तीनदिन देशभर आंशिकदेखि सामान्य बदली हुने, हिमपातको सम्भावना
फाइल फोटो काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीनदिन देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले आगामी आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । “यस वायुको प्रभावले वर्षा हुने सम्भावना भने रहेको छैन ।” उनले भने । हाल देशको सुदूरपश्चिम प्रदेश र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु/कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव ८ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव चार डिग्री सेल्सियस रहेको छ । रासस
अब डिशहोमबाटै कोरियन सिरिज हेर्न पाइने, नेपाली भाषामा प्रशारण हुँदै
काठमाडौं । अब डिशहोमबाटै कोरियन सिरिज ‘द किङ्ग इज इन लभ’ हेर्न पाइने भएको छ । डिसहोमले यही माघ २९ गतेदेखि सो नयाँ कोरियन सिरिज प्रशारण गर्न लागेको हो । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक विहिवार राती ८ः३० वजे कोरियन सिरिज ‘द किङ्ग इज इन लभ’ नामक सिरिज नेपाली भाषामा प्रशारण हुँदैछ । डिशहोमले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा सहित थप मनोरञ्जन र नेपाली दर्शकलाई सिरिजको दुनियामा नौलो र फरक स्वाद दिने उद्देश्यका साथ कोरियन सिरिजलाई नेपाली भाषामा प्रशारण गरिरहेको छ । भविष्यमा उत्कृष्ट र चर्चित कोरियन सिरिजहरुलाई पनि नेपाली भाषामा प्रशारण गर्न तयारी डिशहोमले गरिरहेको छ ।
नेसनल जिओग्राफीकाे वृतचित्रमा नेपाली युवा उद्यमी सन्तोष पाण्डेको कथा
काठमाडाैं । विश्वका पाँच युवा उद्यमीको कथालाई समावेश गरी नेसनल जिओग्राफीक डकुमेन्ट्री फिल्मसले निर्माण गरेको वृतचित्र ुओन द रुम मा नेपाली युवा उद्यमी सन्तोष पाण्डेको उद्यमी यात्राको कथा पनि समावेश भएको छ । पाण्डे नेपालमा पहिलोपटक सप्राइज प्लानिङ तथा गिफ्टिङ सेवा भित्र्याउने कम्पनी अफरिङ ह्यापिनेसका सह-संस्थापक हुन् । सो कम्पनीले आफ्नो वेवसाइट मार्फत विगत ४ वर्ष देखि देश-विदेशमा बसोबास गर्दै आएका नेपालीहरुबीच गिफ्ट तथा सरप्राइज आदान-प्रदान गर्ने सेवा दिँदै आएको छ । एमी अवार्ड विजेताद्वय क्रिस्टिना कोस्ट्यान्टिनी र ड्यारेन फोस्टरद्वारा निर्देशित सो वृतचित्रको ट्रेलर फेब्रुअरी ९ मा सार्वजनिक भएको हो । अप्रिल २०१९ मा विश्वभरीका ५१ जना युवा उद्यमीहरुले ग्लाेबल स्टुडेन्ट इन्टरप्रेनरसिप अवार्ड फाइनल्सका लागि प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतिस्पर्धीहरु मध्ये पाँचजना पृथक तथा प्रभावशाली उद्यम गर्दै आएका उद्यमीहरुको कथाहरुलाई समेटेर निर्माण गरिएको सो वृतचित्र मार्च १२ मा आधिकारिक रुपमा डिजनी प्लसमा सार्वजनिक हुनेछ ।