६९ अंकले घट्यो नेप्से, कारोबार रकम १३ अर्बमा सीमित
काठमाडौं । मंगलबारको सेयर बजार राताम्मे भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६९.०५ अंकले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा २.२७ प्रतिशतले घटी हो । कारोबार खुलेदेखि निरन्तर घटेको परिसूचक अन्तत २९७५.८४ बिन्दुमा अडिएको छ । बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा १३ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत आइतबारको तुलनामा २ अर्ब ४० करोड रुपैयाँले घटी हो । आइतबारको बजारमा १५ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर किनबेभ भएको थियो । बजारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १ अर्ब माथिको सेयर किनबेच भएको छ । मंगलबारको बजारमा कारोबारमा आएका १३ वटै समूह राताम्मे देखिएका छन् । जसमध्ये जीवन बीमा समूह ४४७ अंकले घटेको छ ।
नेप्से अपडेटः ३००० बिन्दुबाट झर्यो परिसूचक, सबै समूह राताम्मे
काठमाडौं । मंगलबारको बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३००० बिन्दुबाट तल झरेको छ । दिउँसो १ बजेर ४७ मिनेट जाँदा परिसूचक ७०.१२ अंकले घटेर २९७४.७८ बिन्दुमा आइपुगेको छ । बिहान कारोबार शुरु भएदेखि ओरालोको बाटो तय गरेको बजार निरन्तर रुपमा बढी रहेको छ । र, कारोबार बन्द हुन सवा एक घण्टा बाँकी हुँदा परिसूचक २.३० प्रतिशतले घटी सकेको छ । यो अवधिमा कूल ९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२१ कम्पनीको सेयर कारोबार भएको बजारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको उच्च कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको ६८ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ । त्यस्तै, कारोबारमा आएका १३ वटै समूह राताम्मे देखिएका छन् ।
ओपनिङमै राताम्मे बन्यो सेयर बजार, ३० अंकले घट्यो
काठमाडौं । सेयर बजारमा सुरुमै ३०.७२ अंकको गिरावाट आएको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार ३०.७२ अंकले गिरावट आएको हो । ११ बजेर ८ मिनेट जाँदा ५ लाख ६५ कित्ता सेयर किनबेचबाट कुल ४१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।