मेडिसिटी अस्पतालले एन्फाका खेलाडीहरुलाई स्वास्थ्य उपचार प्रदान गर्ने
काठमाडाैं । नेपाल मेडिसिटी अस्पताल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा दिृपक्षिय सम्झौता भएको छ । खेलाडीहरुको स्वास्थ्यलाई ध्यानमा राखी दक्ष चिकित्सक, फिजियोथेरापिष्ट, र उच्चस्तरीय उपकरण सहितको स्पोर्टस् मेडिसिन सेवा प्रदान गर्न नेपाल मेडिसिटी अस्पतालले नेपाली फुटबलको नियामक निकाय एन्फासँग सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले हसताक्षर गरे । यस सम्झौता अनुसार नेपाल मेडिसिटी अस्पतालले एन्फासंगको सहकार्यमा खेलाडिहरुको सुःस्वास्थ्य, तथा आरोग्यमा विशेष ध्यान पु¥याई उनीहरुलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि अब्बल बनाउने अभियानमा नेपाल मेडिसिटी अस्पतालको स्पोर्टस् मेडिसिन विभागले सहयोग गर्नेछ । खेल कार्यक्रमहरुमा आकस्मिक तथा प्रारम्भिक स्वास्थ्य उपचारको सारथीका रुपमा अस्पतालले सक्रिय भूमिका निभाउनेछ । साथै, अस्पतालले खेलाडिहरुलाई उपचारका क्रममा क्यासलेस सेवा समेत प्रदान गर्नेछ ।
जो अवकाशपछि मौरी व्यवसाय गरेरै ५ लाख बढी कमाउँछन्
फाइल फाेटाे धादिङ । सामान्यतया जागिरे जीवनबाट बिदा भएर घर आएपछि मानिस आराम गरेर बस्ने गर्छन् । सेवाबाट अवकास लिएर घर बसेका मानिसका छोराछोरी विदेशमा छन् भने बुढेसकालमा उनीहरु केही काम गरेको देखिँदैन । नीलकण्ठ नगरपालिका– १४ धुवाँकोटका ५३ वर्षीय नारायण घिमिरे भने नेपाली सेनाबाट अवकाश भएपछि नमूना किसान भएका छन् । सेवा निवृत्त भए पनि समयको सदुपयोग गर्दै धादिङबेसीको व्यस्त बजारमा मौरीपालन गरेर आफू सक्रिय भएको उहाँ बताउनुहुन्छ । एक सय ५० घार मौरीपालन गर्दै आएका घिमिरे श्रीमती र कान्छा छोरा, बुहारीसँगै बस्दै आएका छन् । शहरी जनजीवन रहेको व्यस्त बजारमा मौरीपालन गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण घिमिरेले दिएका छन् । घिमिरेको मौरी साथि जस्तै लुटुपुटु हुने गर्नाले बिहान उठ्ने र घार हेर्ने गर्नु नियमित दिनचर्या बनेको छ । घारमा भएका मौरीको कुनै समस्या छ वा मौरीलाई अन्य रोगले आक्रमण ग¥र्याे कि भन्ने चिन्ता जहिले पनि हुने गरेको उनी बताउँछन् । धुवाँकोट, पुच्छारबजार र शान्तबजारमा मौरीपालन गर्दै आएका घिमिरे १८ वर्षदेखि मौरीसँग साइनो गाँसी रहेका छन् । घिमिरेले एक किलोग्राम महको एक हजार र मौरीसहितको घारको चार हजार ५ सय रूपैयाँमा बिक्री गर्ने गरेको बताए । वर्षभरमा खर्च कटाएर डेढ लाखदेखि पाँच लाखसम्म रूपैयाँ आम्दानी हुने गरेको घिमिरे बताउँछन् । अरु व्यवसायीलाई बन्दाबन्दीले असर पारे पनि घिमिरेको मौरीपालनबाट लिने आम्दानीमा भने कुनै असर गरेन । सेवाबाट अवकाश लिइसकेका घिमिरेले विदेश जानुभन्दा आफ्नै देशमा बसेर केही गर्ने चाहना भएकाले र मौरीपालनसम्बन्धी चासो लागेको भएर मौरीपालन पेशा अंगालेको उनी बताउँछन्। मौरीपालनको व्यावहारिक ज्ञान भएका घिमिरे अरुलाई समेत तालीम दिने गर्दै आएका छन् । मौरी व्यवसायमा संलग्न भए पनि खेतीपाती गर्न आनन्दले पुग्ने उनी बताउँछन् । वर्षभरि मौरी पाल्ने र जेठ, कात्तिक र चैतमा मौरीबाट मह निकाल्ने गर्दै आएकाले यस समय मौरीलाई बढी नै स्याहार गर्नुपर्ने उनको भनाइ छ । सेना दिवसका अवसरमा घिमिरेलाई नेपालको उत्कृष्ट कृषकका रुपमा छनोट गरिएको थियो । रासस
‘ऐतिहासिक विमान अपहरण २८ जेष्ठ २०३०’ पुस्तक भित्र रमाउँदा
मदन प्रसाद अर्याल पूर्वको लागि एक चर्चित अनुहार । विराटनगरका समाजसेवी ,करिव आधा दर्जन साहित्यिक र र्धािर्मक पुस्तकका लेखक र दुइ दर्जन भन्दा बढी सस्थांमा आवद्घता जनाइसकेका अर्यालले पछिल्लो पटक नेपाली वजारमा “ऐतिहासिक विमान अपहरण २८ जेष्ठ २०३०” पुस्तक ल्याएका छन् । सामान्यतया लेखकहरुले कल्पनामा बगेर समाजलाई चेतना र असल मार्ग देखाउने उधेश्यले लेख्छन् । तर अर्यालले यो पल्ट २०३० सालतिर नेपाली काँग्रेसले अगुवाई गरेको पन्चायत बिरुद्घको सरकार ढाल्न हतियार किन्न र कार्यकर्ता लाई भोक भोकै मर्न नदिन नेपाल रास्ट्रबैंक बिराटनगर शाखामा रहेको ३० लाख भारतीय रुपैयाँ दाखिला गर्न विमानबाट काठमाडौं पठाउन लागेको रकम कसरी बिच बाटोबाट अपहरण गरियो र भारतिय शहर फारविसगन्ज पुर्याइयो भन्ने कुरा यस पुस्तकको मुल विषय वस्तु हो । लेखक स्यंम आफुपनि रास्ट्रबैकका तत्कलिन कर्मचारि मात्र नभई यो योजनाका प्रमुख पात्र पनि हुन् । २०३० साल जेस्ठ महिना शुरु भएको थियो । कुनै एकजना परिचित मान्छेले तपाई लाई (लेखक लाई) गिरिजा दाजुले भेट्न खोज्नु भएको छ । जसरि पनि एकपटक उहाँलाई जेगवनि गएर भेट्नु भनेर गयो । गिरिजा प्रसाद कोइराला त्यति वेला जोगवनि –फारबिसगंज बसेर नेपाली कांग्रेसले गरेको क्रान्तिको अगुवाई गर्दै हुनुहुथ्यो । (पेज १२) आफु बैंकमा काम गरेपनि कसरि नेपाली कांग्रेसले गरेको क्रान्ति लाई सहयोग गरेको , कसरि गिरिजा प्रसाद कोइरालाले नगद ले भरिएको विमान अपहरण गर्न सहयोग माग्दा किन नाई भन्न नसकेको र रास्ट्रबैंकको गोप्य सुचना कसरि चुहाएको भन्ने वारेका यस पुस्तकमा लेखकले छलङ् पारेका छन् । शाखामा त्यतिबेला मेरो काम बिल्स सेक्सनमा थियो । बिशेस गरेर क्लियरिङ हाउसको काम वढि पथ्र्यो । केदार जि विरामि परेर केहिदिन विदामा बसेकोले मदनजि तपाई फन्ड टान्फरको काम पनि हेर्नु होला । अव मेरो काम काठमाडौ बाट कहिले चिठी आउला भन्ने थियो । (पेज १६) परिस्थिति अनुकुलता देखेर म चकित थिएँ । मेरो मनको ढुकढुकि बढेको जस्तो भयो । जहाजभित्र सिक्योरिटी थिएन् । २ जना बैंक स्टाफ डेपुटि म्यानेजर दिलीप जङ थापा र क्यासियरको असिस्टेन्ट गगांलाल प्रधान सहित बैंकको ३० लाख भारतीय रुपैयाँ पर्सी जेठ २८ गते आइतबार विहान ८.३० वजे प्लेन जाने भन्ने यकिन भयो र मैले चिया पिउने वहानाले अफिस वाट निक्लेर सुचना दिए । (पेज १८) यस पुस्तक जति जति पढदै गइन्छ पाठकको मनमा अब के होला भन्ने कौहतुलता बढदै जान्छ । लेखकले परिस्थीति र घटना यसरी पुस्तकमा उतारेका छन् । मानौ यो पुस्तक नभएर पढदै जादा सिनेमा हेरेको भान हुन्छ । कहिँ कहिँ त मुटुका धड्कन तेज हुन पुग्छन् । म बिहान जेष्ठ २८ गते कोइराला निवास गएँ । मेरो मन धेरै अशान्त भइ रहेको थियो ,त्यहा वि.पि कोइरालाका जेष्ठ छोरा प्रकाश कोइराला थिए । मलाइ केहि वेर प्रकासलाई भनु कि नभनु लोगेको थियो । तर प्रकाश मेरो मिल्ने मित्र भएकोले भने आज हाइज्यकिङ् हुँदैछ । आज विहान काठमाडौं जाने नेपाल रास्ट्रबैंकको नगद सहितको प्लेन अपहरण हुने वाला छ मैले सवै कुरा सुनाएँ । अनि हामी पुर्व प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको घर तिर लाग्यौं । (पेज १९ ) प्लेन अपहरण पछि साहि सेनाका ठुला–ठुला ट्रकहरु धेरै सेना हरु आए अफिस घेरा हाले । मलाइ आखाँ तरेर हेर्न थाले ,इन्स्पेक्टरले मलाई सोधपुछ गरे ,केरे ,मेरो वयान लिए । त्यसपछि मेरो भद्रपुर सरुवा भयो । त्यसपछि चन्द्रगढी जेलमा राखियो जेलमा मोरङ्कै असोक कोइराला पनि हुनुहँुदो रहेछ । लेखकले आफु जेल भित्र बस्दाको पीडा यसरी लेखेका छन् यो पुस्तकमा पढने जो कोहि एक चोटि नरोई बस्न सक्दैनन् । नयाँडिउटिमा आएको गार्डले अति फोहोरी र छाडा गालि गर्न थाल्यो र बेला बेलामा झ्यालबाट राइफल सोझ्याएर मारिदिउँ भन्दै दुनियाँ भरिको छाढा गालि गर्दे यी अन्तर्रास्ट्रिय तत्व हरुलाई मार्नै पर्छ भन्थ्यो । जेल भित्रका कैदिबन्दिहरु हामी केहि नबोलि सुतिरहन्थ्यौं । (पेज ३४) लेखकले यस पुस्तकमा कसरी आफुले खाँदा खाँदैको नोकरी दाउमा राखेको ,ज्यान जोखिममा पारेको नोकरि छोडेको र पछि पन्चायत ढलेपछि पनि आफनो योगदानको पार्टि र पार्टिका अग्रजहरुले वास्ता नगरेको र उक्त पीडाबोधले राजनितिक आस्थामा चोट पुगेको र हाल राजनितिक दाउपेचभन्दा पर बसेर समाजिक र र्धािर्मक पाटोमा आजको दिनमा लागेको कुरा चित्रण गरेका छन् । लेखकले नेपालीले बिर्सिसकेको त्यस विमान अपहरण को नेपालको पहीलो राजनितिक घटना करिब ४२ वर्ष पछाडि लेखकका सहोदर भाई संसद अमृत अर्याल र भाई जस्तै अर्का सांसद पुस्कर आचार्य र कानुन विद विपुलेन्द्र चक्रवर्ति सहित धेरैले आग्रह गरेका कारण र आजको नयाँ पुस्ताको लागि इतिहास सँग साक्ष्यात्कार गराउने हेतुले लेखकले २०७३ साल कार्तिकमा यो पुस्तक बजारमा ल्याएका छन् । गहकिलो घटना तर थोरै मुल्य तिन सय मात्र राखेर प्रकासन गरेको यो एतिहासिक विमान अपहरण २८ जेष्ठ २०३० आम नेपालीले पढनै पर्ने पुस्तक मध्येको एक हो ।