त्रिकोणात्मक ट्वान्टी–२० शृखंलाको च्याम्प्यिन ट्रफी सार्वजनिक

काठमाडाैं । नेपाल, मलेशिया र नेदरल्यान्ड्सबीच आयोजना हुने त्रिकोणात्मक ट्वान्टी–२० शृखंलाको च्याम्प्यिन ट्रफी  शुक्रबार सार्वजनिक गरिएको छ । शनिबारबाट कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयमका आयोजना हुने प्रतियोगिताको ट्रफी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्यान्ड्सका कप्तान पिटर सिलर र मलेशियाका कप्तान अजिजले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् । कोरोना भाइरसको संक्रमण दर फैलिने त्रासकाबीच पनि आयोजना हुन लागेको शृखंलामा महामारीबाट जोगिन होटल देखी मैदानसम्म सबै प्राब्धान अपनाइएको शृखंलाका निर्देशक माधव कर्माचार्यले बताए । यस्तै क्यानका महानिर्देशक रौनक मल्लले भोलिबाट आयोजना हुने लागेको शृखंला सम्पन्न गर्नु निकै चुनौतिपूर्ण रहेको बताउनुभयो । कोरोनाको महामारीको चपेटामा पनि आयोजना हुने शृखंलामा दर्शक दीर्घाको लागि टिकटको व्यवस्था मिलाइएको महानिर्देशक मल्लले बताए । प्रतियोगितामा सहभागि सबै खेलाडीको कोरोना परीक्षण भइसकेको शृखंलाका निर्देशक माधव कर्मचार्यले जानकारी दिए । शृखंलामा शनिबार पहिलो खेल आयोजक नेपाल र भ्रमणकारी टोली नेदरल्यान्ड्सबीच हुनेछ ।

नयाँ वर्षको आर्थिक शुभकामना !

सबैको गोजीमा हजार हजारको नोट होस् बैंक व्यालेन्स होस् । आईपीओ खुलोस् सबैलाई निफ्रा जस्तै सेयर परोस् । नेप्से बढोस् सबैको इन्स्योरेन्स होस् कर्मचारीको तलब बढोस् । कर घटोस् बाेनस बढोस् बालुवा, सिमेन्ट, छडको भाउँ घटोस् सबैको घर बनोस् । महंगी घटोस् परनिर्भता हटोस् व्यापार घाटा कम होस् पेट्रोलको भाउँ घटोस् बिजुलीको शुल्क घटोस् । बन्द हडताल घटोस् देश आर्थिक विकासमा लागोस् आजको नयाँ वर्षको नयाँ बिहानीमा देश विकासको आर्थिक शुभकामना !!!

नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । छनोट टोलीमा कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् । त्यसैगरी अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी र शाहब आलम छनोट भएका छन् । नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेशियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही वैशाख ४ देखि ११ गतेसम्म हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् ।