सनराइज फर्स्ट म्युचुअल फण्डले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डको आगामी भदौ १३ गते बुक क्लोज हुने भएको छ । योजना व्यवस्थापक सनराइज क्यापिटलले प्रतिफल वितरण गर्ने प्रयोजनको लागि उक्त एकदिन बुक क्लोज गर्ने निर्णय गरेको हो । योजनाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट इकाईधनीलाई कर सहित ५० प्रतिशतका दरले प्रतिफल वितरण गर्न लागेको हो । सनराइज फर्स्ट म्युचुअल फण्ड योजना सनराइज बैंकबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हो ।
लाभांश पारित गर्न रुरु जलविद्युतले एकैपटक डाक्यो दुई वर्षको साधारणसभा
काठमाडौं । रुरु जलविद्युत परियोजनाले एकैपटक दुई वर्षको वार्षिक साधारणसभा आव्हान गरेको छ । परियोजनाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक साधारणसभा आगामी असोज १६ गते गर्न लागेको हो । भदौ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त सभा सो दिन बिहान ११ बजे भर्च्युअल माध्यमबाट गर्ने निर्णय गरेको हो । सभाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गर्दै छ । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १०.५६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्तावलाई पनि सभाले पारित गर्दै छ । उक्त सेयरको कर प्रयोजनको लागि ०.५६३२ प्रतिशत नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव रहेको छ । त्यसैगरी, सभाले कम्पनीको संस्थापक सेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक निर्वाचन गर्ने छ । सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी असोज ७ गते बुक क्लोज गर्न लागेको छ । यससँगै असोज ६ गतेसम्म कायम सेयरधनीले सो प्रस्तावित लाभांश पाउने छन् ।
जीवन विकास लघुवित्तको सेयरमा आज पनि सर्किट, प्रतिकित्ता कति पुग्यो ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ । आइतबार कारोबार खुलेको केही समय नबित्दै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । यससँगै कम्पनीको सेयर प्रतिकित्ता ४२९६.७० रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनमा प्रतिकित्ता ३९० रुपैयाँले बढी हो । अघिल्लो कारोबार अर्थात गत बिहीबारको बजारमा पनि कम्पनीको सेयरमा सर्किट लागेर प्रतिकित्ता ३९०६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । दोश्रो बजारमा कोरोबार शुरु भएदेखि नै कम्पनीको सेयर मूल्यमा निरन्तर सकारात्मक सर्किट लागिरहेको छ । हालसम्म कम्पनीको सेयर मूल्य ३७० प्रतिशत बढीले बढेको छ । पहिलो दिन प्रतिकित्ता ९१४ रुपैयाँदेखि कारोबार शुरु भएको कम्पनीको भाउ बढेर प्रतिकित्ता ४२९६ रुपैयाँसम्म पुगिसकेको छ ।