गायिका इन्दिरा तिवारीको ‘हल्का हल्का गुनगुनायो…’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । गायिका इन्दिरा तिवारीको स्वरमा रहेको ‘हल्का हल्का गुनगुनायो…’ गीतको भिडियो सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको गीतको भिडियो प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । यो गीतमा युवराज चौलागाईंले स्वरमा साथ दिएका छन् इन्दिरालाई । महाराज थापाको सङ्गीत संयोजन रहेको गीतमा प्रकाश केसीले मिक्सिङ÷माष्टरिङ गरेका छन् । निशान कश्यपको निर्देशन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोमा श्रृष्टि खड्का र निराजन प्रधानलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ मुस्ताङ् र वरपरका सुन्दर दृष्य समेटिएको गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । भिडियोमा बुद्ध थापाको छायांकन र सुरेश काफ्लेको ड्रोन रहेको छ । हेर्नुहाेस भिडियाे

सांसद आचार्यद्वारा सामुदायिक भवनको शिलान्यास

काठमाडौं । रसुवाको कालिकामा आयोजित जेष्ठ नागरिक सामुदायिक भवनको शिलान्यास सासंद मोहन आचार्य गरेका छन् । आचार्यले जेष्ठ नागरिकहरूलाई राज्यले उचित सम्मान दिनुपर्ने उल्लेख गर्दै उनीहरुको अनुभव रसिपलाई व्यवहारमा उतार्न सके समाज लाभान्वित हुन सक्ने बताए । निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) मार्फत ५० लाख रूपैयाँको लागतमा सो भवन निर्माण गर्न लागिएको हो। भवन निर्माणका लागी यस वर्ष १५ लाख रूपैयाँ विनियोजन गरिएको छ,भने अर्को आर्थिक वर्षमा सो भवन निर्माणमा सम्पन्न गरिने छ । कार्यक्रम प्रदेस सभा सदस्य प्रेम तामाङर उत्तरगयाँ गाँउ पालिकाका प्रमुख उपेन्द्र लम्सालले सांसद आचार्यको पहलमा रसुवाले पूर्वाधार निर्माणले गति लिएको बताए । सांसद आचार्य कै पहलमा संवृद्ध रसुवा निर्माण अभियान अन्तर्गत जिल्लाका सबै क्षेत्रलाई सडक सन्जालमा जोड्ने काम भइरहेको उनीहरूले बताएका छन् ।

कर्पोरेट सुपर सिक्सेस् फागुन ३ गतेदेखि शुरु, मुख्य प्रायोजकमा माछापुच्छ्रे बैंक, विजेतालाई ३ लाख २० हजारको बाइक

काठमाडौं । कर्पोरेट सुपर सिक्सेस् ‘सिजन ६’ आगामी फागुन ३ गतेदेखि शुरु हुने भएको छ । एसएस इभेन्टसले आयोजना गर्न लागेको उक्त टुर्नामेन्टको मुख्य प्रायोजनमा माछापुच्छ्रे बैंक रहेको छ । कर्पोरेट हाउसहरुबीचको सम्बन्ध बलियो बनाउन आयोजना गरिएकाे उक्त टुर्नामेन्टको नाम ‘माछापुच्छ्रे बैंक, कर्पोरेट सुपर सिक्सेस् २०२० सिजन ६’ रहेको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फागुन ३ गतेदेखि फागुन ७ गतेसम्म(५ दिन)  हुने यस प्रतियोगितामा २३ वटा विभिन्न कर्पोरेट हाउसहरु सहभागी हुनेछन् । जसमा माछापुच्छ्रे बैंक, सेन्चुरी बैंक, सिभिल बैंक, एनआईसी एशिया बैंक, सनराइज बैंक, नबिल बैंक, नेपाल राष्ट्र बैंक, कुमारी बैंक, मेगा बैंक, ग्लोबल आईएमई बैंक, कामना सेवा विकास बैंक, प्राइम कमर्शियल बैंक, आईसीएफसी फाइनान्स, गोखार्ज फाइनान्स, एनसेल ए, एनसेल बी, नेपाल टेलिकम, सूर्य नेपाल, सिप्रदी, सुबिसु, भारतीय दूतावास(इण्डियन इम्बेसी), नेपाल लाईफ इन्स्योरेन्स र द काठमाडौं पोष्ट सहभागी हुनेछन् । २३ वटा टोलीहरु विभिन्न ८ वटा समूहमा विभाजित हुनेछन् । प्रत्येक टोली एक अर्कासँग आफ्नै समूहमा खेल्ने छन् र प्रत्येक समूहका शीर्ष २ टोली प्री क्वार्टर फाइनलको लागि योग्य हुनेछन् । यसैगरी ८ वटा टोली बाहिरिने छन् र क्वाटर फाइनल खेल्नेछन् । अन्तिममा ४ वटा टोलीहरू सेमीफाइनल खेल्नेछन् र त्यसैगरी अन्तिम २ टोलीले फाइनल खेल्नेछन् । कुन समूहमा कुन कुन टोली ? खेल ५ ओभरको हुने छ । प्रतियोगिताको विजेताले ट्रफी गिफ्ट ह्याम्पर सहित ३ लाख २० हजार मूल्यको यमाहाको एफ जेड बाइक पाउने आयोजक एसएस इभेन्टका प्रमुख कार्यकारी अधिकृत रमण शिवाकोटीले जानकारी गराएका छन् । साथै, अर्को वर्ष निःशुल्क प्रवेश पाउनेछ उनले बताए । उपविजेताले ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट फिल्डर, बेष्ट विकेट किपरले पनि ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन् । माछापुच्छ्रे बैंकका कप्तानलाई जर्सी प्रदान गर्दै बैंकका सीईओ शर्मा र एसएस इभेन्टसका सीईओ शिवाकोटी मूख्य प्रायोजकमा माछापुच्छ्रे बैंक रहेको यस प्रतियोगिताको सहप्रायोजकहरू जेभियर इन्टरनेशनल एकेडेमी, पायोनियर नेपाल र एसआर स्टील रहेका छन् । त्यस्तै, चिकित्सा साझेदारमा चिरायू हस्पिटल, हस्पिट्यालिटी पार्टनरमा आम्रपाली र अनमोल क्याटरिङ, तथा लीकोर पार्टनरमा जे८९ रहेको छन् । त्यसैगरी, बीमा पार्टनरमा नेको इन्स्योरेन्स, टेक्नोलोजी पार्टनरमा नेपाल टेलिकम र मिडिया पार्टनरमा काठमाडौं पोष्ट रहेको छ । अनलाइन पार्टनरमा विकेटनेपाल डट कम र साझा डेल्ली, रेडियो पार्टनरमा रेडियो सानवी, सहयोगी पार्टनरहरूमा भेला किचन रहेका छन् । बिहीबार कार्यक्रममा माछापुच्छ्रे बैंकका सीईओ सुमन शर्माले प्रतियोगितामा सहभागी हुने २३ वटै टोलीलाई जर्सी प्रदान गरेका छन् । त्यस्तै, क्रिकेट एशोसियसन अफ नेपाल टेक्निकल सर्पोटमा र फुट वेयर पार्टनरमा बीएफ डियर हिल सुज रहेका छन् । आयोजित कार्यक्रमको समर्थन सिभिल मल्ल, एसएम पिन्टु, आरजे खेलकुद, सेलिब्रेसन नेपालले गर्ने भएको आयोजकले जनाएको छ ।