कोरोना विरुद्ध उद्योग परिसंघकाे सहयाेग जारी, भक्तपुरमा पनि खाद्यान्न समाग्री वितरण
काठमाडाैं । नेपाल उद्योग परिसंघ विभिन्न तहका सरकार मानवीय सहायताका संस्थाहरुसंग सहकार्य गर्दै कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न आवश्यक खाद्यान्न सामाग्री वितरणलाई जारी राखेको छ । विविध कारणले खाद्य सामाग्री अभाव भएकाहरुलाई परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री उपलब्ध गराउने प्रयास गरिरहेको छ । आज भक्तपुर स्थित ‘आफ्नो घर आश्रम नेपाल’ तथा ‘मावीय आस्था नेपाल’लाई परिसंघका अध्यक्ष सतिशकुमार मोरले खाद्यान्न समाग्री हस्तान्तरण गरेका छन् । यी संसथाहरुले सडक वालवालिका, विपन्न तथा खान नपुग्नेहरुलाई आश्रय दिने गरेका छन् । त्यस्तै स्थानीय निकाससंगको समन्वयमा मनोहरा आसपासका क्षेत्रमा बसोवास गर्ने विपन्न वर्गमा समेत खाद्यान्न वितरण गिरएको थियो । दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका प्यकेटहरु वनाई हस्तान्तरण तथा वितरण गरिएको हो । नेपालका सवै प्रदेश लगायत काठमाण्डौ, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने छन् । यस्तो विषम परिस्थितीमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्ता दिदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत आर्दिक आग्रह गर्दछ । यस्ता कारखाना तथा उद्योग संचालनमा सहजता ल्याउन त्यहाँ काम गर्ने मजदुर तथा कर्मचारीको आवागमनलाई समेत सहज गराउन परिसंघले अपिल गरेकाे छ ।
कामना सेवा विकास बैंकद्वारा विभिन्न ठाउँमा राहत वितरण, कहाँ कहाँ ?
काठमाडौं । कामना सेवा विकास बैंकले बुटवलमा आश्रित १३० जना सडक बालबालिका तथा असहाय व्यक्तिहरुलाई राहत वितरण गरेको छ । संस्थाले लकडाउनको परिस्थितिको कारण दैनिक खानपानमा समस्या भएका मानव सेवा आश्रम बुटवलमा आश्रित उक्त बालबालिका असहाय व्यक्तिहरुलाई राहत स्वरुप चामल, दाल, चिउरा, तेल लयागतका विभिन्न खाद्य सामग्रीहरु प्रदान गरेको हो । संस्थाका सञ्चालक भिम प्रसाद तुलाचन तथा बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा उक्त राहत सामग्री सेवा आश्रमका संयोजक सरु अधिकारी र सह संयोजक टीकामाया थापालाई हस्तान्तरण गरेका थिए । यसैगरी लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्ने परिवार तथा न्यून आय भएका व्यक्तिहरुलाई समेत जीविकोपार्जनको लागि निकै गाह्रो भएकोले उनीहरुलाई राहत प्रदान गर्नको लागि बुटवल उप-महानगरपालिका वडा नंं. ७ का अध्यक्ष कमल थापा मार्फत खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो । यसैगरी सुर्खेत जिल्ला वीरन्द्रनगर नगरपालिका वडा नंं. ७ लाई ६४ हजार रुपैयाँ बराबरका चामल, दाल, नुन, तेल लगायतका खाद्य साम्रगी हस्तान्तरण गरेको छ । बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि पीडित तथा विपन्न वर्गलाई राहत मिल्ने विश्वास बैंकले लिएको छ । यसैगरी बैंकले आजै कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नंं. १ गुगौली स्थित आगो लागिबाट पीडित २५ घर परिवारलाई राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ । यही चैत २१ गते भिषण आगो लागिबाट २५ घर जली नगद, लत्ता कपडा, भाँडाकु सहित सम्पूर्ण सामानहरु नष्ट भएका थिए । बैंकका बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले उक्त राहत सामग्री वितरण गरेका थिए । साथै, बैंकले भण्डारखाल तथा पशुपति क्षेत्र आसपासमा रहेका बाँदर तथा कुकुरहरुलाई स्याउ, केरा, चोकोपाई, बिस्कुट लगायतका फलफुल तथा खाद्य वस्तुहरु खुवाउने प्रवित्र कार्य गरेको छ । जयबागेश्वरी युवा क्लबको संयोजन र सहकार्यमा बैंकका नायव महाप्रन्धक हरी प्रसाद लम्साल लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा फलफुल तथा खाद्य सामाग्रीहरु वितरण गरिएको थियो । बैंकले लगातार ५ दिनसम्म यस ठाउँमा रहेका बाँदर तथा कुकुरहरुलाई खाना खुवाउने निर्णय गरेको छ । लकडाउनको यस विषम परिस्थितिमा मानिसहरुमा आश्रित यी जनावरहरु खानाको अभावमा छट्पटाइ रहेका थिए । यस कार्यको लागि बैंकका सम्पूर्ण कर्मचारीहरुले १ दिन बराबरको तलब योगदान गरेको संस्थाले जनाएको छ ।
लकडाउनमा साना व्यापारी: बिहानै कुद्छन्, दिनभरी सुत्छन्, साँझ पर्यो कि खट्छन्
काठमाडौं । काठमाडौं मैतिदेवीका शिशिर पुनलाई अहिले देश लकडाउन भएको महसुस भएको छैन । मैतीदेवी चोक नजिककोै भित्री गल्लीमा उनको सानो डेरी पसल छ । उनी बिहान बेलुका डेरी पसल खुला गर्छन् अर्थात डेरीमा भएको दुध दहि बिक्री गर्छन् । डेरी खुला गरेको समयमा त्यहाँ मासिनको भिड लाग्ने गर्छ । ‘पहिले धेरै पसलहरु खुला हुन्थे, व्यापार कम हुुन्थ्यो, अहिले यता नजिकै मैले मात्र पसल खुला गर्ने गरेको छु, पहिलेको भन्दा राम्रै व्यापार हुन्छ,’ पुनले भने । डेरीमा दुध दहि पहिलेको भन्दा अहिले धेरै बिक्री हुने गरेको उनको भनाइ छ । पहिले दिनभरी कमाएको भन्दा अहिले दुई घण्टामै बढी आम्दानी गरिरहेको उनले बताए । उनले बेलुका साढे पाँच बजेदेखि सात बजेसम्म डेरी खुला गर्ने गरको बताए । मुखमा माक्स, हातमा ग्लोभ्स लगाएर आफुलाई सुरक्षित बनाएका उनले कोरोना भाइरसबाट टाढा रहने तरिका र व्यापार पनि बन्द नगरी काम गरिरहेको बताए । पछिल्लो समय लकडाउनको कारण सामान बिक्रि भएन, उत्पादन गरेको सामान पनि त्यतिकै खेर फाल्नु पर्यो लगायतका व्यापारीहरुका भनाईसहितका समाचारहरु पनि विभिन्न सञ्चार माध्यममा आइरहेका छन् । तर, त्यसैमा पनि कसैलाई भने धेरै फाइदा भइरहेको व्यापारीहरु बताउँछन् । सरकारले देशलाई लक डाउन घोषणा गरेसँगै सबै सवारी साधानहरु ठप्प छन् । विभिन्न ठाउँ तथा क्षेत्रमा उत्पादन भएको सामान तथा दैनिक उपभोग्य सामान जस्तै, तरकारी, दुध दहिलगायतका सामानहरु ओसार पसार गर्न असहज भइरहेको छ । सरकारले अत्यावश्यकीय वस्तुको निर्वाध आपूर्ति तथा ढुवानी गर्ने व्यवस्था गर्ने भने पनि लकडाउनको प्रत्यक्ष प्रभाव भने सामान ओसार पसारमा परेको दृखिन्छ । विभिन्न क्षेत्र तथा ठाउँमा उतपादन भएका वस्तुहरु बजारसम्म ढुवानी गर्न समस्या भइरहेको व्यापारीहरु बताउँछन् । जसको प्रत्यक्ष असर उपभोक्तालाई परिरहेको छ । विभिन्न तरकारी तथा फलफुल लगायतका सामनहरु संकलन केन्द्रहरुसम्म सामान ढुवानी गर्ने व्यवस्था नहुँदा किसानले उत्पादन गरेको वस्तु नष्ट गर्नु रिेका समाचारहरु पनि आइरहेका छन् । यसले पनि दैनिक अत्यावश्यकीय वस्तु दूध, फलफूल, तरकारीलगायतले बजार पाएका छैनन् । तर, काठमाडौं नजिकैका किर्तिपुर, भक्तपुरमा उत्पादन भएका वस्तुहरुले पनि बजार पाइरहेका छन् । व्यापारीहरुले पहिलेको भन्दा महँगो मूल्यमा सामान बिक्री गरिरहेका छन् । यस्तै, घट्टेकुलोमा विगत ४/५ वर्षदेखि तरकारी पसल सञ्चालन गर्दे आएकी रुपिका मगरलाई पनि कतिखेर बिहान होला र तरकारी बिक्री गरौंला भन्ने हुन्छ । उनी बिहानै तीन चार नबज्दै अर्थात उज्यालो नहुँदै उनी तरकारी बजारमा गएर हरियो तरकारी ल्याउँछिन् । पसलमा थन्क्याउँछिन् । दिनभरी पसल बन्द गर्छिन् । बेलुका पाँच/साढे पाँच बज्ने बित्तिकै पसल खोल्छिन् र धमाधम तरकारी बेच्नमा व्यस्त हुन्छिन् । उनको पसलमा पनि तरकारी लिन आउनेको भिड लाग्छ । उनको पनि शिशिरको जस्तै जवाफ छ । पहिले धेरै पसल हुन्थे, व्यापार कम हुन्थ्यो अहिले धेरै पसल बन्द छन् । धेरै मानिसहरु आफ्नो पसलमा आउने गरेको उनको भनाइ छ । विश्वमा फैलिएको कोरोना भाइरसको महामारीले मानिसमा त्रास छाएको छ । कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि विश्वमा व्यापारदेखि मानिसको ओहोरदोहोरमा समेत प्रत्यक्ष समस्या परेको छ । अन्तर्रा्ष्ट्रियदेखि स्थानीय व्यापारमा समेत कोरोना भाइरसको असर परेको छ । सरकारले लकडाउन घोषणा गरेसँगै सर्वसाधारण नागरिक दिउसो बाहिर देखिँदैनन् । तर, जब साँझ पर्छ उनीहरु सामान ल्याउन नजिकैको खपसलमा गएर सामान खरिद गरेर फर्किन्छन् । सरकारले लकडाउनको घोषणा गरेपनि सडकपेटीलेखि साना व्यापार गर्ने व्यापारीहरुले भने साँझ बिहान व्यापार गरिरहेका छन् । उनीहरूले सामान्य समयमा जस्तै तरकारी, मकै फलफूल र अन्य व्यापार गरिरहेको पाइन्छ । बिनाअनुमति ढुवानीका साधन रोकिने भएकाले कृषि उपज आपूर्ति गर्ने निजी साधन चल्न नपाउँदा आपूर्तिकर्ता अन्योलमा परेका हुन् । त्यसले गर्दा पनि गाउँ तथा विकट ग्रामिण क्षेत्रको फलफुल तरकारी बजारमा आउन पाएको छैन । त्यसको फाइदा स्थानिय किसानहरुले उठाइरहेका छन् । बजारमा ती सामानको अभाव देखाउँदै महँगो मूल्यमा फलफूल तरकारी तथा डेरीका वस्तुहरु बिक्री गरिरहेका छन् ।