सिटिजन्स बैंकद्धारा मालिका बालविद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कंचनपुरको मालिका बालविद्यालयका आर्थिक सहयोग गरेको छ । बैंकले यस बालविद्यालयका प्रिन्सिपल देवचन्द्र उपाध्यायलाई ५१ हजार ६ सय ५० रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । उक्त रकमबाट विद्यालयको कक्षा ६ मा अध्ययनरत दिनेश पन्तलाई २६ हजार २ सय रुपैयाँ तथा कक्षा ५ मा अध्ययनरत महेन्द्र रानालाई २५ हजार ४ सय ५० रुपैयाँको छात्रवृति प्रदान गरिने कुरा विद्यालयका प्रिन्सिपल देवचन्द्र उपाध्यायले बताए । बैंकका महेन्द्रनगरका शाखाप्रबन्धक, नरेन्द्र चन्दले बैंकले प्रदान गरेको छात्रवृतिले मेहनती, जेहन्दार तथा आर्थिक रूपले कमजोर रहेका विद्यार्थीलाई सहयोग पुग्ने विश्वास बताएका छन् । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने जानकारी दिएको छ ।

लायन्स क्लवद्धारा मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लव अफ काठमाडौं ग्लोबल टाउनले तारकेश्वर नगरपालिका ६ नं वडा धर्मस्थली पैयाटार स्थित बंगलामुखी मन्दिर परिसरमा वृक्षारोपण गरेको छ । ‘वातावरण संरक्षणका निम्ति रुख रोपौ’ भन्ने अभियान अनुसार वृक्षारोपण गरिएको क्लवका सचिव बैकुण्ठप्रसाद रिमालले जानकारी दिए। रिमालका अनुसार कार्यक्रममा रुद्राक्ष, धुपी, समी, रिट्ठा, कल्की, शिरीष लगायतका विभिन्न जातका विरुवाहरु रोपिएको थियो। वातावरण संरक्षण विश्वमै एक चुनौतीको रुपमा खडा भएकोले लायन्स क्लवले विश्व भरिनै वृक्षरोपण गर्ने अभियान संचालन गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताए। श्रेष्ठले रोपिएको बिरुवाहरु संरक्षण गर्न नियमित रेखदेख गरि हुर्काउन सके मात्रै वृक्षारोपणले सार्थकता पाउने बताएका छन् ।

किरणामान जाेशीले भने ‘राजेश हमाल मेरो साथी हो, तँलाई सिध्याईदिन्छु’

काठमाडौं । सामाजिक बेथितिबारे लेखिएको समाचारलाई लिएर किरणमान जोशीले विकासन्युजका प्रधानसम्पादक रामकृष्ण पौडेलको ज्यान लिने धम्की दिएका छन् । जोशीले अष्ट्रेलियाबाट ६१४११७४८८१० नम्बर प्रयोग गरी फाेनबाट ज्यान लिने धम्की दिएका हुन् । ‘तैलै मलाई चिनेको रहेनछस् । विश्वको २०० देशको कुनै पनि ठाउँमा बस्ने मान्छेलाई सिध्याउन सक्छु ।’ ‘म नेपालमा पनि बस्छु । म अमेरिका पनि बस्छु, अष्ट्रेलिया पनि बस्छु । म विश्वको धेरै देश घुमिरहेको हुन्छु । मेरो बारेमा समाचार लेख्दा मेरो हैसियत र क्षमताको बारेमा जानकारी राखेस्’ उनले भने । ‘नेपालको सबैभन्दा नाम चलेको कलाकार राजेश हमाल मेरो साथी हो । म पनि कलाकार हुँ । बीबीसीले मेरो अन्तरवार्ता लिएको छ । कलाकार, पत्रकार सबैले मलाई चिन्छन्, प्रहरी र सेनामा पनि मेरा साथीहरु छन्’ उनले फिल्मीशैलीमा आफ्नो रवाफ देखाए । आफू काठमाडौंको रैथाने भएकोले चाहेको अवस्थामा राजधानी बाहिरबाट आएर काठमाडौंमा बसोबास गर्ने जो कोहीको विल्लिबाठ गर्ने क्षमता आफूसँग भएको उनले बताए । ८ मिनेट ९ सेकेण्डसम्म एकतर्फी रुपमा बोलेका जोशीले प्रधानसम्पादकलाई पटक पटक सिध्याई दिने धम्की दिएका छन् । नेपालमा विवाहपछि श्रीमानको सम्पूर्ण सम्पत्तिमा श्रीमतीको आधा हक लाग्ने कानुनी व्यवस्था छ । यसैलाई आधार मानेर केही महिलाहरु धनी केटासँग विवाह गर्ने, केही समयपछि सम्बन्ध विच्छेद गरी केटाको आधा सम्पत्ति लिने, फेरि अर्को केटासँग विवाह गर्ने विकृति मौलाएको छ । त्यस्तै आर्थिक रुपमा कंगाल भएका केटाहरु पनि सम्पत्तिवालकी छोरीलाई प्रेममा फसाउने, विवाह गर्ने, प्रशस्त दाइजो लिने, विवाहपछि विभिन्न वहानामा ससुरालीको सम्पत्ति धुत्ने, अन्तिममा डिभोर्स गरेर महिलाको विचल्ली बनाउने विकृति बढेको छ । यस्तै विकृतिको प्रतिनिधि मुलक घट्ना समेटिएको  ‘बुहारी भगाएर गुरु न्यौपानेको सम्पत्ति हत्याउने प्रयास, डिभोर्ससँगै आधा सम्पत्ति मागिन् पुजाले’ शिर्षकमा समाचार विकासन्युजमा प्रकाशित भएको थियो । ‘मेरो र पुजा दाहालबीचको सम्बन्ध हाम्रो निजी मामिला हो, यस्तो विषयमा समाचार बनाउँदा मलाई सोधिएन’ जोशीले असन्तुष्टि जनाए । उक्त समाचारका सम्बन्धित पात्रहरु पुजा दाहाल, शतिस न्यौपाने, बरिष्ठ अधिबक्ता सुरेन्द्र भण्डारीको भनाई उल्लेख गरिएको छ । तर अष्ट्रेलिया बस्ने जोशीसँग सम्पर्क जोड्न सकिएको थिएन ।