२६ अंकले घट्यो नेप्से, ३ अर्ब ५५ करोडकाे सेयर किनबेच

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार (आज) सेयर बजार २६ अंकले घटेको छ । बजार परिसूचक नेप्से २६.२९ अंकले घटेर  २६२७.११ विन्दुमा झरेको हो ।

 आज  ३४ कम्पनीको सेयर मूल्य बढेको छ  भने २३९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी, चार कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ  ।

आज ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । 

७५ लाख ४० हजार ४१८ कित्ता सेयर ४६ हजार २४६ पटक किनबेच भएको हो ।

आज स्नो रिभर्स, सनिगाड हाइड्रो र कलंगा हाइड्रोको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । 

थ्रीस्टार हाइड्रो, नेपाल फाइनान्स, खानीखोला हाइड्रो, एनआईबीएल स्टेबल फन्ड, उपकार लघुवित्तले धेरै गुमाएका छन् ।

समूहगत सूचकतर्फ १३ वटै समूह घटेका छन् । सबैभन्दा धेरै व्यापार समूह ३.१५ प्रतिशतले घटेको छ ।

बैंकिङ १.०६, विकास बैंक ०.३०, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर ०.९८, लगानी ०.७२, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन १.१७, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा ०.९८ र अन्य ०.५२ प्रतिशत घटेका छन् ।

Share News