लाभांश र हकप्रद पारित गर्न आईएमई जनरल इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले आगामी बैशाख १२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन १० बजे काठमाडौंको नक्सालस्थित केन्द्रिय कार्यालयमा आफ्नो २३औं वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले सभामा लाभांश पारित गर्ने विशेष प्रस्ताव लैजाँदै छ । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३९ लाख ८६ हजार रुपैयाँ नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, सभाले चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले चुक्ता पुँजीको अनुपात संस्थापक सेयरधनी समूहतर्फ ६० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहतर्फ ४० प्रतिशत रहेकोमा सो संसोधन गरी संस्थापक सेयरधनी समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहतर्फ ४९ प्रतिशत कायम गर्ने गरी संसोधन गर्ने प्रस्तावलाई सभाले अनुमोदन गर्दै छ । त्यसैगरी, सभाले कम्पनीको स्वतन्त्र सञ्चालकमा कृष्णप्रसाद शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गरेकोले सो को लागि अनुमोदन गर्ने छ । सभामा जाने प्रयोजनको लागि संस्थाको बैशाख २ गतेदेखि बैशाख १२ गतेसम्म बुक क्लोज हुने छ । सम्बन्धित समाचार आईएमई जनरल इन्स्योरेन्सले ७ प्रतिशत बोनस सेयरपछि ४० प्रतिशत हकप्रद सेयर दिने आईएमई जनरल इन्स्योरेन्सले घोषणा गर्यो हालसम्मकै उच्च लाभांश

सेयर किन्छु मात्रै बेच्ने गर्या छैनः चेम्बर अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आफुले सेयर खरिद मात्रै गर्ने तर नबेच्ने बताएका छन् । हालसम्म विभिन्न कम्पनीहरुले सार्वजनिक गर्ने प्राथमिक सेयर (आईपीओ) भर्ने मात्र  तर सेयर बेच्ने नगरेको उनले बताएका हुन् । उनका अनुसार हालसम्म विभिन्न कम्पनीहरुले सार्वजनिक गरेको प्राथमिक सेयर, हकप्रद सेयरमा लगानी गरेको भएपनि खरिद बिक्रीमा त्यतिधेरै सक्रिय छैनन् । ‘सेयरमा कारोबार गर्नको लागि मैले एउटा पोर्टफोलियो म्यानेज्मेन्ट सर्भिससँग सम्झौता गरेको छु, उनीहरु आफै सेयर सार्वजनिक भएको समयमा भरिदिन्छन्, हालसम्म बेचेको भने छैन, उनीहरुसँग दुई/दुई वर्षमा सम्झौता हुन्छ हुन्छ,’ उनले भने,‘ तर त्यसको ग्रोथ भने मलाई बेलाबेलामा भनिरहेका हुन्छन्,त्यसबाट पनि राम्रै आम्दानी भइरहेको छ ।’ सेयर किन्ने बेच्ने समय नभएर नै सक्रिय रुपमा त्यसमा नलागेर अरुलाई नै जिम्मा दिएको उनी बताउँछन् । ‘अब त झन चेम्बरको नेतृत्व मेरो काँधमा आएको छ, अब चेम्बरलाई नै समय दिन्छु, यस संस्थागत विकास र सबै उद्योगी व्यवसायीहरुका समस्या बुझ्ने काम गर्छु, समाज सेवा त छदैँछ,’ उनले भने । सम्बन्धित सामग्री  ‘व्यापारले हात्ती पाल्छ, जागिरले श्रीमती पनि पाल्न सकिदैन’

हकप्रद जारी गर्ने प्रकृया अघि बढाउँदै एक्सेल डेभलपमेन्ट बैंक, बिक्री प्रबन्धकमा एनआईबिएल एस

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । विकास बैंकले ३० प्रतिशत हकप्रद निष्काशन गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । विकास बैंकको गत असार १४ गते सम्पन्न चौधौं वार्षिक साधारणसभाले सेयरधनीलाई १० बराबर ३ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई पारित गरेको थियो । यससँगै संस्थाले एक सय अंकित दरको २४ लाख ३३ हजार कित्ता अर्थात २४ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय काठमाडौंको लाजिम्पाटमा रहेको छ ।