उपनिर्वाचनका लागि भारतीय सीमानाका ३ दिन बन्द

बारा । यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखि आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरी आज राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको छ । उपनिर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । यस्तै मतदानकार्य सम्पन्न नभएसम्म जिल्लाभरि मादक पदार्थ ओसारपसार, बिक्री–वितरण र सेवनमा रोक लगाइएको छ । बारा क्षेत्र नं २ भित्र पर्ने हुलाकी राजमार्गलगायत सम्पूण राजमार्गमा वैशाख ९ गते राति १२ बजेदेखि वैशाख १० गते साँझ ७ बजेसम्मका लागि अत्यावश्यकबाहेक सम्पूर्ण आवागमन बन्द गरिएको प्रजिअ सापकोटाले जानकारी दिए । रासस

पेट्रोनास स्प्रीन्टा चाय पकोडा ब्रेकफास्ट राइड आयोजना हुँदै

काठमाडौं । पेट्रोनास स्प्रीन्टा चाय पकोडा ब्रेकफस्ट राइड आयोजना हुने भएको छ । पेट्रोनास ल्युब्रिकेन्ट पेट्रोनास स्प्रीन्टा– चाइ पकौडा ब्रेकफास्ट राइडलाई इन्डियाको बाइक विक र काठमाडौं लेजेन्डको संयुक्त सहकार्यमा नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको छ । कम्पनीका अनुसार यसले प्राकृतिक ग्याँस साथै, पेट्रोलियम उत्पादनहरु सयौ देशमा बिक्री बितरण गर्दै आएको छ । यस मध्ये पेट्रोनास ल्युब्रिकेन्टले २ पांग्रे, ३ पांग्रे, ४ पांग्रे र अन्य सवारी साधनको साथै कारखानाहरुमा प्रयोग हुने ल्युब्रिकेन्ट आयल उत्पादन गरी बिक्री बितरण गर्दै आएको जनाएको छ । त्यस्तै, गरी ४ पांग्रेमा प्रयोग हुनेलाई प्रेटरोनास सिनीटम भनिन्छ र ठुलो गाडीमा लाग्ने इन्जिन आयललाई पेट्रोनास युरीनिया भनिन्छ । यस्का साथै हाइड्रोलिक आयललाई हाइड्रोसर भनिन्छ र टान्मीसन ओइललाई टुइटेला टन्मीसन भनिन्छ । कम्पनीका अनुसार शनिबार आयोजना हुने पेटरोनास स्प्रीन्टा चाइ पकौडा ब्रेकफास्ट राइड कार्यक्रम देश भरीका सबै २ पांग्रे सवारहरुको सहभागिता हुनेछ । यस कार्यक्रम भारतमा हुँदै आइरहेको पेटरोनास स्प्रीन्टा चाय पकोडा ब्रेकफास्ट राइड इन्डिया बाइक विकले समय समयमा बर्षै भरी नै आयोजना गर्दै आइराखेकोछ र यो संस्करण नेपालमा पहिलो पटक हुन गइराखेको छ । यस कार्यक्रममा देश भरका करिब १५० देखि २०० जना सवारहरुको सहभागी रहनेछ । पेटरोनास स्प्रीन्टा चाइ पकौडा ब्रेकफास्ट राइड ढुङ्गेअड्डा स्थित त्रिथुङ्गा कम्प्लेक्समाबिहान ८ बजेबाट शुरुभई धुलिखेल स्थित मीराबेल रिसोर्टमा ब्रेकफास्ट गरी समापन हुने कम्पनीले जनाएकाे छ ।

डोल्पामा लुकीछिपी यार्सा सङ्कलन गर्न जाने १३ जना पक्राउ

डोल्पा । डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन् । यार्सा सिजन खुल्नुअगाडि नै पाटनमा छिर्न खोज्ने १३ जनालाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र रामबाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए । उनीहरु सबै निकुञ्जको तोइजुमपोष्टबाट पक्राउ परेको भण्डारीले बताए । डोल्पामा प्रत्येक वर्ष सर्वदलीय निर्णय गरेर मात्र यार्सा सङ्कलन पाटन खुलाउने गरिन्छ । त्यसैगरी, कुनासा र पुनिखा पाटनमा अवैध रुपमा छिरेका ४० जनाको हाराहारीमा रहेको समूहलाई निकुञ्ज र सेनाको संयुक्त गस्ती टोलीले निगरानी गरेको संरक्षण अधिकृत भण्डारीले जानकारी दिए । यस वर्षको यार्सा सङ्कलन गर्ने समय नजिकिँदै गर्दा एक सातादेखि निकुञ्जका कर्मचारी र सेनाले निकुञ्ज क्षेत्रमा पर्ने यार्सा पाटनमा संयुक्त गस्ती गरिरहेको निकुञ्जले जनाएको छ । यार्सा सङ्कलन गर्ने समय अगाडि नै लुकीछिपी पाटन नछिर्न निकुञ्जले सर्वसाधारणलाई आग्रह गरेको छ । नियमित गस्तीका क्रममा पाटनमा कोही भेटिएमा पक्राउ गरी नियमानुसार कारबाही गरिनेसमेत निकुञ्जले जनाएको छ । रासस