मिर्मिरे माइक्रोफाइनान्सको साधारणसभा भदौ २६ गते, के के छन् विशेष प्रस्ताव?
काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको विशेष साधारणसभा भदौ २६ गते हुने भएको छ । सो प्रयोजनको लागि भदौ ७ गतेदेखि भदौ १६ गतेसम्म कम्पनीको सेयर दाखिला खारेज बन्द(बुक क्लोज) हुने भएको छ । उक्त सभा सम्बन्धि निर्णय साउन ३० गते बसेको कम्पनीको ११४ औँ सञ्चालक समितिको बैठकले गरेको हो । सभामा कम्पनीले आफ्नो कार्यक्षेत्र १० जिल्ला थप गरी विस्तार गर्ने निर्णय लैजाने भएको छ । माइक्रोफाइनान्सले अधिकृत पूँजी वृद्धि गरी २० करोड रुपैयाँ र जारी पूँजी वृद्धि गरी ९ करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव लैजाँदै छ । कम्पनीले जारी पूँजीका लागि यस बैंकको हाल प्रक्रियामा रहेको हकप्रद सेयर सम्बन्धि सबै प्रक्रिया पुरा भए पश्चात कायम हुन आउने ४ करोढ ५० लाख रुपैयाँमा शतप्रतिशत(१ः१ को अनुपात)को दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव लैजाँदै छ । हाल कम्पनी ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रक्रियामा रहेको छ ।
नेसनल हाइड्रोपावर ६ करोड १२ लाख नोक्सानमा, १४ मेगावाटको तल्लो ईखुवा आयोजना बनाउने
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड गत आर्थिक वर्ष ०७३/०७४ मा नोक्सानमा गएको छ । गत आवमा कम्पनी ६ करोड १२ लाख ६९ हजार रुपैयाँ नोक्सानमा गएको छ । साढे ४ मेगावाटको तल्लो इन्द्रावती आयोजनाको ऋण सकार्दा कम्पनी घाटामा गएको हो । सुनकोसी हाइड्रोपावर कम्पनी लिमिटेडको १९ करोड ९९ लाख ७४ हजार रुपैयाँ ऋण दाइत्व सकारेपछि नेसनले निरन्तर नोक्सानमा सञ्चालन भइरहेको छ । अझै पनि १७ करोड बढी ऋण रहेको कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए । “सुनकोसीको ऋण दाइत्व नसरेको भए यो वर्ष नाफामा थियौ” उनले भने “उसको दात्वले हामीलाई घाटा भएको छ ।” उनकाअनुसार कम्पनीले नविल बैंकलाई सुनकोसीको कर्जा भुत्तानी गरिरहेको छ । अघिल्लो आवमा कम्पनी ७ करोड ३१ लाख ८९ हजार रुपैयाँ नोक्सानमा थियो । नोक्सानमा गएपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर ४ रुपैयाँ ४२ पैसामा सिमित भएको छ । गत आवमा कम्पनीले ३ करोड ६१ लाख ८१ हजार ७९० युनिट बिजुली बिक्रीबाट १८ करोड २ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । अघिल्लो आवमा ३ करोड ४३ लाख ८७ हजार ६५० युनिट बिजुली बिक्री गरेर १६ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीले भविष्यमा आम्दानीको दायरा बढाउन भोजपुरमा रहेको १४.१५ मेगावाट क्षमताको इखुवाखोला जलविद्युत आयोजना बनाउने तयारी गरेको छ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि कम्पनीले विद्युत विकास विभागमा निवेदन दिएको अध्यक्ष पाण्डेले जानकारी दिए । आयोजना बनाउन २ अर्ब ४८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक ७ करोड ८० लाख युनिट बिजुली उत्पादन हुने छ । बिजुली बिक्रीबाट वार्षिक ४३ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता १७१ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।
आरम्भ माइक्रोफाइनान्सको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त
काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । संस्थाले प्रति शेयर १०० रुपैयाँ अंकित दरको २ लाख ९४ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा (कर्मचारी समेत) निष्कासन गर्नको लागि बबर महलमा रहेको एनआईसी एशिया क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको हो । साउन ३१ गते मंगलवारका दिन संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनोद आचार्य र एनआईसी एसिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् । यस संस्थाकोे जारी पूँजीमध्ये साधारण शेयर सर्वसाधारणहरु र कर्मचारीहरुमा एनआईसी एशिया क्यापिटल मार्फत निष्कासन गर्न लागेको हो । नेपाल राष्ट्र बैंकबाट “घ“ वर्गको इजाजत प्राप्त आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको कार्यालय काभ्रेपलाञ्चोककाे बनेपामा रहेको छ । सो संस्था नेपालका १५ पहाडी जिल्लामा कार्यक्षेत्र तय गरि विपन्न वर्गको आर्थिक उत्थान गर्ने कार्यमा विगत २ वर्ष देखि सक्रिय रहदै आएको छ । हालै क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पूर्णरुमा नलाग्ने व्यवस्था गरेको छ ।