औषधि सम्बन्धी प्राधिकरण स्थापना गरिने

काठमाडौँ । नेपालमा नै औषधीसगँ सम्बन्धित प्राधिकरण स्थापना गरिने भएको छ । २०७६/७७ सालको निति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले आगामी आर्थिक वर्षमा प्राधिकरण स्थापना गरिने बताएकी हुन । औषधी, औजार, उपकरण, मेडिकल तथा सर्जिकल सामग्री, चिकित्सकीय प्रयोगमा आउने बस्तुहरु उत्पादन हुने छ ।

‘मारुनी’ अब डिशहोमको सिनेमाघरमै, यसरी हेर्न सकिन्छ

काठमाडौं । चलचित्र ‘मारुनी’ अब डिशहोमको सिनेमाघर बाटै हेर्न पाइने भएको छ । कम्पनीका अनुसार वैशाख ३१ गतेबाट डिशहोमको सिनेमाघर (च्यानल नं. ८८८)मा उक्त चलचित्र हेर्न पाइने छ । पुनम गौतमले निर्माण गरेकी यो चलचित्र हरेक दिन १० शो हेर्न पाइने कम्पनीले जनाएको छ । उक्त शो हेर्नको लागि वा चलचित्र खुलाउन ९८०११९०९९० मा फोन गर्नुपर्ने छ । त्यसपछि, ३२५०० वा ३२५८० मा एसएमएस पठाएर वा डिशहोम ग्राहक केन्द्रमा फोन गरेर वा नजिकको बिक्रेतालाई सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा १० जनाको आवेदन, को कसले दिए ?

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष पदमा १० जनाले आवेदन दिएका छन् ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्ष पदका लागि गत मंगलबारसम्मका लागि अन्तिम समय तोकेको थियो । उक्त समय भित्रमा अध्यक्ष पदका लागि अभिनेता भुवन केसी, राजेश थापा, अर्जुनकुमार डंगोल, दयाराम दाहाल, ध्यानबहादुर राई, परशुराम चौधरी, सोहित मानन्धर, राजेन्द्रकुमार उप्रेती, भगवती कुमारी मैनाली र दिपक श्रेष्ठले आवेदन दर्ता गराएका छन् । व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारमा अध्यक्ष चयन गरिने मन्त्रालयले उक्त सूचनामा प्रकाशित गरे । तर विगतमा भने राजनीतिक चलखेलमा नियुक्ति हुने गरेका छन् । आवेदन दिने निर्देशक दयाराम दाहाल अध्यक्षका बलियो दावेदारको रुपमा छन् । त्यस्तै दाहाल बाहेक भुवन केसी, सोहित मानन्धर र अर्जुन कुमार पनि अध्यक्षका लागि बलियो दावेदार मानिन्छन् । अहिले नै अध्यक्ष को बन्छ भनेर भन्न सकिने अवस्था रहेको छैन । गत मंसिर २९ गते बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछि उक्त पदले खाली रहेको छ ।