिछानेले बताए । बिहान खाली पेटमा खाँदा शरीरमा प्राकृतिक ऊर्जा प्रदान गर्नुका साथै शरीरमा प्रोटिनको मात्रा बढाउन सकिने विश्वास छ । उत्पादन केन्द्रमा अहिले जुस पिउन आउनेको बिहान भीडभाड हुने गरेको छ । रासस