सुर्योदय लघुवित्तको एक लाख कित्ता साधारण सेयर आयो

काठमाडौं, १२ भदौ । सुर्योदय लघुवित्त वित्तिय संस्थाको एक लाख ९ हजार २ सय कित्ता साधारण सेयरका लागि आवेदन खुलेको छ । कम्पनीले भदौं १२ गतेदेखि ढिलोमा भदौ २६ गतेसम्म दरखास्त दिन सकिने उल्लेख गरेको छ । एक सय रुपैंयाँ अंकित साधारण सेयर निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक तोकिएको छ । सुर्योदयले काठमाडौं उपत्यका बाहेक पोखरा, बिरगञ्ज, बुटवल, हेटौडा, विर्तामोड, नेपालगञ्ज, धनगढी र बिराटनगरबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

सानिमा माई हाइड्रोले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं, ८ भदौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद सेयर निष्काशनका लागि भदौ ३१ गते बार्षिक साधारण सभा डाकेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड ५० लाख रुपैंयाँ रहेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको पुँजी दुई अर्ब ११ करोड रुपैंयाँ पुग्नेछ । सोही साधारण सभाले कम्पनीको आगामी कार्यकालका लागि पाँच सदस्यिय नयाँ नेतृत्व समेत चयन गर्नेछ । हालसम्म कम्पनीले २२ मेगावाट क्षमताको माई जलविद्युत आयोजना र माई ७ मेगावाटको माई क्यासेट जलविद्युत आयोजना निर्माण सम्पन्न गरेर उत्पादन आरम्भ गरिसकेको छ ।

नविरकण शुल्क तिर्न नेप्सेको पत्राचार, १५ देखि ५० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने

काठमाडौं, ७ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सवै सुचिकृत कम्पनीहरुलाई सुचिकरण वापतको नविकरण शुल्क बुझाउन जानकारी गराएको छ । नेप्सेमा सुचिकृत भएर कारोवार गरे वापत सवै सुचिकृत कम्पनीहरुले चालु आर्थिक बर्ष सुरु भएको असोज मसान्तभित्रमा नविकरण शुल्क बुझाइ सक्नुपर्ने ब्यवस्था बमोजिम त्यस्तो शुल्क बझाउन नेप्सेले सवै सुचिकृत कम्पनीहरुलाई पत्राचार समेत गरेको नेप्सेका सहायक प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । धितोपत्र कारोवार सुचिकरण नियमावाली २०५० को दफा ९ मा सुचिकरण नविकरण शुल्क बार्षिक रुपमा नेप्सेलाई बुझाउनु पर्ने ब्यवस्था छ । सो ब्यवस्था अनुसार तोकिएकै समयमा शुल्क बुझाएर नविकरण गर्न गराउन नेप्सेले कम्पनीहरुलाई पत्राचार गरेको हो । यस्तो शुल्क ग्लोबल आइएमइ बैंकमा रहेको नेप्सेको खाता नम्बर ७५०१०१००००७७५ मा जम्मा गरेर सक्कल प्रति भौचर नेप्सेमा बुझाउन पत्रमा उल्लेख गरिएको छ । नेप्सेमा बार्षिक सुचिकरण नविकरण शुल्क वापत १ करोड रुपैयाँसम्म चुक्ता पूजी भएका कम्पनीले १५ हजार, १ करोडदेखि ५ करोड रुपैयाँसम्म चुक्ता पूजी भएका कम्पनीले बार्षिक २५ हजार, ५ करोडदेखि १० करोड रुपैयाँसम्म चुक्ता पूजी भएका कम्पनीले बार्षिक ३५ हजार र १० करोड रुपैयाँ चुक्ता पूजी भएका कम्पनीहरुले बार्षिक ५० हजार रुपैयाँ शुल्क तिर्नु पर्छ ।