डिसहोमको सहकार्यमा बैशाख २८ गते रेस्लिङ च्याम्पियनसिप हुने

काठमाडौँ । रिङ रेस्लिङ संघले डिस होमको सहकार्यमा बैशाख २८ गते एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित कर्भडहलमा हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागी हुने जनाइएको छ । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एमकेडब्लु चीनको समन्वयमा हुन लागेको प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागिता रहेको छ । नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर, ठाकु, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी अमेरिकाबाट एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग साम, चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा प्रतिस्पर्धा गर्ने छन् । हङकङका के सी, चियरम्यान एएल, मिचेल र न्यूजिल्यान्डका टोमी कम्ब्याट भिड्दैछन् । रेफ्रीमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश थयोखड्का रहेका छन् । प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने छ । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् । प्रतियोगिताको मिडिया पार्टन डिस मिडिया नेटवर्क लिमिटेडले एक्सन स्पोर्टसबाट प्रसारण गर्ने कार्यक्रम रहेको छ । संघले यस अघि पनि महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गरेको थियो । काठमाडौंमा २०७३ साल बैशाख ०४ गते पहिलो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप गरेको थियो भने पोखरामा २०७३ साल फागुन १८-२१ मा नेपाल भारत मैत्रिपूर्ण प्रतियोगिता र २०७४ साल कात्तिक २५ गते दोश्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप काठमाडाँै र ईटहरीमा सम्पन्न गरिसकेका छ । २०७४ फागुनमा आरडब्लु संग्राम आयोजना भएको थियो ।

१२५७ बालबालिका सम्पर्कविहीन, प्रहरी भन्छ-खोज्दैछौँ, तर कहाँ छन् ?

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म २४ सय ८१ जना बालबालिका हराएका छन् । सोही अवधिमा ३६८ बालबालिका वेवारिस अवस्था फेला परेको बालबालिका खोजतलास समन्वय केन्द्रले जनाएको छ । देशभरीबाट हराएका २४८१ जना बालबालिका मध्ये बालक ७७९ जना रहेका छन् भने बालिका १७०२ जना छन् । हराएका मध्ये १२२४ जना फेला परेका छन् भने बाँकी १२५७ जनाको खोजतलास जारी छ । केन्द्रका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा कम संख्या १६६ जना बालबालिकाहरु हराएका छन् भने सबै भन्दा बढी २८८ जना वेवारिस अवस्थामा फेला परेको बालबालिका खोजतलास समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए । प्रहरी निरीक्षक दाहालका अनुसार ३६८ जना वेवारिस बालबालिका फेला परेका छन्, जसमा बालिकाको संख्या १२९ जना रहेका छन् भने बालकको संख्या २३९ रहेको छ । जसमा २०१ जनाको पारिवारिक पुनर्मिलन गराइएको र १६३ जना संरक्षण गृह छन् । त्यस्तै ४ जना बालगृहबाट भागेका थिए । आर्थिक वर्ष २०७५÷०७६ को चैत मसान्तसम्म प्रदेशगत हिसाबमा हेर्दा प्रदेश नं. ३ मा हराए ५३३ जना मध्ये ३१९ जना फेला परेका छन् भने २१४ जनाको खोजतलास जारी छ । त्यस्तै प्रदेश नं १, २, ४, ५, ६, ७ मा क्रमश ४१२, ४१९, २५८, ४०७, २२४, २२८, जना हराएका छन्, जसमा क्रमशः १८४, १४२, २२१, १५९, १९६, ११५, १०९ फेला परेका छन् । काठमाडौंका वसन्तपुर र ठमेल सबैभन्दा बढी वेवारिस अवस्थामा बालबालिका भेटिने गरेका छन् । वेवारिस अवस्थामा भेटिने बालबालिका नसामा लठ्ठीएको अवस्थामा फेला पर्ने प्रहरी निरीक्षक दाहालले बताए । घरको आर्थिक अवस्था कमजोर भएका, अभिभावक गुमाएका र कोही भने साथीभाईको लहलहैमा लागेर घरबाट सम्पर्क विहीन हुने गरेको प्रहरीको भनाई छ ।

प्रकाश सपुतकाे नयाँ गीत सार्वजनिक, दिनमै एक लाख भ्यूज

काठमाडौँ । युवा गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको रमाइलो लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’ बजारमा आएको छ । प्रकाश सुपतको आफ्नै शब्द तथा लय रहेको गीतमा पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटिएका छन् । गीतमा प्रकाश र सुनिता स्वयमले अभिनय गरेका छन् । सार्वजनिक भएको २४ घण्टा नबित्दै एक लाख भन्दा बढी दर्शकले युट्युवमा यो गीत हेरिसकेका छन् । पहिलो दिन नै गीत भाइरल बनेपछि निर्माण टिम उत्साहित बनेको छ । ‘बोल माया….’, दोहोरी ब्याटलजस्ता दर्जनौं सिर्जनात्मक गीतबाट चर्चामा रहेका सपुतले यस गीतलाई पनि दर्शकहरुले अत्याधिक मन पराउने विश्वास लिएका छन् । यसैगरी, ‘पानको मिसी’, ‘क्यारम माया’लाई जस्ता दर्जन गीतबाट चर्चामा रहेकी गायिका अधिकारीले पनि दर्शकहरुको माया पाउने आशा गरेकी छिन् ।  भाका नेपाल र साइन मिडिया प्रालिको संयुक्त प्रस्तुति रहेको गीतमा प्रकाश भट्टले निर्देशकीय जादु देखाएका छन् । विष्णु शर्माको सम्पादन, राजेश घिमिरेको छायाँकन रहेको गीतमा अहिलेका चर्चित संगीतकार आशिष अविरलले संगीत संयोजन गरेका छन् । भिडियाे हेर्न तल  क्विलक  गर्नुहाेस् ।