एसबिआई बैंकको १६ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रस्तावित १६.८४ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको २६औं वार्षिक साधारणसभाले शेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । उक्त सभा मंसिर २९ गते भद्रकाली स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । सभाले पारित गरेसँगै शेयरधनीले ६ प्रतिशत बोनस तथा १०.८४ प्रतिशत नगद लाभांश पाउने छन् । बैंकले आर्थिक वर्ष २०७५/७६ मा ३१२ करोड ३९ लाख रुपैयाँ करोड संचालन मुनाफा र २२९ करोड २५ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७५/०७६ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । उक्त सधारणसभाले आ.व. २०७६/७७ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टिआर उपाध्याय एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं नीजको पारिश्रमिक अनुमोदन गरेको छ ।

साताको शेयर बजारः दुई अर्ब ५६ करोडको कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक ३७ विन्दुले बढेको छ । साताभर नै बजारले उकालोको यात्रा तय गर्यो । कूल १७३ कम्पनीका ८२ लाख ५४ हजार ९३३ कित्ता शेयर दुई अर्ब ५६ करोड ७४ लाख ८० हजार १९७ रुपैयाँ मूल्यमा खरिदबिक्री भए । कारोवारका आधारमा दुई अर्ब रुपैयाँ माथि पुगेको छ । पछिल्ला दिनमा नेप्सेले उकालोको यात्रा तय गर्दा शेयर लगानीकर्तामा समेत एक प्रकारको उत्साह पैदा भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से कारोवारको शुरुआती दिनदेखि नै उकालोको यात्रा तय गरेको थियो । साताको पहिलो दिन नेप्से परिसूचक ३.४५ विन्दुले बढेर एक हजार १३५.३७ विन्दुमा पुगेको थियो । कूल १७१ कम्पनीका नौ लाख ८७ हजार ७३९ कित्ता शेयर २८ करोड ७५ लाख २७ हजार ८२५ रुपैयाँमा खरिदबिक्री भए । यस्तै साताको दोस्रो दिन सोमबार नेप्से १३.५१ विन्दुले बढेर एक हजार १४८.८९ मा पुग्यो । सो दिन कूल १७३ कम्पनीको १४ लाख ५९ हजार ७०० कित्ता शेयर ४६ करोड ४२ लाख २० हजार ३९२ मूल्यमा खरिदबिक्री भए । उकालोको यात्रा तय गरेको नेप्सेले मङ्गलबार पनि सोही गति पछ्यायो । सो दिन नेप्सेमा २.४८ विन्दुले सुधार भई एक हजार १५१.३६ विन्दुमा पुग्यो । कूल १७० कम्पनीको १६ लाख ६१ हजार ८२८ कित्ता शेयर ५० करोड तीन लाख २८ हजार ९१५ रुपैयाँमा खरिदबिक्री भए । बुधबार नेप्से परिसूचक १० अङ्कले बढ्यो । कूल १०।११ अङ्कले बढेर एक हजार १६१.४७ मा नेप्से पुग्दा कूल १७३ कम्पनीको २० लाख ४३ हजार ६०५ कित्ता शेयर ५५ करोड १३ लाख ७७ हजार ८५२ रुपैयाँमा खरिदबिक्री भए । यस्तै साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भई बजार बन्द भयो । सो दिन नेप्से ११।१७ अङ्कले बढेर नेप्से एक हजार १७२.६४ पुग्यो । परिसूचक बढेसँगै कारोवार रकममा पनि बढोत्तरी भयो । कूल १६८ कम्पनीका २१ लाख दुई हजार ६१ कित्ता शेयर ७६ करोड ४० लाख २५ लाख २१३ रुपैयाँमा खरिदबिक्री भए । रासस

गरिमा विकास बैंकको १६ प्रतिशत बोनस शेयर पारित, चुक्ता पुँजी ३ अर्ब नाघ्यो

काठमाडौं । गरिमा विकास बैंकको प्रस्तावित १६.१५ प्रतिशत बोनस शेयर पारित भएको छ । मंसिर २७ गते सम्पन्न गरिमाको तेह्रौं बार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.८५ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । सभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ । साथै, उक्त साधारणसभाबाट विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब बनाउने प्रश्ताव समेत पारित भएको इन्स्योरेन्सले जनाएको छ । हाल २ अर्ब ७८ करोड चुक्ता पुँजी रहेको विकास बैंकको १६.१५ प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुँजी ३ अर्ब २३ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । उक्त सभा शुक्रबार(आज) कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको थियो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको विकास बैंकका हाल देशभर ९० शाखा कार्यालय सञ्चालनमा रहेका छन । विकास बैंकको २०७६ मंसिर २६ गतेसम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३२ अर्ब ५० करोड कर्जा प्रवाह गरेको संस्थाले जनाएको छ ।