लुम्बिनी इन्स्योरेन्स आमन्त्रित गल्फ प्रतियोगिता सम्पन्न

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्सको आयोजनामा बैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा दुईदिने आमन्त्रित गल्फ प्रतियोगिता सम्पन्न भएको छ । युवा र प्रौढ गरी दुई समूहमा विभाजन गरिएको उक्त टुर्नामेन्ट २०१९ मा ९७ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १२ जना साना र ८५ जना सिनियर खेलाडीहरु रहेका थिए । खेलकुद मार्फत पनि आफ्नो गुडविललाई बजारमा लैजान सकिन्छ र खेलको विकासमा सानै भएपनि यस किसिमको सहयोग खेलाडी एवं क्लबलाई गर्न पाएकोमा आफुहरु खुशी भएको लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मुलले बताए । सो आमन्त्रित गल्फ प्रतियोगिताको उपाधि फिन्टसो लामाले हात पारेका थिए । । विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मुल र कम्पनीका सिइओ नुरप्रकाश प्रधानले अर्वाड हस्तान्तरण गरेका थिए । वि.सं. २०६१ सालमा स्थापित लुम्बिनी जनरल इन्स्योरेन्सले फेयर अण्डरराइटिङ, स्मार्ट क्लेम सर्भिस र क्वालिटी म्यानेजमेन्टमा आइएसओ मान्यता प्राप्त गर्न सफल भएको छ ।

बस बिसौनी बनाउन सिटिजन्स बैंकले गर्यो सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आवास क्षेत्रमा बस बिसौनी निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेको छ । शुक्रबार एक कार्यक्रमबीच यस बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा समितिका अध्यक्ष विवेक कार्कीले संयुक्त रूपमा उक्त बस बिसौनीको उद्घाटन गरेका हुन् । उक्त क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सहज हुने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले स्थापनाकाल देखिनै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी गराए । समितिका अध्यक्ष कार्कीले बैंकले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै बैंकको आर्थिक सहयोगमा निर्माण हुने बस बिसौनीबाट उक्त क्षेत्रका स्थानीयवासी लाभान्वित हुने विश्वास व्यक्त गरे ।

तेक्वान्दो खेलाडीलाई सिटी एक्सप्रेसको सहयोग, सबै खेलाडीलाई ट्रयाक सुट बितरण

काठमाडौँ । तेक्वान्दो खेलाडीहरुलाई सिटी एक्सप्रेसले ट्रयाक सुट प्रदान गरेको छ । जापानको ओसाकामा हुन गइरहेको १७औं वाताओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिपमा नेपाल तेक्वान्दो संघको तर्फबाट भागलिन नेपालबाट सहभागी तेक्वान्दो खेलाडीहरुलाई सिटी एक्सप्रेसको तर्फबाट सफलताको शुभकामना दिदैं सम्पुर्ण खेलाडीहरुलाई ट्रयाक सुट उपलब्ध गराइएको हो । उक्त वाताओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिप,जापानको ओशाकामायहि अप्रिल २० तारिक देखि सुरु हुँदैछ । विश्वका विभिन्न मुलुकबाट सहभागिता जनाइने यस च्याम्पियनशिपमा नेपालले पनि भाग लिन लागेको हो ।