अमेरिकन आइडलको उत्कृष्ट २ मा दिवेश पोखरेल

काठमाडौं । नेपालका दिवेश पोखरेल ‘अमेरिकन आइडल’को उपविजेता अर्थात उत्कृष्ट २ मा स्थापित गरेका छन् । अर्थरगनको नामले अमेरिकन आइलमा आफूलाई स्थापित गरेका पोखरेल फाइनल राउन्डमा उपविजेता भएका हुन् । विजेता उपाधि  २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज भएकी छिन् । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सब-वे र ट्रेनहरुमा गाउने गर्थिन् । त्यस्तै पछिल्लो समय कोरोनाको संक्रमण फैलिएसँगै अमेरिकन आइडलमा सहभागि सबै प्रतियोगीले आफ्नो घरबाट प्रस्तुती प्रस्तुत गर्दै आएका हुन् । यसअघि २२ वर्षिय दिवेशले गेभिन डिग्रको ‘आइ डोन्ट वान्ट टु बि’ बोलको गीतमा आफ्नो प्रस्तुति दिदैं उत्कृष्ट पाँचमा पुगेका थिए ।  ‘अमेरिकन आइडल’को १९ औं संस्करणमा दाेस्राे विजेता घाेषित भएका हुन् । सम्बन्धित समाचार : अमेरिकन आइडलको उत्कृष्ट ७ मा नेपालका दिवेश

शहरको भिडमा बिहान र साँझको हिँडाइ बन्द गरौं

काठमाडौं । लकडाउनको अवधि लम्बिँदै जाँदा बिहान र साँझ हिँड्नेको सङ्ख्या बढ्दै गएको छ । साँघुरा बाटामा समेत हिँड्नेहरूको सङ्ख्या बढेपछि जोखिम थपिएको चिकित्सकहरू बताउँछन् । मानव स्वास्थ्यका लागि व्यायाम अतिआवश्यक पर्दछ । चिकित्सकहरूले पनि बिहान बेलुकी हिँड्न सुझाव दिने गर्दछन् । यतिबेला लकडाउनका कारण दिनभर घरमा खाएर बस्ने मात्रै गर्दा विभिन्न रोग लाग्न सक्ने जोखिम त्यतिकै छ । भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख डा प्रकाश खतिवडा भिडमा बाहिर नहिँड्न सुझाव दिएका हुन् । तीन मिटर फरकमा गुणस्तरीय मास्क लगाएर हिँड्न सकिने भए पनि त्यो सबै व्यवस्थापन शहरी क्षेत्रमा सम्भव नहुने भएकाले जोखिम नमोल्न उनको सुझाव छ । घरमा योग गर्न सुझाव दिँदै खतिवडाले अहिलेको अवस्थामा सबै सचेत हुनुपर्ने बताए । साँघुरा सडकमा गाडी आउँदा बीचको भाग छोड्नु पर्छ । छेउबाट भिड गरी हिँड्दा उच्च जोखिमको सम्भावना रहन्छ । वरिष्ठ फिजिसियन डा कालिदास अधिकारी सामाजिक दूरी कायम गरेर तीन पत्रे (ट्रिपल लेयर) सर्जिकल मास्क प्रयोग गर्दा कम जोखिम भए पनि भिडमा नहिँड्नु नै उपयुक्त भएको बताए । अहिले बजारमा त्यस्ता मास्क पाउनै मुस्किल भएको भन्दै यो जोखिमको समयमा घरमै व्यायाम गर्न उनले सुझाव दिए । पहाडी र खाली ठाउँमा हिँडडुल गर्न र सामाजिक दूरी कायम गरी खेतमा काम गर्न सकिए पनि शहरी क्षेत्रमा नहिँड्न उनको सुझाव छ । अहिले जिल्लाको शहरी क्षेत्रमा बिहान सबेरैदेखि र साँझ हुलका हुल मानिस हिँड्ने गरेको पाइन्छ । विगतमा भन्दा धेरै मानिस हिँड्ने गरेको देखिन्छ । मास्कविना र साधारण कपडाको मास्कमा हिँड्डुल गरेको पाइन्छ । सामाजिक दूरी कायम गर्न कठिन छ । नजिकैबाट हिँड्नेले खोक्दा, थुक्दा, हाच्छ्यु गर्दा यसको जोखिम हुने अधकारीको भनाइ छ । घरमै बस्ने र व्यायाम गरेमा सबै रोगबाट बच्न सकिने चिकित्सकको सुझाव छ । नदीमा पौडी खेल्ने क्रममा दुई जना वेपत्ता नारायणी नदीमा डुबेर दुई जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१६ का २५ वर्षीय प्रवीण दवाडी र २५ वर्षीय विवेक भट्टराई रहेका छन् । उनीहरु आइतबार दिउँसो ४ः३० बजे महानगरपालिका–१६ को गणेश मन्दिर नजकै नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका हुन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

बैंकर बुहारी र बोनस

“टिरिङ्…टिरिङ्…”, बिहानको ठिक ५ बजे मोवाइलमा अलार्म बज्छ । “ओहो ! अघि भर्खरै मात्र सुतेको जस्तो लाग्छ, कति चाँडै बिहान पो भइसकेछ ।” हत्तनपत्त उठ्दै अनि हल्काराले दलिनमा फ्याँकेको दैनिक पत्रिका बैठकको टेवुलमा राख्दै ऊ नुहाउनका लागि बाथरुम पस्छे । एक्कासी उसलाई मिटिङमा उपस्थित हुन चाँडै अफिस पुग्नुपर्ने कुरा याद आउँछ र टाउको मात्र नुहाएर निस्किन्छे । बैठकमा पत्रिका पढिरहेका ससुरा र मोवाइल चलाउँदै बसिरहेका सासु तथा श्रीमानका लागि भनेर चुलोको एकातिर चिया र अर्को तिर तरकारी बसाउँदै ऊ सुतिरहेका छोराछोरीलाई उठाउँछे र दुध बिस्कुट दिँदै होमवर्क गर्न लगाउँछे । एक्कासी तरकारी डढेको गन्ध उसको नाकसम्म आउँछ र विवस अनुहारमा झन् तनाव थोपरिदिन्छ । ऊ आफैंसँग विस्तारै फत्फताउँछे – “हत्तेरिका, तरकारीको कारणले फेरी सासु कराएको सुन्नुपर्ने भो ।” विहानको घरधन्दा सकिओरी साढे ८ बजिनसक्दै ऊ हतारहतार नजिकैको चोकमा माइक्रो कुर्न पुगिसक्छे । अफिस पुग्ने हतारले माइक्रोको ढोका बाहिरसम्म झुण्डिएको भीडलाई नजरअन्दाज गर्नु उसको विवसता नै बनिसकेको हुन्छ । हतार गरेर पनि केही फाइदा भएन, आजपनि अफिसमा ९ः३५ मा मात्र उसको क्लक इन (प्रवेश) हुन्छ । दुइ दिन भइसक्यो ऊ यसरी ढिलो अफिस आइपुगेको । महिनामा तिन दिन मात्र पनि ९ः३० भित्रै अफिस आइपुगिएन भने एक दिन को बिदा कट्छ । यो अफिसको नियम नै हो । तनाव पनि कति थरिका, अघिल्लो दिनकै मात्र कुरा हो, टेलरमा बस्दा जम्मा १ हजार रुपैयाँको हिसाब नमिल्दा पनि उसलाई कम्ति टेन्शन भएको थिएन । धन्न, सबै स्टाफहरु बेलुका ७ बजेसम्म बसेर भएपनि गल्ती पत्ता लगाइदिएपछि मात्र उसले सन्तोषको सास फेरेको कुराले आज उसलाई अलि चनाखो बनाएको छ । मिटिङ सुरु भयो । मेनेजरसँग आँखा जुधाउन उसलाई डर लागिरहेको छ । त्यो डरका पछाडि दुई ओटा कारण छन् । पहिलो, आफूले अघिल्लो साँझ सवै स्टाफलाई ढिलो गराइदिएको, र दोस्रो यो हप्ता आफूले थोरै संख्यामा मात्र खाता खोलाउन सकेको । बैकहरु धेरै संख्यामा भएको हुनाले ठूलो प्रतिष्पर्धा भइरहेको र आफ्नो बैंकले नाफा कमाएन भने तलव खुवाउन सक्दैन भन्ने कुरा उसले नबुझेकी पनि होइन । तर, सोचेजस्तो कहाँ हुँदो रहेछ र ! मिटिंग सकिएको केही बेरमै उसको पेट नराम्रोसँग दुख्न थाल्यो । “उफ, सेनिटरी प्याड त ल्याउनै पो बिर्सेंछु ।” खुइय सुस्केरा हाल्दै उ मनमनै सोच्न थाल्छे, “सानो शाखा थोरै कर्मचारी, त्यसमा पनि महिलामा म एक्लै । मिटिङका वेला महिलालाई छुट्टै ट्वाइलेट् चाहिन्छ भनी प्रस्ताव राखौं भन्छु, बोल्ने हिम्मत नै आउँदैन । त्यसमाथि आफ्नो त क्यास डिपार्टमेन्ट, एकछिन छोडेर पसल जान पनि नमिल्ने । पुरुष सहकर्मीलाई कसरी प्याड ल्याइदेउ भन्नु ?” जेठ आउन लागिसक्यो, यसरी हेर्दा असाढ मसान्त पनि अब धेरै टाढा छैन । सामान्य वेलाको जस्तो पाँचै बजे अफिसबाट निस्कन के मिल्थ्यो र ! त्यसमाथि पनि भर्खरैको मिटिङमा बिजनेस लाई एग्रेशिभ्ली बढाउने म्यानेजरको योजना सुन्दा त आज घर निस्किनलाई सात बज्ने कुरामा ऊ ढुक्क छे । रात पर्नै लाग्दा ऊ घर पुग्छे । बिहानदेखिका जुठा भाँडा उसलाई नै पर्खेर बसिरहेका हुन्छन् । घर आइपुग्ने हतारले तरकारी किन्न पनि बिर्सिन्छे । गुन्द्रुकको झोल पकाउने दुस्साहस मात्र के गरेकी हुन्छे, सासुको बचनवाणहरु उसका कानमा आएर ठोक्किन्छन् – “कसैको नभाको जागिर, अरुले पनि त जागिर खाएका छन् नि । विहान डढेको तरकारी खुवाइस् अहिले तरकारी विनैको खाना खुवाउन लागिस् ?” ऊ एक्कासी सानो स्वरमा झर्किन्छे – “भैगो त आमा, म भोलिनै राजिनामा दिन्छु ।” ऊ दगुर्दै आफ्नो कोठामा जान्छे र भक्कानिन्छे । उसलाई आफ्नो ममी–बाबाको खुब सम्झना आउँछ । बि.बि.एस पास हुने बित्तिकै बाबाले आफ्नै खुट्टामा उभिनु पर्छ भनी हौसला दिएको, बैंकमा जागिर पाउँदा गर्व महसुस गरेको, छोरीले बिर्सिन्छे कि भनेर ममीले सुटुक्क ब्यागमा प्याड राखिदिएको अनि अफिसबाट फर्किंदा चाहिँ टाउको मिचिदिएको जस्ता सम्झनाले उसको मनलाई अमिलो बनाउँछ । बिहे अघिसम्म पनि ऊ कहाँ यस्ती थिइ र ! अन्य स्टाफभन्दा अगाडि नै अफिस पुग्थी, साँझ अबेरसम्म काम गर्थी । ऊ वास्तवमै उदाहरण थिई । जहिल्यै मेनेजरले उसको तारिफ गर्थे । तर हिजोआज ऊ शिथिल भएकी छे । अफिसबाट ‘कर्मचारी होमलोन’ लिएर घर बनाउँदा पनि र बिजुली–टेलिफोन तथा बच्चाको स्कुल फिमा मज्जाले सघाउँदा पनि घरका सदस्यहरुले कहिल्यै चित्त नबुझाइदिँदा उसलाई नमज्जा लागेर आउँछ । तर जे भएपनि सासु भनेको सासु नै हो, आफूले मान त गर्नै पथ्र्यो । रिसको झोँकमा सासुसँग मुखमुखे लागेको कुरामा भने उसलाई ग्लानी महसुस हुन्छ । यता उसलाई ग्लानी महसुस हुँदै गर्दा उतापट्टि सासुलाई पनि बुहारीले जागिर छोड्ने हो कि भन्ने चिन्ताले सताउन थाल्छ । बुहारीले अघिल्लो साल खाएको वोनसबाट आफूलाई आठ आनाको बेरुवा औंठी किनिदिएको र यसपाली पनि बोनस खाने वेला हुन लागेको कुराले सासुको मानसपटलमा घच्घच्याउन थाल्छ । भोलिपल्ट विहान अलार्मको आवाजसँगै बुहारी उठ्दा त सासुले चिया पकाइसकिछन्, अघिनै तरकारी पनि किनेर ल्याइसकिछन् । एकैरातमा सासुमा आफूप्रतिको धारणामा आएको परिवर्तन देखेर ऊ अचम्मित हुन्छे र अब खाइपाइ आएको जागिर कहिल्यै नछोड्ने निर्णय गर्दै भान्सातिर पस्छे । बिराटनगर–५ हाल तेह्रथुम