आमा छउन्जेल हो घर उज्यालो लाग्ने (गजल)

जानु छ थाहा छैन कहिले हो पालो लाग्ने नगरियोस् है काम जीवनमा कालो लाग्ने ।। तपाईं जेजेले सजाउनुस् महल यहाँ आमा छउन्जेल हो घर उज्यालो लाग्ने ।। अचेल म यही कुराको खोज गरिरहेछु जीवन किन बिहेपछि भङ्गालो लाग्ने ?? एउटै वस्तु सबैलाई कहाँ उस्तै लाग्छ र ? कसैलाई नाना बन्छ तिमीलाई टालाे लाग्ने ।। प्राकृतिक विपत्ति समान छ भन्नुहुन्छ है ! महलवाला कति छन् र भूइँचालाे लाग्ने ।। दाङ्सिङ नुवाकोट हाल पोखरा-११

घुष अस्वीकार गर्ने ३४ जना ट्राफिक प्रहरी सम्मानित, ७ जनाले पाए नगद पुरस्कार

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरि जिम्मेवारि निर्वाह गर्ने एक प्रहरी नायव निरीक्षक सहित ३४ जना ट्राफिक प्रहरीलाई आज(चैत १८ गते) एक कार्यक्रमका बीच सम्मान गरेको छ । सम्मानित हुनेमध्ये ७ जनालाई नगद सहित बृद्धि विकासमा सहयोग पुग्ने गरि पुरस्कृत गरेको महाशाखाले जनाएको छ । यसरी पुरस्कृत हुनेहरुमा प्रहरी हवल्दार भिम बहादुर बोहोरा र बसन्त कुमार गौतम, प्रहरी जवानहरु क्रमशस् विनोद खनाल, अजय सुनार, राजेश कोइरी, लाल बहादुर बि.क. र शंकर कुमार पन्त रहेका छन् । नेपाल प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ्ग एव निर्देशन दिँदै आएका छौं, फलस्वरुप घुष दिन खोज्ने १३६ जना चालकलाई पक्राउ गरि कारबाही गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारवाही पश्चात हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दछन, प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी सङ्गठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको, उनले बताए । आम सवारी चालकहरूलाई ट्राफिक नियमको पुर्ण पालना गर्न र उल्लङ्घन पश्चात हुने कारवाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ । यस प्रकारका गलत संस्कारले नियम नमान्ने परिपाटीमा थप बल पुग्नुको साथै समग्र सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा समेत असर गर्ने महाशाखाको बुझाई छ । यसरी आर्थिक पारदर्शीता एव सुन्य शहनसिलता कायम गर्न र प्रलोभनमा पार्न खोज्ने चालकलाई कारबाहीको दायरामा ल्याउनेलाई पुरस्कृत एवम् सम्मान गर्ने कार्यले अन्य प्रहरी कर्मचारीमा समेत सकारात्मक उत्प्रेरणा जगाउने बिश्वास महाशाखाले गरेको छ । चालु आ.व.मा आर्थिक प्रलोभनमा पार्न खोज्ने १३६ जना सवारी चालकहरुलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।

मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा दुई पक्राउ

लहान । केही दिनअघि सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा आज(चैत १७ गते) सिरहा प्रहरीले दुई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका–५ निवासी २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर निवासी २६ वर्षीय अभिमन्यू गिरी रहेको प्रहरीले जनाएको छ । गत चैत १ गते मालपोत कार्यालयको पहिलो तल्लामा भएको बम विस्फोटमा एक कर्मचारीसहित आठ घाइते भएका थिए । प्रेसर कुकर बम विस्फोट हुँदा कार्यालयमा क्षति पुगेको थियो । बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले लिएको थियो । यसअघि सोही बम विस्फोटमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले लहान नगरपालिका-१८ भदैया निवासी २८ वर्षीय बलराम मण्डललाई पक्राउ गरेको थियो । रासस