दुबई उडानबाट वार्षिक एक अर्ब रुपैयाँ आम्दानी गर्ने निगमको लक्ष्य

काठमाडौ, २० साउन । खाडी मुलुकको महत्वपूर्ण गन्तव्य मानिने दुबई उडान बन्द भएको चार वर्षपछि पुनःउडान सञ्चालन गर्न लागेको नेपाल एयरलाइन्सले वार्षिक एक अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । आगामी भदौ २ गतेदेखि नियमित काठमाडौँ–दुबई सिधा उडान गर्ने तयारी गरेको निगमले एक वर्षमा ४० हजार बढी यात्रुलाई सेवा दिएर उक्त रकम आम्दानी गर्ने लक्ष्य लिएको हो । विसं २०४१ माघदेखि काठमाडौं–दुबई उडान प्रारम्भ गरेको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानको कमीका कारण सन् २०१२ अगस्टबाट सेवा बन्द भएको थियो । काठमाडौं–दुबई उडानबारे जानकारी दिन यहाँ आज आयोजित पत्रकार सम्मेलनमा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले सम्भावना बोकेको दुबई गन्तव्यको नियमित उडानका लागि सबै तयारी पूरा भएको बताए । उनले अन्तर्राष्ट्रिय उडानको प्रतिस्पर्धी बजारमा नेपाल एयरलाइन्सलाई खरोरुपमा उतार्न सम्पूर्ण क्षमताकासाथ लागिपरेकोे उल्लेख गरे । निगमले अबको १२ देखि १८ महिनाभित्र दुई वटा वाइड बढी विमान किन्ने तयारी गरेको छ । हाल मुलुकमा २७ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । निगमका प्रवक्ता रामहरि शर्माले नेपाल एयरलाइन्सले व्यावसायिक सफलता गर्ने क्रममा रहेको र विमान खरिदका लागि कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष तथा ठूला बैंकले बजेट दिन आतुर रहेको जानकारी दिए । उनले दुबईमा धेरै नेपाली श्रमिक कार्यरत रहेका र युरोप तथा अमेरिका जाने मुख्यद्वार पनि भएकाले उडान प्राथमिकतामा परेको बताए । निगमका अनुसार काठमाडौंबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । काठमाडौंबाट दुबई उडान अवधि चार घन्टा ४० मि र दुबईबाट काठमाडौं चार घन्टा १५ मिनेटको हुने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दुबई उडान प्रारम्भ भएपछि अन्तर्राष्ट्रिय गन्तव्य आठ पुग्नेछन् । नेपाल एयरलाइन्सले हाल हङ्कङ, क्वालालम्पुर, बैंकक, नयाँदिल्ली, बैंगलोर, मुम्बई र दोहामा उडान भर्दै आएको छ । रासस

वाइवडि खरिद प्रस्ताव अर्थमा रोकियो, निगम भने व्यापारिक योजना बनाउँदै

काठमाडौं, २० साउन। नेपाल वायुसेवा निगमले लामो दूरीको अन्तर्राष्ट्रिय उडानका निम्ति वाइडवडि जहाज खरिद गर्नका लागि पठाएको प्रस्ताव अर्थ मन्त्रालयमा अड्किएको छ । करिब ४ महीना अघि नेपाल वायु सेवा निगमले अर्थ मन्त्रालयमा वाइडवडि जहाज खरिद गर्ने सहमतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको निगमका प्रवक्ता रामहरि शर्माले बताए । उनका अनुसार अर्थ मन्त्रालय अहिले जहाज खरिदका लागि ग्यारेन्टी वस्ने प्रक्रियामा छ । दुई ओटा वाइडवडि खरिदका लागि करीब २५ अर्ब रुपैयाँ लाग्ने निगमको अनुमान छ । यो रकम सरकारले व्यवस्था गरिदिने हो भने तीन वर्ष भित्रमै नेपाली आकासमा जहाज उडाउँन सकिने उनले बताए । निगमले आवश्यक रकम जोहो गरिदिन अर्थ मन्त्रालयमा प्रारम्भिक प्रस्ताव पठाएको हो । सरकारबाट सहमति आएमा आवश्यक पर्ने रकम कर्मचारी सञ्चयकोषसँग आग्रह गर्ने निगमको योजना छ । उता, अर्थ मन्त्रालयले भने निगमबाट आएको प्रस्तावमा कुनै ठोष आधार नभएको बताइएको छ । ठोस योजना नभइ सहमति दिन नसकिने अर्थको भनाइ छ । जहाज खरिदको लागि पठाएको फाइल (प्रस्ताव) अर्थमै अड्किए पनि निगम भने अबको ६ महीनाभित्र जहाज खरिद गर्नका लागि जहाज निर्माता कम्पनीसँग सम्झौता गर्ने भएको छ । जहाज खरिज गर्नको लागि निगमले अबको केही दिनमै व्यापारिक योजना तयार पार्ने र सञ्चालक समितिबाट स्वीकृत गराएर जहाज खरिदको प्रक्रिया अगाडि बढाउने गृहकार्यमा निगम जुटेको छ । ‘नयाँ जहाज खरिदको विषयमा बनिरहेको प्रतिवदेन अन्तिम चरणमा पुगेको वायुसेवा कर्पोरेट निर्देशक समेत रहेका शर्माले बताए । निगमले तयार पार्ने प्रतिवेदनमा जहाजको प्रकृति, जहाज खरिद गर्ने कम्पनी, आवश्यक लागत, जहाज आइपुग्ने समय, जहाज संचालन हुने गन्तव्य, नयाँ जहाजले गर्ने आम्दानी र खर्चसहितको पूर्ण विवरण सम्लग्न गरिने शर्माले जानकारी दिए । निगमको योजनालाई समयमै कार्यान्यन गर्न सकिएको अवस्थामा निगमले तत्काल दुई ओटा वाइडवडि जहाज पाउँने छ । पर्यटन मन्त्रालयले तयार पारेको दुई वर्ष रणनीतिक योजनामा पनि निगमको वाइवडि जहाज खरिदको लागि नै प्राथमिकता दिएको छ । यस्तो जहाज नेपालबाट सीधै अमेरिका र युरोपसम्म पुग्नसक्ने उल्लेख गरिएको छ । तीन वर्ष भित्र दुईओटा वाइवडि र अहिले नियमित उडानमा रहेको एयरवसको न्यारोवडि जस्तैे अर्को दुई जहाज ल्याउने गरि निगमले योजना निर्माण गर्दैछ । यो योजनालाई भरसरक एक साताभित्र अन्तिम रुपम दिने र निगम सञ्चालक समितिको बैठकबाट स्वीकृत गराएर सरकारलाई पठाउने शर्माले बताए । निगमले २०४६ साल अगाडि पनि वाइडवडि जहाज सञ्चालन गरिसकेकोले अहिले कुनै संकोच विना नै जहाज ल्याए मज्जाले नाफामा सञ्चालन गर्न सक्ने दाबी गरेको छ । उनका अनुसार अहिले नेपालमा विदेशी वायुसेवा मज्जाले नाफामा सञ्चालन भइरहेका छन् । ‘निगमले आफ्नो पुरानो गन्तवमा मात्रै पनि उडान गर्ने हो भने नाफा गर्न सक्छ,’ उनले भने ‘नयाँ गन्तव्यमा जाने हो भने पनि जहाज उडाएर नाफा गर्न सकिने आधार प्रशस्तै छन् । ’

पेनड्राइभलाई सेक्रेट राख्न चाहनुहुन्छ, यि ६ स्टेपमा राख्नुस् पेनड्राइभमा पासवर्ड (तस्विरसहित)

काठमाडौं, १८ साउन। पेनड्राइभ सानो भएपनि काम भने ठूलो गर्छ । तर पेन ड्राइभबाट डाटा सार्दा त्यो लिक हुने खतरा त्यतिकै हुन्छ । तपाइँलाई थाहा नहुन सक्छ पेन ड्राइभमा पासवर्ड हालेर यसलाई सुरक्षित बनाउन सकिन्छ । Bitlocker एन्क्रिप्शनको प्रयोग गरेर आफ्नो डाटालाई सुरक्षित पार्न सकिन्छ । तर यसका लागि तपाइँको ल्यापटपमा विण्डोज 7 Ultimate OS वा यस पछि आएका अपरेटिङ सिष्टममा मात्र काम गर्छ । यसरी राख्नुस् पेनड्राइभमा पासवर्डः स्टेप १ पेनड्राइभलाई कम्प्युटरमा कनेक्ट गर्नुस् । यदि पेनड्राभमा डाटा छ भने स्क्यान गर्नुस् खाली छ भने फर्म्याट गर्नुस् । अनि राइट क्लिक गर्नुस् र “Turn on bitlocker” छनौट गर्नुस् । स्टेप २ एक विण्डो खुल्छ र आफै बन्द हुन्छ । यसपछि प्रोसेस स्टार्ट हुन्छ । जव विण्डो खुल्छ त्यसमा तपाइँ पेनड्राइभलाई कसरी लक गर्न चहनु हुन्छ भनेर सोध्छ । त्यहाँ Use a password to unlock the drive अप्सनमा क्लिक गर्नुस् । स्टेप ३ आफुलाई ठिक लागेको पासवर्ड छान्नुस् । next बटनमा क्लिक गर्नुस् । त्यहाँ bitlocker recovery key सेभ गर्नका लागि सोध्छ । तपाइँले पासवर्ड भुलेमा यो प्रयोगमा आउँछ । स्टेप ४ Save to file अप्सन चुनेपछि कम्प्युटरको लोकेसन सोध्छ तपाइँले recovery Key सेभ गर्नु पर्छ । लोकेसन ब्राउज गरेर रिकभरी Key लाई सेभ गर्नुस् । स्टेप ५ यसपछि तपाइँलाई अर्को विण्डो देखिन्छ । यहाँबाट next बटनमा क्लिक गर्नुस् र Start Encrypting आउने बेला सम्म Next मा क्लिक गरिराख्नुस् ।   स्टेप ६ एन्क्रिप्शन शुरु भएपछि प्रोसेस कम्प्लीट हुन केही समय लाग्छ । प्रोसेस पूरा भएपछि पेनड्राइभलाई डिसकनेक्ट गर्नुस् र फेरि कनेक्ट गर्नुस् । अव तपाइँको पेनड्राइभ पासवर्ड नहाले सम्म खुल्दैन ।