विश्वभर फैलिएको कोरोना भाइरस विरुद्ध खोपको परीक्षण अमेरिकाबाट सुरु, गर्ला त काम ?
काठमाडौं । अमेरिकाले कोरोनाको भारइरस विरुद्धको खोपको परीक्षण अमेरिकाबाट सरु गरेको छ । अमेरिकाले कोरोनाभाइरसको खोप पहिलो पटक परीक्षण शुरु गरेको हो । यो खोप र परीक्षणमा रहेका अन्य खोपले काम गर्छ वा गर्दैन भनेर निश्चित हुन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् । एसोसिएटेड प्रेसका अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको हो । खोपमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तयार गरिएको हो । यो खोप पहिलोपटक सोमबार सियाटलकी ४३ वर्षीया महिलाले लिएकी थिइन् । विश्वभरका वैज्ञानिकहरु चाँडोभन्दा चाँडो कोरोनाभाइरसको खोप तयार गर्न लागि रहेका छन् ।
भक्तपुरका ३१ हजार ८७० बालबालिकालाई खोप लगाइँदै
भक्तपुर । भक्तपुरका नौ महिनादेखि पाँच वर्षसम्मका करिव ३१ हजार ८७० बालबालिकालाई दादुरा–रुवेला रोग विरुद्ध खोप लगाउन शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले सोमबारदेखि खोप अभियान शुरु भएको जानकारी दिए । जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसकेको छ । उनले भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक गरी चार नगरपालिकामा १९८ खोप केन्द्र, प्रत्येक वडामा कम्तीमा नौ खोप केन्द्र सञ्चालन भएका र खोप केन्द्रमा दुई जनाका दरले स्वयंसेविका परिचालित रहेका जानकारी दिए । स्वास्थ्य सेवा विभाग,बालस्वास्थ्यका अनुसार सरकारले पहिलो चरणमा गत फागुन महिनाभर प्रदेश नं १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई खोप अभियान सञ्चालन गरेको थियो । दोस्रो चरणमा सोमबारबाट शुरु भएको अभियानमा वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिइने भएको छ । पहिलो र दोस्रो चरणको खोप अभियानमा करिव ३० लाख बालबालिकालाई खोप दिइने लक्ष्य रहेको जनाइएको छ । दादुरा–रुवेला खोप अभियान सन् २००४ बाट शुरुआत गरिएको हो । हरेक चार–चार वर्षमा यो अभियान सञ्चालन हुँदै आएको छ । यो अभियान यसअघि सन् २००४, २००८, २०१२ र २०१६ सञ्चालन भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेअनुसार सरकारले सन् २०१९ मा नेपाललाई दादुरा–रुवेला निवारण देश बनाउने लक्ष्य लिएको थियो । तर लक्ष्य हासिल हुन नसकेपछि सन् २०२३ भित्रमा लक्ष्य पूरा गर्नका लागि अभियान सञ्चालन गरेको छ । अहिले ७३ प्रतिशत बालबालिकामा पूर्ण खोप पाएका छन् । पूर्ण खोपको लक्ष्य हासिल गर्न ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ । प्रत्येक १० लाख जनसङ्ख्यामा पाँच जनाभन्दा कम मानिसमा दादुरा देखियो भने निवारण भएको मानिन्छ । सो खोप अभियानका लागि करिब रु ३० करोड खर्च हुने अनुमान गरेको छ । ती मध्ये नेपाल सरकार को १० करोड र अन्तर्राष्ट्रिय संस्था गाभीले रु २० करोड रहेको बताइएको छ । रासस
सिटिजन्स बैंकद्वारा आसमानलाई आर्थिक सहयोग प्रदान
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आसमान नामक गैर सरकारी संस्थालाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले सोमबार एक कार्यक्रमकाबीच आसमानलाई उक्त रुपैयाँको चेक हस्तान्तरण हो । संस्थाले उक्त आर्थिक सहयोग पिछडिएका विद्यार्थीहरुको उत्थनमा प्रयोग गर्ने जनाएको छ । सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन “आसमान” ले करिव २९ वर्ष देखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू संचालन गर्दै आएको छ । यस प्रकारको सहयोगबाट महिला तथा बालबालिकाको सशक्तिकरण, सबलिकरण तथा चौतर्फी विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याँउदै आएको यस बैंकले निः स्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । आउँदा दिनहरूमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।