नबिल बैंकद्धारा आयोजित रक्तदान कार्यक्रममा २०४ जनाले गरे रक्तदान
काठमाडौं । नबिल बैंकले आफ्नो ३४औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले गत शनिबार आफ्नो प्रधान कार्यालय, हेटौँडा तथा महेन्द्रनगर शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा २०४ जना बैकंका कर्मचारीहरुका सँथै ग्रँहकहरुबाट समेत रक्तदान गरिएको थियो । रक्तदाताहरुलाई नबिल बैंकबाट सामाजिक कार्यक्रममा उत्कृष्ट योगदान गरेकोमा धन्यवादका साथै कदर पत्र प्रदान गरिएको थियो । नेपाल रेड क्रस सोसाईटी सघंले देशमा रहेको विद्ममान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंकको उक्त योगदानको प्रशंसा गरेको छ ।
स्रष्टाहरुले चन्द्रागिरिबाट उचाले समृद्धिका स्वर, ओलीले सुनाए यस्ताे कविता
काठमाडौं । ३१–२०५ औँ भानु जयन्तीको अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा आयोजित हिम्वत् खण्ड कला साहित्य सम्मेलन २०७५ समापन भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडको बहुउद्देश्यीय हलमा आयोजित एक विशेष कार्यक्रममा सातै प्रदेश एवम् विदेशबाट प्रतिनिधित्व गर्दै आएका स्रष्टाहरुले कविता मार्फत समृद्धिका स्वर उचालेका थिए । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले दश हरफको सुन्दर कविता चन्द्रागिरि पर्वतमा अवस्थित भालेश्वर महादेवको मन्दिर परिसरमा सिर्जना गरि कार्यक्रममा बाचन गरेका थिए । कार्यक्रमलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मीक, राजनितिक एवम् ऐतिहासिक महत्व बोकेको यस एकिकृत पर्यटकिय गन्तव्य चन्द्रागिरि पर्वतबाट स्रष्टाहरुले उचालेको समृद्धिको स्वरमा आफ्नो ऐक्यवद्धता जनाएका छन् । उनले नेपालमा औषधिय गुण बोकेकाअ पार जडिबुटी र असंख्य जैविक विविधता विद्यमान रहेकाले समृद्धि सम्भव रहेको कुरा समेत उल्लेख गरेका छन् । उक्त कार्यक्रममा हिमवत् खण्ड अन्र्तगतका २४ राष्ट्रका स्रष्टाहरुको सहभागी रहेको थियो ।
सानिमा बैंकद्धारा ‘टिच फर नेपाल’ लाई १० लाख रुपैयाँ आर्थिक सहयोग
काठमाडौं । सानिमा बैंकले टिच फर नेपाललाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थालाई बैंककोे कोन्ज्योसोम शाखा उद्घाटन कार्यक्रममा उक्त चेक हस्तान्तरण गरिएको हो । सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताका(भिजन) साथ टिच फर नेपाल विगत ५ वर्ष देखि यस क्षेत्रमा कार्यरत छ । यस बैंकले विगत ५ बर्ष देखिनै सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ । हालसम्म १८९ विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्न छात्रवृत्ति प्रदान गरिसकेको छ । शिक्षा नै राष्ट्र निर्माणको मुल आधार हो भन्ने कुरालाई बैंकले मनन् गरि उक्त छात्रवृत्तिलाई निरन्तरता दिँदै आएको छ । सानिमा बैंकका सात वटै प्रदेशमा हाल ६६ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा एटिएम रहेका छन् । साथै, आषाढ मसान्त सम्ममा ७४ वटा शाखा हुनेछन् ।