बाल गायक कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा’ सार्वजनिक

काठमाडौँ । बाल गायक कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा’ सार्वजनिक भएको छ । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालमा चर्चामा रहेका बाल गायक विक्रम कार्कीले नयाँ गीत ‘गल्तिबाट धेरै कुरा सिक्नु पर्दो रहेछ’ बजारमा ल्याएका छन् । राजेन्द्र लामा युटुबबाट बुधबार कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा सिक्नु पर्दो रहेछ’ सार्वजनिक गरिएको हो । गीतमा बाल गायक कार्की र शान्तिराम राईको आवाज रहेको छ भने संगीत शान्तिराम राई, शब्द मुकुन्दराज शर्माको रहेको छ । हेर्नुहोस् भिडियो :

हावाहुरी पीडितलाई सिएस क्लबको सहयोग

काठमाडौ । सिएस क्लब आरआर कलेज शाखाले बारा र पर्सा जिल्लाका हावाहुरी पिडितलाई सहयोग गरेको छ । क्लबले राजधानीमा संकलन गरेको रकम ती जिल्लामा पठाएको हो । क्लबले १८ हजार ८ सय रुपैयाँ संकलन गरी पठाएको जनाएको छ । संकलित रकम काठमाडौका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य मार्फत पीडितलाई हस्तान्तरण गरिएको क्लबका केन्द्रीय उपाध्यक्ष अशोक थापाले बताए ।

हावाहुरी पीडितलाई राष्ट्रिय बीमा कम्पनीको १ लाख सहयोग, कर्मचारीले गरे राहत वितरण

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीले बारा र पर्साका हावाहुरी पीडितलाई राहत वितरण गरेको छ । हावाहुरी पीडितका लागि प्रदेश २ सरकारको खाता राहत खातामा एक लाख रुपैयाँ जम्मा गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले बताए । यसैबीच, कम्पनीका कर्मचारीहरुले आफ्नो २ दिनको तलब बराबरको रकमबाट पीडितलाई खाद्य तथा अन्य आवश्यक राहत सामाग्री खरिद गरी वितरण गरेका छन् । हावाहुरी पीडित ५० घर परिवारलाई गत २२ गते प्रतिपरिवार २५ केजी चामल, ५ केजी दाल, ५ केजी च्यूरा र २ केजी नूनका दरले राहत सामाग्री वितरण गरिएको कम्पनीका बजार विज्ञ सुकल्याण पराजुलीले जानकारी दिए ।