कमल थापाले गरे बालेनको तारिफ, महानगरको कार्यक्रम प्रशंसनीय

काठमाडौं । काठमाडौं महानगर पालिकाका मेयर वालेन साहको सामाजिक आकर्षण बढ्दै गएको छ । सर्बसाधारण मात्र होइन, ठूला नेता, प्रशासक र उद्योगी व्यापारीहरुले पनि वालेनसँग फोटो खिचाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेको पाइन्छ । प्रचण्ड, बाबुराम भट्टराई, गगन थापा, राजेन्द्र लिङ्देल लगायतले यसअघि नै वालेनको सार्वजनिक रुपमा तारिफ गरिसकेका छन् । वालेनको तारिफ गर्नेमा कमल थापा पनि थपिएका छन् । थापाले सोमबार ट्वीट गर्दै भनेका छन्–‘आकांक्षा असीमित हुन्छन् । यो पनि, त्यो पनि भैदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविक हो । तथापि काठमाडौँको समग्र विकासको निम्ति बालेन साहद्वारा प्रस्तुत नीति/कार्यक्रम प्रशंसनीय छ’ उनले भनेका छन्–‘संस्कृति, सम्पदाको संरक्षण र शिक्षा विकासमा ध्यान दिएको राम्रो लाग्यो । कार्यान्वयनको लागि शुभकामना ।’ कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री हुन् । पञ्चायत कालदेखि राजनीतिको केन्द्रमा रहेका उनी राप्रपामा राजेन्द्र लिङ्देलको उदयपछि ओझेलमा परेका छन् ।

चाहेर होस् या नचाहेर, स्वीकार्नै पर्ने सत्य हो ‘चिसो मान्छे’

काठमाडौं । चाहेर होस् या नचाहेर, स्वीकार्नै पर्ने सत्य हो चलचित्र ‘चिसो मान्छे’ । जसले हाम्रो मुलुकको राजधानीबाट दुर रहेको सुदुरको कथा थोरै तर हुबहु उतारेको छ । थोरै पात्र र धेरै लामो दुरि समेटेर बनाइएको उक्त चलचित्र नेपाली सिनेमाले खोजेको एक मीठो कोसेली हो । भोलिका दिनमा सिनेमार्केटलाई चिसो मान्छेले हल्लाउन नसक्ला,सोसल मिडियाको भाइरल कन्टेन्ट बन्न नसक्ला, चिसो मान्छेका मुख्य पात्रलाई सबैले चिन्न नसक्लान् । तर उक्त चलचित्र हेर्ने दर्शकले चिसो मान्छेलाई अलग्गै किसिमले व्याख्या गर्ने छन् । के उतारेको छैन र चिसो मान्छेले ? चिसो मान्छेले परदेशदेखि घरदेशसम्मको कथा पर्दामा उतारेको छ । विधवादेखि विदुरसम्मको पीडा उतारेको छ । बाकसमा थुनिएको चिसो लासमाथि हुने भष्ट्रचार उतारेको छ, लासमाथि खेलिने राजनीति उतारेको छ । सुदुरपश्चिममा गरिने जातिय विभेदलाई उतारेको छ (डुम्) । एक विधवाले एक विदुरको आँखा पढिसकेपछि, यो समय यहि रोक्कियोस् भन्दै गर्दा मलाई कविजीको एउटा लाइन बारम्बार मगजमा खेलिरह्यो । ‘तिमी आँखा खोलेर निदाउन सक्दैनौं, मलाई पढ्नु छ तिम्रा आँखा के भन्न चाहन्छन् भनि ।’ कथाले जे माग्यो, जस्तो माग्यो त्यस्तै रूपमा प्रस्तुत भैदिने कलाकार क्या कलाकार । भाषा, भूगोल अनि कथा नै फरक पर्दा पनि कत्ति मज्जाले भूमिका निभाउनुभयो । पुरै मुभि हेरेपछि यति भन्न कन्जुस्याइँ गर्न सकिन्न ‘पूर्वकी स्वास्तिमाले पश्चिमी भाषालाई न्याय दिएकी छिन् ।’

यसरी गर्दैछन् मेयर बालेनले काठमाडौंको फोहोर व्यवस्थापन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले  फोहोर व्यवस्थापनलाई पनि उच्च प्राथमिकता दिएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । वर्षेनी फोहोरको समस्या व्यवस्थापनमा सकस हुँदैआएको महानगरलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाले महत्वका साथ हेरेको छ । मेयर बालेनले काठमाडौंको फोहोर व्यवस्थापन गर्न फोहोरको पुनः प्रयोग र प्रशोधन गर्न श्रोतमा नै बर्गिकरण गर्ने व्यवस्था मिलाइने बताएका छन् । उनले कुहिने फोहोरलाई घरमै मल बनाउने महानगरवासिहरुका लागि सोही प्रयोजनमा लाग्ने शुल्क विशेष सहुलियत दिने प्रबन्ध मिलाइने, ३ प्रविधिमा आधारित फोहरमैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरको फोहरमैला (मल्टिपल स्वेल वेस्ट)को दिगो व्यवस्थापन गरिने बताएका छन् । उनले यसका लागि आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा सो को प्राप्ति, स्थापना, विकास र सञ्चालनको कार्य गर्न एक छुट्टै परियोजना गठन गरी (जीरो वोस्ट) कार्यान्वयन अवधारणा कार्यान्वयन गर्ने नीति लिइने, फोहर वस्तुको संकलन, ढुवानी, प्रशोधन र पुनः प्रयोग तथा सो वाट उर्जा उत्पादनका लागिकाठमाडौं महानगरपालिका लगायत अन्य स्थानीय तहका उपयुक्त स्थानहरुमा वेस्ट इन्र्जि प्लान्ट एबिलत जडान गर्ने नीति लिइने लगायतका कार्यक्रम ल्याएका छन् । यस्तै, महानगर क्षेत्रभित्रको फोहरमैलाको दीगो व्यवस्थापनको लागि फोहरको संकलन, ढुवानी र रुपान्तरण गर्न प्रतिस्पर्धात्मक विधिवाट कार्य अगाडी बढाइनेछ । वातावरण संरक्षण र प्रवर्धनका लागि वैज्ञानिक उपायहरु अवलम्बन गर्नुका साथै सम्मानित सर्वोच्च अदालतबाट भएका निर्देशनात्मक आदेश कानुन वनाई कार्यान्वयन गरिने, चालिस माइक्रोन भन्दा पातलो प्लास्टिक झोलाको प्रयोगलाई निषेध गरिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख छ । प्लास्टिक झोलाको सट्टा कपडा, जुट वा कागजको झोला उत्पदान, विक्रि वितरण र प्रयोगलाई प्रोत्साहन हुने किसिमका कार्यक्रमहरु संचालन गरिने, सार्वजनिक जग्गा, नदी किनार, सरकारी कार्यालय परिसरमा वृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिइनेछ । सतप्रतिशत घरले जमिन नओगटेका क्षेत्रहरुमा एक घर एक रुख अभियान संचालन गरिने, महानगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरुको लगत राखिनेछ । सार्वजनिक जग्गाहरुको अतिक्रमण हटाई पार्क निर्माण गरिने विषयले पनि नीति तथा कार्यक्रममा प्राथमिकता पाएको छ ।