‘छ माया छपक्कै’को औपचारिक घोषणा, दशैंमा प्रदर्शन हुने

काठमाडौं । दिपकराज र दिपाश्रीको चलचित्र ‘छ माया छपक्कै’ को औपचारिक घोषणा भएको छ । दुईवटा फिल्मको निर्देशक बनिसकेका दिपेन्द्र लामाले सो फिल्मको निर्देशन गर्ने भएका छन् । चलचित्रको सहनिर्देशन दिपाश्री निरौलाले गर्ने पत्रकार सम्मेलन गर्दै निर्माण समुहले जनाएका हुन् । आमा सरस्वती मुजिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतिमा निर्माण हुन लागेको सो चलचित्रको निर्माता रोहित अधिकारी रहेका छन् भने सह निर्माताका रुपमा केदार घिमिरे र जितु नेपाल रहेका छन् । ‘छ एकान छ’बाट चलचित्र निर्माणमा लागेको यो समुहले नयाँ समुहसँगको पहिलो सहकार्यका उक्त समुहले विना लगानी ५० प्रतिशत मुनाफा लिने सर्तमा यो चलचित्रमा काम गर्न लागेको हो । बैशाखको अन्तिम सातादेखि छायाकंन रहेको फिल्ममा अभिनेत्री केकी अधिकारीको र दिपकराज जोडीको रुपमा रहेका छन्र । चलचित्रको छायाकंन हरि हुमागाई, नृत्य कविराज गहतराज, पटकथा दीपकराज गिरी रहेको सो चलचित्रमा संगीत दिपक शर्माको रहेको छ भने त्यस्तै सह–निर्मातामा सुमन गिरी ‘भान्जा’ ताराचन्द्र बजगाई ‘निशान’, दिपेन्द्र खनिया, केशव न्यौपाने, सुरज बम ठकुरी, रविन डाँगी रहेका छन् ।

नबिल बैंक र पीडीसीएनबीच सम्झौता, बास्केट बल लिगको बैंकिङ साझेदार बन्यो

काठमाडौँ । नबिल बैंक र पीडीसीएनबीच भएको सम्झौता भएको छ । सम्झौतासँगै बास्केट बल खेलमा युवाहरुको सकृयता प्रबर्धन गर्नको लागि नबिल बैंक नेपाल बास्केट बल लिगको बैंकिङ साझेदार बनेको छ । सोमबार काठमाडौंको महाराजगन्ज स्थित नेपाल पुलिसको प्रशिक्षणालयमा आयोजित एक कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका कप्तानसदिना श्रेष्ठ रसधिश प्रधानको उपस्थितिमा नबिल बैंकका प्रमुख कार्यकारी अधिक्रित अनिलकेशरी शाह र पीडीसीएनका अध्यक्ष अरुण कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल बास्केटबल लिग बैशाख १५, २०७६ बाट शुरु भएर साउन ६, २०७६ मा समापन हुनेछ । पीडीसीएनका अध्यक्ष कार्कीका अनुसार यो प्रतियोगिता ५५ दिनसम्म चल्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने बिजयी टोलीले क्रमशः रु २ लाख रु १ लाख र रु ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

सिटिजन लाइफद्वारा मृत्यु दाबी भुक्तानी बापतको १८ लाख प्रदान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी बापत रु १८ लाख बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीले दुबईमा बसोबास गर्दै आएका गोकर्ण खत्रीको असामयिक निधन भएको कारण उनकी श्रीमतीलाई उक्त रकम भुक्तानी गरेको हो । घातक रोग अन्तर्गतको ब्रेनट्युमर भए पश्चात मृतक स्वयमलाई कम्पनीले उपचारको लागि रु५लाख प्रदान गरेको थियो ।उपचारको क्रममा निजको मृत्यु भएपछि कम्पनीले मृतकका श्रीमती जानकि दांगीलाई रु १३लाख प्रदान गरेको छ।दुबईमा घातक रोगको उपचार गराउँदै आएका खत्री थप उपचारको लागि नेपाल आएका थिए । अपरेशन कै क्रममा मृत्यु भएको खत्रीको परिवारलाई कम्पनीले मृत्यु पश्चात दाबी भुक्तानी स्वरुप रु.१३ लाख र यस अघि उपचारको लागि रु ५लाख गरी कुल १८ लाख हस्तान्तरण गरेको थियो । सिटिजन लाइफको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौड्यालले जानकी दांगीलाई सो चेक प्रदान गरेका थिए ।