एक लाख राशिको शारदादेवी-ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कारको आवेदन खुल्ला

काठमाडौं । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले एक लाख रुपैयाँ राशिको आर्थिक पत्रकारिता पुरस्कारको आवेदन खुला गरेको छ । नाफिजले साउन १ गतेदेखि ‘शारदादेवी-ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०७९’ का लागि आवेदन खुल्ला गरेको हो । नाफिज सदस्यहरुले २०७८ साउन १ गतेदेखि २०७९ असार ३२ गतेसम्म आफ्नो सञ्चार माध्यममा प्रकाशन वा प्रसारण गरिएका खोजमुलक अनलाइनसहितको समाचार सामाग्री र आवद्ध सञ्चार संस्थाको परिचयपत्रको फोटोकपी साउन मसान्तभित्र पेश गर्न आग्रह गरेको हो । बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदादेवी/ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ का नामले सो पुरस्कार प्रदान गर्ने सम्झौता भएको थियो । भट्टराईले आफ्ना माता पिताको सम्मानमा सो पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेका थिए । पुरस्कारका लागि आवश्यक पर्ने स्रोत भट्टराईले अक्षय कोषका रुपमा रकम उपलब्ध गराउने सहमति भएको थियो ।

मेरो माइक्रोफाइनान्सका सीईओ दाहाल सम्मानित

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरि दाहाल सम्मानित भएका छन् । सीईओ दाहाल ‘कर्पोरेट बिजनेश एसीलेन्सी अवार्ड २०२२’ बाट सम्मानित भएका हुन् ।

इच्छाराजकी श्रीमति सिर्जना पनि पक्राउ, सहकारीका बचतकर्ताको ५ अर्ब ८४ करोड ठगेको आरोप

काठमाडौं । सिभिल सहकारीका सञ्चालक इचछाराज तामाङकी श्रीमति सिर्जना शाक्य तामाङ पनि पक्राउ परेकी छन् । सिभिल सहकारीका बचतकर्ताको रकम ठगेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (आईबी) उनलाई मंगलबार पक्राउ गरेको हो । सिभिल सेभिङ् एण्ड क्रेडिट सहकारी संस्थामा आकर्षक ब्याजदर एवं बिभिन्न प्रलोभन समेतमा पारी ठुलो संख्यामा वचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाई संगठित रुपमा ५ अर्ब ८४ करोड ४० लाख २१हजार रुपैयाँ ठगेको आरोपमा उनी पक्राउ परेकी हुन् । बिगत ३ वर्ष देखी आफुले वचत गरेको रकमको सावा तथा ब्याज पटक पटक अनुरोध गर्दा समेत नपाई १५३० जना पीडितहरुले यस कार्यालयमा ठगी एवं संगठित अपराध कसूरमा जाहेरी दरखास्त दिई सोही जाहेरी दरखास्तको आधारमा अनुसन्धान सम्पन्न भई गत मंसिर १७ गतेमा उक्त संस्थाका पूर्व अध्यक्ष ईच्छा राज तामाङ् सहित १२ जना प्रतिबादीहरुलाई पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा प्रतिवादी ईच्छा राज तामाङ् र केशवलाल श्रेष्ठ पुपर्क्षको लागि कारागारमा थुनामा छन् । सोही मुद्दामा काठमाडौं जिल्ला अदालतबाट गत पुस २७ गते पक्राउ पूर्जि जारी भई शुरु देखी नै फरार रहेकी प्रतिबादी उक्त संस्थाका लेखा समिति सदस्य एवं प्रतिवादी ईच्छा राज तामाङ्को पत्नी सिर्जना शाक्य ९तामाङ०लाई आज रामशाहपथबाट पक्राउ गरिएको बताइएको छ । उनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरीएको बताइएको छ ।