नेपालको आर्थिक पुनरुत्थान गर्न विश्व बैंकले दियाे १७ अर्ब ७८ करोड रुपैयाँ 

काठमाडौं । कोभिड-१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १७ अर्ब ७८ करोड रुपैयाँ (१५ करोड अमेरिकी डलर) बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा नेपाल सरकार र विश्व बैंक हस्ताक्षर भएको छ । सम्झौतामा सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गरेका छन् । अर्थसचिव ढुंगानाले यस सहयोगले कर र भन्सार प्रणाली, सार्वजनिक लगानी व्यवस्थापन, वातावरणीय नियमन र ऋण व्यवस्थापनमा लगायतका क्षेत्रमा थप सुधार गरी नेपाललाई थप मजबुत बनाउन र हरित पुनर्निर्माणमा टेवा पुर्‍याउने बताए । उनले बजेटरी सहायता नेपालको आवश्यकता र प्राथमिकताका आधारमा भौतिक पूर्वाधार आयोजना तथा आर्थिक पुनरुत्थानका क्षेत्रमा परिचालन हुने जानकारी दिए । अर्थ मन्त्रालय र विश्व बैंकका अनुसार आर्थिक बृद्धि, पुनरुत्थान तथा उत्थानशीलताका लागि विकास नीति सहयोग सम्बन्धित पहिलो चरणको सहयोगले अत्यन्त जोखिममा रहेकाहरूको संरक्षण तथा व्यवसाय बृद्धितर्फ लक्षित सुधारहरूलाई सघाउने छ । यस क्षेत्रमा गरिने सुधारका कार्यक्रमहरूले सामाजिक सुरक्षा, अन्तर-सरकारी संरचना लगायत व्यवसायहरूको पूँजीमा पहुँच आदि विषयमा समेत विशेष ध्यान दिनेछ । यसले रोजगारी सिर्जना गर्ने, बजारलाई गतिशिल बनाउने र हरित पुनरुत्थानलाई सहयोग गर्ने प्रकृतिका चालू ठूला आकारका विकास आयोजनालाई गति दिन मद्दत गर्नेछ । सहयोग बजेटरी सहायताका रुपमा प्राप्त हुनेछ । माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले कोभिड-१९ को महामारीका बेला तथा सो पश्चात पनि यस आयोजनाले नेपालमा दीगो बृद्धि हासिल गर्न सहयोग गर्ने र समावेशी, रोजगारी प्रवर्द्धक तथा पर्यावरणीय रूपमा दिगो हुने बताए । उनले भने- ‘कोभिड महामारीका समयमा मानिसको जीवन रक्षा तथा अर्थ-व्यवस्थाको पुनरुत्थान गर्नका लागि सरकारले ल्याएका कार्यक्रमहरूलाई सघाउन विश्व बैंक प्रतिबद्ध छ ।’ यसैबीच उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडलसँग माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले भेट गरे । उनले नेपालमा कोभिड नियन्त्रण तथा न्यूनीकरण र उपचारका साथसाथै आर्थिक विकासलाई पनि जोड दिन आग्रह गरे । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड विरुद्धको लडाई र आर्थिक पुनर्स्थापनाका लागि नेपाल सही बाटोमा रहेको बताउँदै सो सन्देश विश्व बैंकको नेतृत्वसमक्ष पुर्याउन आग्रह गरेका थिए ।

एउटा गुमनाम बैंकरको कथाः सधैँ क्लास टप, चेसमा गोल्डमेडलिष्ट (भिडियोसहित)

काठमाडौं । आजभन्दा दुई दशक अगाडि काठमाडौंको बौद्धका गल्लीहरुमा टोलका दाईहरुले चेस खेलेको पुरुषाेत्तम चौलागाईं अझैँ सम्झिन्छन् । चेसको बोर्डमा घोडा, हात्ती, बाघ लगायतका संज्ञा दिइएका गोटीहरु चालेका स्मरणहरु पुरुषाेत्तमको दिमागमा ताजै छन् । घरमा आफ्ना दाई अनि ठूलोबुबाहरुले खेलेको टुलुटुलु हेरेको र आफुले पनि कहिलेकाँही उनीहरुसँगै सिक्ने मौका पाएको दिनहरु उनलाई हिजोजस्तै लाग्छ । ओहो ! समय त कति घर्किसकेछ ? समयको गति पनि कति रफ्तारको ? गालामा दाह्री मात्रै होइन, काँधमा धेरै जिम्मेवारीहरु पनि थपिइसकेछन् । घर परिवार, साथीसङ्गी, बैंकको जागिर अनि प्यासनले जुराएको टाइटल ‘नेपाल च्याम्पियन’ । हो, काठमाडौं बौद्धका पुरुषाेत्तम चौलागाईं चेस खेलका ‘नेपाल च्याम्पियन’ हुन् । चेस पुरुषाेत्तमका लागि खेल मात्रै होइन, प्यासन पनि हो । त्यही प्यासन, लगाव, झुकाव र निरन्तरताले चेस खेलमा पुरुषाेत्तमलाई नेपाल च्याम्पियन बनाइदियो । विगत १० वर्षदेखि उनी स्ट्याण्डर्ड चार्टर्ड बैंकमा कार्यरत छन् । हाल उनी सो बैंकमा असिस्टेन्ट म्यानेजरको भूमिका निर्वाह गरिरहेका छन् । उनी भन्छन्, ‘बैंकको जागिर मेरो करियर हो भने चेस खेल चाहिँ प्यासन हो । जागिर बिना मेरो करियर भत्किन्छ अनि चेस बिना प्यासन । त्यसैले चेस र बैंकको जागिर मेरो लागि एकै सिक्काका दुई पाटा हुन् ।’ धार्मिक ग्रन्थ गितामा लेखिएको छ नि ‘कर्म गर फलको आश नगर,’ हो, बैंकर तथा चेस खेलका नेपाल च्याम्पियन पुरुषाेत्तम चौलागाईं पनि त्यही भनाईलाई आत्मसाथ गर्छन् । ‘म काम डटेर गर्छु, आफुले चाहेको कामको नतिजा ल्याउन सकेसम्मको प्रयास गर्छु, तर म त्यसले प्राप्त हुने फलको भने आश कहिल्यै गर्दैन, बस्, आफ्नो काम र प्यासनलाई सर्वोपरी ठान्छु, हदैसम्मको प्रयास गरेपछि फल नपाइने त कुरै हुँदैन नि,’ उनी आफ्ना भोगाई स्मरण गर्दै सुनाउँछन् । एसएलसीपछि चेस पुरुषाेत्तम चौलागाईंको जन्मघर प्रदेश दुईस्थित रौतहट जिल्लाको रौतहट नगरपालिका हो । वि.सं. २०४० सालमा जन्मेका पुरुषाेत्तमको बाल्यकाल भने काठमाडौंमै बित्यो र अहिले पनि उनी काठमाडौंको बौद्धमा परिवारसँगै बस्छन् । उनको घरमा आमाबुवा, दाजु–भाउजु, श्रीमति अनि सानो बच्चा छन् । २०४० सालमै रौतहटबाट काठमाडौं आएका उनले बौद्धकै प्रेरणा बोर्डिङ हाईस्कुलमा पढे । कक्षा १० सम्म उनी सोही स्कुलमा पढे । त्यो बेलासम्म न उनले चेस राम्रोसँग खेलेका थिए न त चेसको वारेमा खासै बुझेका नै । वि.सं. २०५७ सालमा एसएलसी दिएपछि भने उनले चेसलाई नजिकबाट नियाल्ने मात्रै होइन भरपुर खेल्ने मौका पनि पाए । एसएलसीसम्म घरमा दाई र ठूलोबुवाले खेलेको हेर्नु र बाटोमा टोलका दाईहरुले खेलेको हेर्नुमै उनी सीमित थिए । बुवाले खेतिपाती र सानोतिनो व्यापार व्यवसाय गर्ने । आमा घरको काम गर्ने । अनि दाई साथीभाईहरुसँग मिलेर व्यापार । सबै आ–आफ्नो काममा व्यस्त । तर, पनि आफुलाई चेस खेलमा लाग्नको लागि घरपरिवारबाट गज्जवको साथ मिलेको उनी बताउँछन् । कक्षा १० सकेपछि चेस खेललाई बढी समय दिएर खेल्न थालेको उनी बताउँछन । ‘म एसएलसीपछि मात्रै चेस खेलमा लागेँ, त्यो भन्दा अगाडि दाईहरुले खेलेको मात्रै हेर्थेँ, हेरेर पनि धेरै कूरा सिकेँ, १० कक्षापछि भने राम्रैसँग खेल्न थालेँ, एसएलसीमा चेसको टुर्नामेन्ट हुन्छ भन्ने थाहा पाएपछि चावहिलमा भएको एउटा प्रतियोगितामा आफु पनि सहभागी भएको उनी सुनाउँछन् । कक्षा १० पछि मात्रै चेसको वास्तविक विषेशता थाहा पाएको उनी बताउँछन् । ‘चेसको बारेमा अध्ययन पनि गर्नु पर्दो रहेछ भन्ने १० कक्षापछि थाहा पाएँ, चेसको किताब पनि पढ्नु पर्दो रहेछ, सानैदेखि चेस खेल्ने प्यासन भएपनि १० कक्षापछि भने राम्रैसँग खेल्ने मौका मिल्यो,’ उनी भन्छन् । क्लासमा सधैँ टप बैंकर चौलागाईंले कक्षा १० सम्म बौद्धकै प्रेरणा बोर्डिङ हाईस्कुलमा पढ्दा उनी कहिल्यै औसत विद्यार्थीमा गनिएनन् । कक्षामा उनी कहिले प्रथम त कुनै वर्ष दित्तीय हुन्थे । ‘प्रायः जसो म कक्षामा प्रथम नै हुन्थेँ, प्रथम नभएको वर्ष दोस्रो हुन्थेँ, सरहरुले पनि असाध्यै माया गर्नुहुन्थ्यो, चेस खेल खेलेपछि दिमाख पनि बढ्ने रहेछ भन्ने मैले त्यतिबेला देखि नै थाहा पाइसकेको थिएँ, पछि झन समय दिएर नै खेल्न थालेँ,’ उनी भन्छन् । कक्षा १० उत्तिर्ण भएपछि उनी प्लसटु पढ्न मदन भण्डारी कलेज गए । मदन भण्डारी कलेजमा उनले कमर्स पढे । प्लसटुमा पनि राम्रै अंकका साथ प्रथम श्रेणीमा पास भएकोे उनी बताउँछन । मदन भण्डारी कलेजबाट उनी स्नातक र स्नातकोत्तर पढ्न शंकरदेव कलजे गए । त्यो समयसम्म आफु चेसमा निकै अभ्यस्त भइसकेको उनी सुनाउँछन् । ‘१० कक्षापछि चेसलाई बढी समय दिन थालेँ, पढाईमा भने अलि कम समय हुन थाल्यो, तर परीक्षाको तयारी भने निकै गर्थ्र्यौं, स्नातक र स्नातकोत्तर पनि राम्रै अंक ल्याएर पास भइयो त्यसपछि विवाह गरियो,’ उनी आफ्नो विगत सुनाउँछन् । पार्ट टाईमबाट बैंकमा इण्ट्री बैंकर चौलागाईंलाई बैंकिङ क्षेत्रमा काम गर्न थालेको १० वर्ष भन्दा बढी समय भएको छ । सन् २०१० डिसेम्बरबाट स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट पार्ट टाइमबाट जागिर सुरु गरेका उनी हालसम्म सोही बैंकमा काम गरिरहेका छन् । हाल उनी सो बैंकको असिस्टेन्ट म्यानेजर पदमा कार्यरत छन् । ‘सन् २०१० सम्म आइपुग्दा म धेरै परिपक्क भइसकेको थिएँ, चेस खेलसँग राम्रै प्रेम बसिसकेको थियो, म चाहँथेँ यो खेलसँगै ‘फुल टाइम’ बिताऔं, तर चेस खेलेरै करियर बनाउन भने असम्भव थियो, घरबाट पनि केही काम गर्नुपर्छ भन्ने कुरा आयो, म पनि चाहँन्थे पार्ट टाईम जागिर होस्, र चेसलाई पनि समय दिन पाउँ, हुन पनि त्यस्तै भयो, स्ट्याण्डर्ड बैंकमा पार्ट टाईममा काम गर्ने मौका पाएँ,’ उनी बताउँछन् । आफ्नो दाईको प्रेरणाबाट बैंकमा काम गर्ने अवसर मिलेको उनी बताउँछन् । ‘पढाईमा पनि राम्रै थिएँ, बैंकले कर्मचारीका लागि आवेदन मागेको रहेछ, मैले पनि परीक्षा दिएँ, लिखित राम्रो भयो, त्यसपछि मौखिक पनि राम्रै भयोे, तर मसँग बैंकमा काम गरेको अनुभव थिएन, बैंकले पनि पार्ट टाईममा राख्ने भन्यो, मलाई फुल टाइम जागिर पाएको भन्दा बढी खुसी त्यतिखेर मिल्यो,’ उनले थपे, ‘मैले चाहेको जस्तै भयो, त्यसपछि बैंकमा पार्ट टाइमबाट काम सुरु गरेँ र सँगै चेसलाई पनि समय दिएँ ।’ चेसले बैंकमा काम गर्न धेरै सहयोग पुग्ने चौलागाईंको अनुभव छ । चेसले ब्रेनको विकास गर्ने, क्याल्कुलेटिभ पावर बढाउने भएको हुँदा पनि आफुलाई बैंकमा काम गर्न धेरै सहयोग मिलेको उनी बताउँछन् । केही समय पार्ट टाइम काम गरेपछि उनलाई बैंकले फुल टाइमका लागि अफर गर्यो । त्यसपछि आफुले पनि अब करियरका लागि फुल टाइम काम गर्नु पर्छ भन्ने मानसिकता बनाएको उनी सुनाउँछन् । ‘चेस मेरो प्यासन हो, जसलाई मैले चाहेर पनि निकाल्न सक्दैन, यो मेरो दिमाखबाट हट्न सक्दैन, मसँग समय छैन भने केही समयका लागि म चेस नखेल्न पनि सक्छु, तर, बैंकिङ क्षेत्र मेरो करियरसँग सम्बन्धित, जसले मलाई मेरो परिवार चलाउनका लागि सहयोग गर्छ, मलाई लाग्छ बैंकको जागिर र चेस खेल मेरो लागि अपरिहार्य छन्,’ ‘उनी भन्छन्, ‘चेसले नै जिविकोपार्जन गर्न सक्ने अवस्था नेपालमा अहिलेसम्म बनिसकेको छैन, बैंकमा काम गर्दा गर्दै बढी तनाब भयो भने म रिफ्रेस हुन चेस खेल्छु, चेसले मलाई रिलिफ गर्छ ।’ बैंकर्सलाई चेस अपरिहार्य उनी बैंकर्सलाई चेस अपरिहार्य भएको बताउँछन् । चेसले ब्रेन विकासमा महत्वपूर्ण भूमीका खेल्ने भएकोले बैंकर्सले चेस खेल्नै पर्ने सुझाव उनी दिन्छन् । ‘चेस खेल बैंकमात्र होइन हरेक क्षेत्रमा आवश्यक छ, दिमाख जहाँ पनि प्रयोग हुन्छ, दिमाख प्रयोग हुुने सबै क्षेत्रमा चेस खेलको आवश्यकता छ, चेस खेल बैंकमा झन अपरिहार्य छ, बैंकमा आउने हरेक समस्याहरु समाधान गर्नको लागि पनि चेस खेलले महत्वपूर्ण भूमीका खेल्न सक्छ, धैर्यता बढाउनको लागि पनि यो खेल अपरिहार्य छ,’ उनले भने । आफु बैंकर पनि भएकोले धेरै फाइदा हुने गरेको उनको भनाई छ । उनका अनुसार अहिले उनलाई बैंकबाट पनि चेस खेलमा राम्रो साथ मिलेको छ । ‘समय मिलाउन सक्नु ठूलो विषय हो, बैंकले पनि निश्चित जिम्मेवारी दिएको हुन्छ, त्यो जिम्मेवारीलाई आफुले राम्रो सँग निर्वाह गर्ने हो, मैले बैंकले दिएको बिदा राम्रोसँग सदुपयोग गर्छु, कहिले काहिँ एउटा टुर्नामेन्ट हुँदा ४/५ दिन पनि समय लाग्छ, त्यतिखेर म बैंकसँग समन्वय गरेर मेरो बिदा कटाएर व्यवस्थापन गर्छु,’उनले भने,‘ मैले बैंकलाई मेरो यस्तो काम छ भनेर आग्रह गरेपछि बैंकले पनि स्वीकार गर्छ ।’ टुर्नामेन्ट चल्दै गर्दा आफ्नो खेल खेलेर फर्केर त्यही दिन बैंकमा काम गरेको अनुभव पनि चौलागाईंसँग छ । भुल्नै नसकिने त्यो क्षण चेसमा गोल्ड मेडलिष्ट बनेर नेपाल च्याम्पियन बन्नु उनको सपना थियो । सोही सपना साकार भएको दिन नै पुरुषाेत्तम आफ्नो भुल्नै नसकिने क्षणमा रुपमा लिन्छन् । ‘कुनै पनि टुर्नामेन्टमा प्रथम हुनु र गोल्ड मेडलिष्ट बन्नु मेरो लागि ठूलो उपलब्धि हो,मेरो निरन्तर रुपमा टुर्नामेन्छ जितेको छु, जुन मेरो जीवनमा महत्वपूर्ण क्षण हो, १४ देशहरुबीच एसिएन लेभलमा भएको चेस खेलमा म ब्राउन मेडलिष्ट पनि हुँ,उनी भन्छन्,‘तर नेपालमा चेस खेलाडीको खासै चर्चा हुँदैन, सरकारले पनि खासै प्राथमिकतामा राखेको छैन, त्यसबेला मात्रै दुःख लाग्छ ।’ दोस्रो नमुना बौद्ध मास्टर चेस प्रतियोगिताको विजेतापछि आमासँग तस्वीर खिचाउँदै चालागाईं उनी २०७६ मा भएको आठौं राष्ट्रिय चेस प्रतियोगिताका नेपाल च्याम्यिन हुन् । ओलम्पिआरमा सहभागी हुने अवसर पनि आफ्ना लागि ठूलो उपलब्धिका रुपमा उनी लिन्छन् । जुन कोरोनाको कारण २०२२ मा सरेको छ । सो खेलले आफुलाई अन्तर्राष्ट्रिय रुपमा अझ माथि बढ्ने महत्वपूर्ण खुुड्किला बन्ने आत्मविश्वास उनमा छ । ‘म टुर्नामेन्टमा पहिले दोस्रो मात्रै हुन्थेँ, केही वर्ष मात्रै भएको छ प्रथम हुन थालेको छु, अझै नेपाललाई चेस खेलमा अन्तर्राष्ट्रिय रुपमा चिनाउने लक्ष्य छ,’ उनले भने । हालसम्म दर्जनौं खेलहरुमा उनी विजेता बनिसकेका छन् । चार देशमा भ्रमण च्याम्पियन चौलागाईले चेस खेल खेल्नकै लागि विभिन्न चार देशमा भ्रमण गरिसकेका छन् । उनले भारतको मुम्बई, राजस्थान, जयपुर, चेन्नई, दिल्ली लगायतकाका शहरहरुमा गइसकेका छन् । सन् २०१३ मा रसियामा भएको एउटा प्रतियोगितामा भाग लिँदै चौलागाईं यस्तै उनले चीन, रसिया र दुवई गएर पनि चेस खेलिसकेका छन् । विदेशमा एक पटक गएपछि १५/२० दिन पनि बस्नु पर्ने अवस्था आउने उनले बताए । ‘घर परिवार मेरो काममा सकारात्मक हुनुहुनँ, उहाँहरुले साथ नदिएको भए त म यहाँसम्म हुँदैन थेँ, मेरो स्मोकिङ ड्रिङकिङमा ह्याविट नभएको कारणले पनि म जहाँ गए प नि घरको मान्छेले त्यति धेरै चिन्ता गर्नु हुन्नँ । उहाँहरुलाई मप्रति विश्वा भएको कारणले पनि जता गए पनि पूर्ण साथ दिनुु भयो, म १०/२० दिन बाहिर गए पनि उहाँहरुले कुनै अवरोध गर्नु भएन,’ उनी भन्छन्, ‘यसले मलाई झन यसमा रम्न हौसला मिलेको छ ।’ चेस खेलाडीलाई सुझाव बैंकर तथा च्याम्पियन चौलागाईं सुरुमा यो खेलको महत्व बुझ्न सुझाव दिन्छन् । ‘कुनै पनि खेलको आ–आफ्नै विशेषता र महत्व हुन्छन्, धेरै खेलहरुका विभिन्न फाइदा र वेफाइदा हुन्छन्, तर चेसका वेफाइदा छैनन् फाइदा मात्रै छन्, चेस खेल्ने मान्छे र नखेल्नेमान्छेमा धेरै फरक पाउन सक्छौं, एउटा चेस खेल्ने र नखेल्ने विद्यार्थीको तुलना गर्दा नखेल्नको भन्दा खेल्ने विद्यार्थीको राम्रो ग्रडे आएको अध्ययनले पनि देखाइसकेको छ, उनी भन्छन्,’ ‘चेस खे्ल्दा दुइटै बे्रन एक्टिभ हुने हुन्छ र यसले व्यक्तिको बे्रेन विकामा धेरै महत्वपूर्ण भूमिका खेल्छ, चेस खेल्ने सबैलाई यसलाई रिन्तरता दिन आग्रह गर्छु ।’ चेस खेल्ने मानिसमा बिर्सने रोग लाग्ने सम्भावना पनि एकदमै कम हुने उनको भनाई छ । ‘अहिले चेस खेलेर पनि जिविकापार्जन गर्न सकिने अवस्था छ,अनलाइनमा खेलेर पनि पैसा कमाउन सकिन्छ,यसले मान्छलाई धैयर्ता सिकाउँछ, राम्रो व्यक्ति बन्न यसले महत्वपूर्ण काम गर्छ,’ उनी बताउँछन् । राज्यले यसलाई महत्व नदिँदासम्म र यसमा लगानी नबढाउँदा सम्म माथि उठ्न नसक्ने बताउँदै यो खेलमा राज्यले लगानी बढाउनु पर्ने उनको धारणा छ । अहिले चेस खेल सिक्ने धेरै माध्यम भएको बताउँदै सानैदेखि चेस खेल्न सुरु गर्न पनि सुझाव दिन्छन् । भावी योजना उनी आगामी दिनमा नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने प्रयास गर्ने बताउँछन् । ‘मैले धेरैपछि चेस खेल्न सुरु गरेँ, जुन धेरै ढिलो भइसकेको थियो, चेसको विकास गर्नुछ भने स्कुल तहबाट सुरु गर्नुपर्छ, विदेशमा एलकेजी यूकजेटीबाटै चेस खेल्न सुरु गर्छन्, अब हामीले पनि स्कुल तहबाटै चेसलाई प्राथमिकता दिनु पर्छ,’ उनी भन्छन्,’ ‘एसएसएलसीसम्म पुग्दा व्यक्ति चेसमा टप भइसेको हुनु पर्छ ।’ अब विभिन्न स्कुलहरुमा चेस सुरु गर्नु पर्छ भनेर आफ्नो टिम लागि रहेको उनले बताए । यसका लागि अहिले अनलाइनबाट पनि काम भइरहेको उनको भनाई छ । यस्तै, आफु सहित साथीहरुले मिलेर अहिले एउटा चेस क्लब स्थापना गरेको उनले सुनाए । ‘अब चेसलाई बढी प्राथमिकता दिएर अगाडि बढ्ने योजना छ, क्लब पनि स्थापना गरिसकेका छौं, क्लब मार्फत चेसलाई अगाडि बढाउनको लागि पनि धेरै सहयोग पुग्छ,’ उनले भने । भिडियाे:

तिमी दलित भएकोले कोठा पाइनौ, म बाहुन भएर कोटा पाइनँ

प्रिय मित्र नमस्कार, यो हप्ता नेपाली छापा, डिजिटल अनलाइन खबरहरु र रेडियो तथा टेलिभिजनहरुमा तिम्रै सर्वाधिक चर्चा सुनियो । तिमीले दलित भएर कोठा नपाएको खबरहरु बारम्बार सुनियो । तिमी छाइरह्यौं यो हप्ता नेपाली मिडियामा, समाजिक सन्जालहरुमा । आजको एक्काइसौं शताब्दीमा पनि यस्ता मानवीय जातीय विभेदका समाचारहरु सुन्दा मलाई असाध्यै नरमाइलो लाग्छ । आजको एक्काइसौं शताब्दीमा पनि सामाजिक कुरितीले मान्छेलाई विभेद गर्न मान्छे नै अग्रसर हुनु मानव जातिकै लागि लज्जाको विषय हो भन्ने मलाई लाग्छ । म सुन्दछु साथी, बेलाबेलामा नेपाली समाजमा कहिले दलित भएकै कारणले मन्दिरमा छिर्न नपाएको, कथित उपल्लो जात भनाउदाहरुसँग मन परापर हँुदा पनि विवाह गर्न नपाएको, भोज बिहे बटुलोमा सामेल हुन नपाएको जस्ता समाचारहरु पनि म वारम्वार पढिरहेको हुन्छु । मलाई पनि दुःख लाग्छ, नरमाइलो लाग्छ । तर, यो पनि थाहा छ कि यस्ता सामाजिक कुरितीहरु विस्तारै हट्दै जाने छन् र पहिलेको तुलानामा हटिरहेका पनि छन् । पिडा आ–आफनै छन् साथी । दलितलाई समाजिक तिरस्कारको पिडा छ । महिलालाई महिलाकै पिडा छ । मधेशीलाई आफ्नै हिसावको चित्त दुखाई छ । गरिबलाई गरिबीकै पिडा छ । बेरोजगारलाई रोजगारीको तनाव छ । व्यापारीलाई व्यापारकै चिन्ता छ । देश आर्थिक रुपमा सवल र सक्षम नहुन्जेलसम्म यस्ता पिडा देखिरहन्छन् भन्ने लाग्छ साथी । के गर्छाैं ! यो समाज यस्तै छ । विस्तारै परिवर्तन हुदै पनि त छ । त्यसैले दुःख लाग्छ नै । तर, समाज परिवर्तनको लागि हामी सबैको संयुक्त प्रयास आवश्यक छ । परिवर्तन भनेको एक्कासी हुँदैन । हरेक जातजतिका आ–आफनै समस्याहरु छन् । कसैलाई भाषाको समस्या होला, मैले बुझ्ने भाषा वोलेन भनेर । मेरो जातले वोल्ने भाषा, स्कुल, कार्यालयमा लागू गरेन भन्ने होला कसैलाई । कसैलाई मेरो धर्म मानेन् भन्ने होला । कसैलाई मेरो संस्कृति लोप भयो भन्ने होला । विविधताको साझा मञ्चमा बसेपछि यस्ता समस्या कहिले काँही आउदा रहेछन् । कहिले ‘लोग्ने टोकेको’ नाउँमा जिउदै जलाइएको समाचार सुन्छु । कहिले दाइजोको नाउँमा हत्या गरेको समाचार सुन्छु । कहिले वोक्सीको नाममा यातना दिएको समाचारहरु सुन्छु । साह्रै दुःख लाग्छ । तर, के गर्नु आखिर यस्ता सामाजिक कुरितीहरु त छन् नै । ठूलो मेहेनत गरेर यस्ता सामाजिक कुरिती हटाउँदै जानु नै छ हामीले । हामीले धैर्य गर्नुपर्छ भन्ने मलाई लाग्छ । सजग हुनुपर्छ । यस्ता समस्या बेला बेलामा देखा परिरहेको छन्, नेपाली समाजमा । तर, हामीले विवेकपूर्ण काम गर्नुपर्छ । यस्ता सामाजिक कुरितीलाई जरैदेखि उखेलेर फाल्नुछ । त्यसको लागि समय, मेहेनत र प्रयास सानो गरेर हुँदैन । सानो अभियानले यो सामाजिक कुरिती उखेलेर मिल्काउन सकिन्न । कानुनभन्दा माथि जस्तै गरी रहेको सामाजिक कुरितीलाई परास्त गर्नु भनेको कुहिनोले पहाड भत्काउनु जस्तै हो । तर, निरन्तरको र सामुहिक लडाईले नै यस्ता कुसंस्कार हटाउन सकिन्छ । हामी त सयौं थुंगा फूलका एउटै माला नेपाली न हौं । त्यसैले विस्तारै नेपाली समाज परिवर्तन हुनेछ भन्ने अपेक्षा गर साथी । विचलित नहोऊँ । चित्त नदुखाउँ, डेरा पाइन भनेर । डेरा अवश्य पाउने छौं । फरक यत्ति हो, तिमीले कोठा नपाउँदा खबर बन्छ । देशको प्रमुख समाचार बन्छ र बजार तातिन्छ । तर, मैले जति गरे पनि समाचार बन्दैन । समस्या आ–आफ्नै छन् । तिमीलाई बस्नलाई समस्या, मलाई खान समस्या । तिमी दलित भएकोले कोठा पाइनौं । म गरिब भए पनि के गर्नु ? फगत बाहुन भएकोले कोटा पाइनँ ।