तन्त्र जे होस् मन्त्र एउटै हुनुपर्छ (कविता)
जब समृद्धिको कुरा नारामा सीमित हुन्छ जब न्याय र अधिकारका कुरा संविधानका धारामा सीमित हुन्छ तब बन्न सक्दैनन् रहरका सपनाहरु विपना कहिल्यै ।। नेतृत्वले राजधानी नै देश ठानिरहे डोल्पा र कालिकोटलाई दुर्गम नै मानिरहे नयाँ नेपालको सार्थकता के ? तन्त्र जे होस् मन्त्र एउटै हुनुपर्छ भेद र शोषणका बन्धन तोडेर हामी समान र स्वतन्त्र हुनुपर्छ तब न देश दुख्दा दुख्छन् मन मुटुहरु ।। भ्रष्ट र सामन्तकै राज चलुन्जेल आँखा छलुन्जेल दलालहरुले अभावले गरिबहरु ढलुन्जेल मौन बसिरहे सर्दै जानेछ विकास अनि समृद्धि सार्थक पार्न सहिदका सपना चलखेल टार्न र सीमा बार्न उठ्नै पर्छ हामी एक भएर प्रत्येक मुटुहरुमा धड्कनुपर्छ देश सधैँ ।। चुलाउनुछ आस्थाको शिखर फुलाउनुछ सिर्जनाका फूलहरु खुलाउनुछ विकासका बन्द मुहानहरु भुलाउनुछ स्वार्थमा तल्लीन मनहरुलाई राष्ट्रहितमा ।। हिजो आज र भोलि सबैका मन मस्तिष्कमा सजाइएका समृद्धि सपना पूरा गर्न अब अबेर गर्नु हुँदैन अल्झेर अन्धविश्वासमा ।। गोपाल खनाल तारकेश्वर गापा-१ दाङसिङ, नुवाकोट हाल पोखरा-११
तापक्रम बढ्न थालेसँगै केही दिन मौसम सफा हुने
काठमाडौं । आगामी तीन दिन देशको अधिकांश भू-भागमा मौसम सफा हुने भएको छ । मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुने क्रम चलिरहने गर्दछ । “आगामी तीन दिन देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने छ”, उनले भने । पछिल्लो केही दिनयता अपराह्न तथा साँझपख मौसम बदली भई हल्का वर्षा भएको थियो । प्रि-मनसुनको समय नजिकिएकै कारण अपराह्न तथा साँझापख मौसममा परिवर्तन भएको मौमसविद्को भनाइ छ । अबको तीन दिन भने मौसम सफा हुने बताइएको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव तीन डिग्री र अधिकतम तापक्रम २२ दशमलव सात डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस
सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिको क्षमता अभिबृद्धि तालिम सुरु
काठमाडौं । बागलुङको सिवाईसी बचत तथाऋण सहकारी संस्था लिमिटेडको आयोजनामा दुई दिने सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिको क्षमता अभिबृद्धि तालिमको सुरुवात भएको छ । संस्थाले सदस्य सेवाकेन्द्र मार्फत आफ्ना सेवाहरुलाई धौलागिरी क्षेत्रमाविस्तार गरिरहेको परीप्रेक्षमा सेवाकेन्द्र सञ्चालनका लागि गठन गरिएका सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिको क्षमता अभिबृद्धिगर्ने अभिप्रायले तालिमको आयोजना गरेको हो । तालिम नेफ्स्कूनका पूर्व सञ्चालक एवं प्रशिक्षक ईन्द्रज्योती पौडेलले उद्घाटन गरेका हुन् । उद्घाटनकाक्रममा बोल्दै प्रमुख अतिथीपौडेलले सहकारी संस्थाहरुले सहकारीको मुल मर्म अनुसार घरदैलोमा सेवा, सहज सेवा र सदस्यहरुको आवश्यकताअनुसारको सेवाप्रदान गर्नुपर्ने बताए । कार्यालयहरुलाई व्यवसायीक, समितिउपसमितिहरुलाई दक्ष र कर्मचारीहरुलाई योग्य र सक्षमबनाउन सकेमा मात्र संस्थाको उद्देश्य परिपुर्ति हुने बताउँर्दै पौडेलले सिवाईसीले नेपालमै सबैभन्दा धैरै सहकारी संस्थाहरु एकीकरण गरेर संस्थालाई मजबुतबनाउने अभियानमाआफुलाई अव्वल सावित गरेको उनले बताए । कार्यक्रममा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले पछि पारे पारिएका मुल प्रवाहमा आउन नसकेका वर्गलाई सहकारी मार्फत विकासको मुल प्रवाहमा ल्याउनका लागि सिवाईसीको स्थापना उनले पछिल्लो समयमा पैसाको भन्दापनिमानवियमुल्यगुमीरहेकाले सहकारी संस्थाहरुले पैसासंगसंगै मानवियमुल्य जोगाउने दिशातर्फ पनिध्यानदिनुपर्ने कुरामा जोड दिए । २ दिनसम्म सञ्चालन हुने तालिममा सेवा केन्द्र सञ्चालन तथाव् यवस्थापन उपसमितिको काम कर्तव्य र अधिकार, संस्थाबाटलगानीहुने ऋणको व्यवस्थापन, भाखानाघेको ऋणको व्यवस्थापन, सहकारी संस्था सञ्चालनमा समिति उपसमितिको भूमिका लगाएतक ाविषयमा प्रशिक्षक ईन्द्रज्योतीपौडेल र चण्डिप्रसाद शर्मा पौडेलले सहजिकरण गर्ने संस्थाले जनाएको छ । सहकारी क्षेत्रमा नेपालमै अव्वल संस्थाको रुपमाआफुलाई सावित गरिसकेको संस्थामाहाल ११२ जना कर्मचारी, २२ वटा कार्यालयहरु, १५ हजार १ सय ६८ जना सदस्य, १ हजार ९ सय बालबचतकर्ता, २९ करोड ४२ लाख शेयर पुँजी, १ अर्व ३२ करोड बचत, १ अर्व ३ करोड लगानीमा रहिरहेको ऋण, ९ करोड ७२ लाख कोष र १ अर्व ८१ करोड बराबरको कुल सम्पत्ति रहेको छ । पछिल्लो समयमा संस्थाले धौलागिरी क्षेत्रभर आफ्ना सेवाकेन्द्रहरु मार्फत सदस्यहरुलाई घरदैलोमै सेवाप्रवाह गर्नका लागि सेवा केन्द्र स्थापनामा निरन्तरता दिइरहेको छ ।