अरुण सेक्युरिटिज र ओपल सेक्युरिटिजलाई कारबाही गर्यो नेप्सेले
काठमाडौं, १६ मंसिर । नेपाल स्टक एक्सचेन्जले दुई वटा ब्रोकर कम्पनीहरुलाई अनिश्चितकालको लागि निलम्वन गरेको छ । नेप्सेले धितोपत्र बोर्डको निर्देशन भन्दै ब्रोकर नम्वर ३ अरुण सेक्युरिटिज र ब्रोकर नम्बर ४ ओपल सेक्युरिटिजलाई निलम्वन गरेको हो । उनीहरुलाई के कारणले निलम्वन गरिएको हो भन्नेबारेमा नेप्सेले विस्तृत विवरण दिएको छैन । अरुण सेक्युरिटिजलाई नेप्सेले बारम्बार कारबाही गर्दै आइरहेको छ भने ओपल सवेक्युरिटीजले पनि केहीसमययता कारबाही भोगिरहेको छ ।
मर्चेन्ट बैंकरहरुको कार्यक्षेत्र विस्तार गर्दै बोर्ड, मर्चेन्ट बैंकरले लोन सिन्डिकेशनदेखि भेन्चर क्यापिटलसम्मको काम गर्न पाउने
काठमाडौं, १६ मंसिर । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरहरुको कार्यक्षेत्र बढाउने तयारी गरिरहेको छ । मर्चेन्ट बैंकरहरुले आफ्नो कार्यक्षेत्र बढाउनको लागि पटक पटक माग गरिरहेका कारण बोर्डले कार्यक्षेत्र बढाउने निर्णय गरेको हो । धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीका अनुसार मर्चेन्ट बैंकहरुको कार्यक्षेत्र बढाउने गृहकार्य भइरहेको छ । उनका अनुसार बोर्डले मर्चेन्ट बैंकरहरुले परामर्शदाता, लोन सिन्डिकेसन, मर्जर /एक्वीजीसन, प्राइभेट इक्विटी म्यानेजमेन्ट र भेन्चर क्यापिटलको पनि काम गर्न पाउने गरी कार्यक्षेत्र बढाउन लागेको हो । हाल मर्चेन्ट बैंकरले आफ्नो पुजीको आधारमा निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभुति ,शेयर रजिष्ट्रेशन र लगानी ब्यवस्थापनको काम गर्दै आइरहेका छन् । कार्यक्षेत्र कम हुदा मर्चेन्ट बैंकरहरुलाई काम गर्न असहज भइरहेकोले कार्यक्षेत्र बढाउने निर्णय राम्रो भएको सिभिल क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स कम्पनीका कार्यकारी अधिकृत पराग विष्ट बताउँछन् । उनका अनुसार कार्यक्षेत्र बढेपछि मचेन्ट बैकरहरुले लोन सिन्डकेसनको काम पनि गर्न पाउने छन् । जुन काम अहिले बैंकहरु आफैले गर्दै आइरहेका छन् । विष्टले भने,’ कार्यक्षेत्र बढेमा कुनैपनि कम्पनी मर्जर हुदा वा कुनै एक कम्पनीले अर्को कम्पनी किन्दा गरिने सेयर सम्बन्धी सम्पुर्ण काम मर्चन्ट बैंकरले गर्न पाउँछन् जुन काम अहिले चार्टड एकाउन्टेन्डहरुले गर्र्दै आइरहेका छन् ।‘ ‘त्यस्तै प्राइभेट इक्वीटी म्यानेजमेन्ट जस्तै र भेन्चर क्यापीटलको काम पनि गर्न सकिने छ’, विष्टले भने । कार्यक्षेत्र बृद्धिसँगै बोर्डले मर्चेन्ट बैंकरहरुको पुँजी पनि बृद्धि गर्दै छ । बोर्डका प्रबक्ता निरज गिरीका अनुसार मर्चेन्ट बैंकरहरुको कार्यक्षेत्र बढ्दा वित्तिय स्थायित्व कायम गर्नका लागि उनीहरुको पुँजी बृद्धि पनि जरुरी रहेकोले पुँजी बृद्धि गर्ने कार्य पनि अघि बढाएको हो । हाल १९ वटा मर्चेन्ट बैंकरहरु रहेका छन् । उनीहरुले सिमित कामको लागि मात्र अनुमति पाएका छन् ।
एनआईबिएल प्रगति फन्डको बिक्री खुला, ढिलोमा मंसिर ३० गतेसम्म किन्न पाइने
काठमाडौं, १६ मंसिर । एनआइबीएल प्रगति फन्डको बिहीबार (आज)देखि बिक्री खुला भएको छ । कम्पनीले करोड म्युचुअल फन्डका नयाँ इकाई बजारमा ल्याएको छ । कुल ६ करोड इकाईमध्ये पाँच करोड १० लाख कित्ता सर्वसाधारणको लागि खुला गरेको कम्पनीले जनाएको छ । उक्त फण्डको प्रतिइकाई मूल्य १० रूपैयाँ कायम गरिएको छ । कम्पनीले ६ करोड इकाईमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड र ८० लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेस्टमेन्ट बैंकले पाउने बताएको छ । बाँकी रहेको पाँच करोड १० लाख इकाई चाँहि कम्पनीले सर्वसाधरणमा निष्कासन तथा बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम एक सय इकाई र अधिकतम ६० लाख इकाईसम्म आवेदन दिन पाइनेछ । कम्पनीले जारी गरेको उक्त फण्डमा सर्वसाधारणले मंसिर २० गते सम्म आवेदन दिइसक्नु पर्ने छ । सो समय भित्र पनि आवश्यकता अनुसार आवेदन नपरेमा कम्पनीले मंसिर ३० गतेसम्म आवेदन खुल्ला गर्ने बताएको छ । उपत्यका भित्रका लगानीकर्ताले एनआइबीएल क्यापिटल लिमिटेड लाजिम्पाट तथा नेपाल इन्भेस्टभेन्ट बैंकका अधिकांश शाखा कार्यालयमा आवेदन फारम लिन र बुझाउन सक्नेछन् । आवेदन फारम लिन र बुझाउन सक्ने स्थानहरु: