ग्रिनलाईफ हाइड्रोपावरले १८ करोडको आईपीओ निष्कासन गर्ने
काठमाडौं । ग्रिनलाईफ हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा काठमाडौं क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
जोशी हाइड्रोपावरले १६ करोड ९० लाखको आईपीओ निष्कासन गर्दै
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ८० हजार ४७० कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ निष्कासन गरिसकेको छ । अब सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो ।
ङादी ग्रुपको आगामी वार्षिक साधारणसभा स्थगित, अब कहिले हुन्छ ?
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको आगामी वार्षिक साधारणसभा स्थगित भएको छ । आगामी भदौ २७ गते गर्ने भनिएको साधारणसभा हालको लागि स्थगित गरी अब असोज ४ गते गर्ने निर्णय गरेको छ । उक्त निर्णय भदौ ८ गते बसेको कम्पनी संचालक समितिको बैठकले गरेको हो । विशेष कारणले केही संचालकहरु देश बाहिर हुने भएकाले भदौ २७ गतेको हुने भनिएको सभा स्थगित भएको कम्पनीले जनाएको छ । संस्थाले शुक्रबार नेप्सेमा एक सूचनाद्धारा साधारणसभाको मिति सरेको जानकारी गराएको हो । उक्त सभाले सेयरधनीलाई १० प्रतिशत बोनस दिने संस्थाको प्रस्तावलाई पारित गर्ने छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५३ करोड ५४ लाख रुपैयाँ पुग्ने छ । यसपछि हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।