कलङ्कीमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू, जथाभावी यात्रु चढाउन र ओराल्न नपाइने
काठमाडौँ । कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो । ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनले छुट्टाछुट्टै स्थानमा यात्रु चढाउने र ओराल्नुपर्ने भएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त र दुरुस्त बनाउनका लागि उक्त व्यवस्था लागू गरिएको जानकारी दिए । “पिक एण्ड ड्रप व्यवस्था लागूसँगै कलङ्की क्षेत्रमा हुने सवारी जाम कम हुने विश्वास हामीले लिएका छौँ,”–उनले भने । महाशाखाले यसअघि रत्नपार्क, पुरानो बसपार्क, आरएनएसी, जमल, लैनचौर, कोटेश्वरलगायत अत्याधिक सवारी चाप हुने क्षेत्रमा सो व्यवस्था लागू गरेको थियो । महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि तीन महीने कार्ययोजना बनाएर कामसमेत शुरु गरिसकेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा चैत २१ देखि शुरु भएको तीन महीने कार्ययोजनाअन्तर्गत उपत्यकाका करिडोर, जेब्राक्रसिङ र आकाशे पुल निर्माण गर्नाका साथै सवारी साधनको प्रदूषण जाँचलगायत काम ट्राफिक प्रहरीले गर्दै आएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । रासस कलंकीमा अब गाडी रोक्न पाइदैन, कुन रुटका गाडी कहाँ रोक्ने ? (सूची सहित)
‘वाईवाई ग्लोकल टिन हिरो’को पाँचौ संस्करणका लागि आवेदन खुला, १८ वर्ष मुनिकाले भर्न पाउने
काठमाडौं । ‘वाईवाई ग्लोकल टिन हिरो’को पाँचौ संस्करणका लागि आवेदनको आह्वान गरिएको छ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउन यस कार्यक्रमको आयोजना गरिएको हो । यस मन्चमार्फत किशोर÷किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर/किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्नेछ । समर्पित र रचनात्मक किशोर/किशोरीहरुको पहिचान गरी सुरुवातको लागि हौसला प्रदान गर्ने देशको पहिलो कार्यक्रमको यो पाँचौ वर्ष हो । यस कार्यक्रम १३ देखी १८ वर्ष मुनिकाले भाग लिन पाउने छन् । यस वर्ष देशको विभिन्न ठाउँबाट किशोर किशोरीहरुलाई यस कार्यक्रममा सहभागी गराउने उद्देश्यले काठमाडौं उपत्यका लगायत धनगडी, महेन्द्रनगर, नेपालगञ्ज, बाग्लुंग, बुटवल, हेटौँडा भैरहवा, जनकपुर, झापा, बिराटनगर, लहान र पोखरा गरी विभिन्न ४० सहरहरुमा ग्लोकल समूह लगाएत गत वर्षका टिन हिरो जाने भएको छ । ‘हामी नेपालको ७०० वटा स्कूलहरुमा पुग्ने छौ र ८ देखि १२ कक्षाका ८०००० विद्यार्थीहरुलाई मौका र मन्च प्रदान गर्ने छ’ ग्लोकल प्रा.ली. कार्यक्रारी आशिष ठाकुरले बताए । पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्क्षाको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिनेछ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०१९ को बिजेता घोषणा गरिनेछ । ग्लोकल टिन हिरोको बिगत तिन वर्षमा हामीले राम्रो सोच र क्षमता भएका सहभागीहरु पाएका थियौ । किशोर÷किशोरीहरुसँग पनि विभिन्न क्षमता छ । उनीहरु समाज र राष्ट्रको विकासका लागि प्रभाव पार्ने विभिन्न कार्यक्रमहरु गर्दै आएका छन, तर उनीहरुको क्षमता प्रदर्शन गर्न कुनै मन्चन नभएको कारण उनीहरुलाई आफ्नो र देशको विकास गर्न एक मौका र मन्च प्रदान गर्ने उदेश्यले यस कार्यक्रम सन्चालन गर्दै आएको हो ।’ ग्लोकल प्रा.ली.का कार्यकारी निर्देशक आशिष ठाकुरले बताए । ग्लोकल टिन हिरो २०१९ को पुरस्कार समारोह सेप्तेम्बेर १,२०१९ मा राजनीतिज्ञ, फिल्म कलाकार, उद्यमशील व्यक्तित्व, युवा नेताहरु गरी नेपालका २५०ं प्रख्यात व्यक्तित्वहरुको उपस्थितिमा हुन लागेको हो । यस वर्ष ग्लोकल टिन हिरोको आवेदन ४ मे,२०१९ बाट खुल्ने छ र अनलाइन आवेदन निशुल्क भर्न सकिन्छ । यो सम्मेलन किशोरकिशोरीहरुको आफ्नो हितको प्रमाणित मुद्दा, राष्ट्रिय विकासका बाधा र जनेरेस्नल बाधाहरु बुझ्न अधिकारिक रुपमा छलफल गर्न अवसर हो । यस सम्मेलनले विभिन्न राष्ट्र जस्तै भारत, बंगलादेश, नेपाल, जमैका, मलावी, भिएतनाम, घानाआदिका किशोर किशोरीहरुको विचार, अनुभव, भोगाईहरुलाई प्यानल छलफलमार्फत प्रदर्शन गरिनेछ ।
नेपाली सिने क्षेत्रमा आफ्नो भबिष्य कोर्दै इण्डियन मोडल गीता बर्मा
काठमाडौं । इण्डियाको सिमला स्थायी बासिन्दा भएकी मोडल गीता बर्मा अहिले काठमाडौं कर्मथलो बनाउदै मोडलिङमा आफ्नो भबिष्य खोज्दै छिन् । धेरै नेपालीहरु कलाकारिता तथा मोडलिङको लागि बलिउड धाउदै गरेको समयमा गीता बर्मा भने नेपालमा मोडलिङ तथा कलाकारिता गर्नको लागि अहिले नेपालमा मेहनत र परिश्रम गर्दै आएकी छिन् । भक्तपुरको सिर्जनानगरमा आफ्नो दाजु भाउजुसंग बस्दै नृत्य तथा अभिनयको ट्रेनीङ समेत लिदै आएकी उनले २ वटा नेपाली म्युजिक भिडियो र केहि सर्ट मुभीमा समेत अभिनय गरिसकेकी छिन । इन्डियामा समेत आफ्नो कलाकारिता प्रस्तुत गर्दै केहि म्युजिक भिडियोमा कुशल अभिनय गरिसकेकी गीता भविष्यमा चर्चित नायिका बन्ने सोच लिएर अगाडि बढिरहेकी छिन । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ ित्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल हुन गीता बर्मा अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन । अभिनय तथा नृत्यमा पोख्त मोडल गीता बर्मा सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो िउनि मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन । मोडेल गीता भन्छिन यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको उनको भनाई रहेको छ । सानै उमेर देखि नेपाली मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने गीता अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत गीताले भनिन्, नेपाली चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउने जानकारी दिएकी छन् ।