बार्सिलाेनाको २९४ मिलियन युरोको खेलाडी बेन्चमै, बन्यो यस्तो रेकर्ड
काठमाडौं । स्पेनिस पावर हाउस बार्सिलोनाले आइतबार एलभेससँग भएको खेलमा एक रेर्कड बनाएको छ । क्लब इतिहासमै बार्सिलोनाका मुख्य प्रशिक्षक इर्नेस्टो भाल्डभारेले २९४ मिलियन युरो बराबरको खेलाडीलाई बेन्चमा राखेर ११ खेलाडी मैदान उतारेका हुन् । बार्सिलोनाको इतिहासमा यो पहिलो पटक भएको हो । भाल्डभारेले १५५ मिलियनका फिलिपे कौटिन्हो, ४१ मिलियनका मक्लम, ३५ मिलियनका क्लिमेन्ट, ३१ मिलियनका आर्थर, १९ मिलियनका अटुरो भिडाल र १३ मिलियनका जासेफ सेलिसन लगायतका खेलाडीलाई बेन्चमै राखेर ११ जना खेलाडी छनोट गरेका हुन् । विगतका वर्षसम्ममा बार्सिलोनाले १३१ मिलियन युरो बराबरको खेलाडी बेन्चमा राख्ने गरेको थियो । हालसम्म युराेपका कुनै पनि क्लबले यति धेरै रकमका खेलाडीलाई बेन्चमा नराखेको स्पेनिस अनलाईन मार्काले जनाएको छ । नेइमार जुनियरले बार्सिलोना छोडेपछि आक्रामक रुपमा खेलाडी किनिरहेको छ । मिडफिल्डलाई अझै बलियो बनाउन बार्साले म्यान्चेस्टर युनाइटेडका पाउल पोग्बालाई किन्ने तयारी समेत गरिरहेको छ । आइतबारको खेलमा एलभेसलाई ३-० ले हराएपनि भाल्डभारेले टोलीले उत्कृष्ट खेल खेल्न नसकेको टिप्पणी गरका छन् । उनले बार्सिलोनाको ४-४-२ खेल शैलिलाई परिवर्तन गर्दै ४-३-३ को शैलिमा खेल खेलाइरहेका छन् ।
अमेरिकामा एसियाका १६ भन्दा बढी राष्ट्र सम्मिलित ग्लोबल इकोनोमिक फाउण्डेसन गठन
वासिड.टन डिसी । अमेरिकाको राजधानी वासिड.टन डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने एसियन समुदायबीच समाजिक र सास्कृतिक एकिकरणको प्रयास सुरु भएको छ । एसियनहरुको सास्कृतिक सो आयोजना गर्दै ग्लोबल इकोनोमिक फाउण्डेसनले उक्त जानकारी दिएको हो । एसियाका १६ भन्दा बढी राष्ट्रका समुदायबीच आप्रवासन, शिक्षा, संस्कृति आदि विषयमा सहकार्य गर्न ग्लोबल इकोनोमिक फाउण्डेसन गठन भएको छ, संस्थाका अध्यक्ष इन्दिरा कुमारले भनिन, सास्कृतिक सहकार्यसगै आप्रवासीका साझामा मुद्दामा अगाडि बढने छौ । एसियन आप्रवासीबीच कैयन साझा मुद्दा भएपनि संगठिन हुन नसक्दा अमेरिकी सपना पुरा गर्न कठिनाई भएकोले फाउण्डेसन गठन गरिएको उनले बताइन् । एसियाका पाँच राष्ट्र नेपाल, भारत, थाईल्याण्ड, जापान, कोरियाको सास्कृति प्रस्तुत गरिएको उक्त कार्यक्रमलाई अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्कीले शुभकामना दिएका थिए । एसियन आप्रवासीको उत्थान र विकासका सर्मपित हुने संस्थाको अठोट सह्रानिय छ । यो नौलो प्रयास सार्थक बनोस, कार्कीले भने । आफूले अमेरिकामा भएका विभिन्न कार्यक्रम मध्ये यो नौलो एवं नयाँ सोचको भएको बताए । कार्यक्रममा एसियाका नेपाल, भारत, थाईल्याण्ड, जापान, कोरिया, श्रीलंका, पाकिस्तान, बंगलादेश, मंगोलिया, फिलिपिन्स लगायतका १६ राष्टर्को सहभागिता थियो ।
ओम बैकले कास्कीको विद्यालयलाई दियो कम्प्युटर
काठमाडौं । ओम डेभलपमेन्ट बैंकले कास्कीको भुम्दी स्थित ओखलेडाँडा भुम्दीकोट माध्यमिक विद्यालयलाई डेक्सटप कम्प्युटर प्रदान गरेको छ । उक्त कम्प्युटर बैंकका बिरौटा शाखाका शाखा प्रबन्धक बिजय ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन डिलकाजी गुरुङ र प्रधानाध्यापक मधुप्रसाद बराललाई हस्तान्तरण गरेका हुन् । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई यसैगरी विभिन्न आर्थिक तथा भौतिक सहयोगहरु गर्दै आईरहेको बैकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए । सोही अन्तर्गत बैंकले कुल १६५ जना विधार्थी अध्ययनरत उक्त विद्यालयलाई पनि उक्त सहयोग गरेको हो ।