नेपाल भित्रियो अउडीका ईभी गाडी, मूल्य डेढ करोड

काठमाडौं । काइरोस इन्टरनेसनल काठमाडौंले अउडीको ‘क्यू फोर ई-ट्रोन र क्यू फोर ई-ट्रोन स्पोर्टब्याक’ गाडी सार्वजनिक गरेको छ । जर्मनी विलासी कार अउडीको नेपालको लागि आधिकारिक बिक्रेता कम्पनी काइरोसले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त दुई मोडलको विद्युतीय कार (ईभी) सार्वजनिक गरेको हो । पहिलो चरणमा अउडीकाे क्यू फोर ३५ ई-ट्रोनकाे दुई भेरियन्ट नेपाल ल्याएको काइरोस इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनोद श्रेष्ठले बताए । उक्त विद्युतीय कारमा ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री जडान छ भने मोटरको पिकपावर १ सय २५ किलोवाट रहेको छ । अउडीको यो कारले एक पटकको फुल चार्जमा ३ सय ४९ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको सीईओ श्रेष्ठको भनाइ छ । अउडीको विद्युतीय कारमा नयाँ तथा आधुनिक फिचरहरू समावेश भएको पनि श्रेष्ठले जानकारी दिए । जर्मनीमा उत्पादित उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले अउडीका विद्युतीय कार नेपाल भित्र्याएको श्रेष्ठले बताए । यी दुवै मोडलका गाडीको ग्राउन्ड क्लियरेन्स १८० मिलिमिटर छ । क्यू फोर ई-ट्रोन ३५ को व्हील साइज २० इन्च छ भने स्पोर्टब्याक क्यू फोर ई-ट्रोन ३५ को व्हील साइज १९ इन्च रहेको छ । कम्पनीका अनुसार उक्त कार ६ वटा रङमा उपलब्ध छन् । सो गाडी १६० किलोमिटर प्रति घण्टाको रफ्तारमा दौडन सक्छ । ‘हामीले गाडी सार्वजनिक गरेसँगै बुकिङ पनि खुल्ला गरेका छौं, आजैबाट गाडी बुक गर्न सक्नु हुनेछ, बुकिङ गरेको तीन महिनाभित्र गाडी उपलब्ध गराउँछौं, गाडी टेस्लाको सोरुममा गएर बुक गर्न सकिने छ,’ उनले भने । काइरोसले उपलब्ध गराएको अउडी क्यू फोर ३५ ई-ट्रोनको नेपाली बजार मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै अउडीको क्यू फोर ३५ ई-ट्रोन स्पोर्टब्याक भेरियन्टको मूल्य भने १ करोड ५० लाख रुपैयाँ निर्धारण गरिएको छ । अउडीका अन्य मोडलका विद्युतीय कार पनि ल्याउने बताइएको छ । विद्युतीय कार भित्र्याएसँगै कम्पनीले उच्च स्तरीय सर्भिस उपलब्ध गराउने तयारी थालिसकेको छ ।

यसरी सम्भव भयो यो वर्ष रोपाइँ अगाडी नै रासायनिक मल वितरण

काठमाडौं । गत वर्ष रासायनिक मल लिनका लागि किसानहरु घन्टौँ लाइन लाग्ने गरेको समाचारहरु बाहिरिने गरेका थिए । मल लिनका लागि कृषि सहकारी तथा कृृषि सामग्री कम्पनीमा पुगेका किसानहरु लाइन लाग्दासमेत मल नपाएपछि रित्तो हात फर्कनु परेको गुनासो गर्ने गरेका थिए । रासायनिक मल अभावकै कारण रोपाइँ प्रभावित बन्ने गरेका विषयहरु सार्वजनिक हुने गरेकोमा यस वर्ष भने किसानले सहजै रुपमा मल पाए । तर, यस वर्ष भने कृषकले रोपाइँ गर्नु अघि नै रासायनिक मल पाएको दावी कृषि मन्त्रालयले गरेको छ । सहज रुपमै मल पाएका कारण भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता तपेन्द्र रावलले यस वर्ष रोपाइँ हुनु अघि नै देशभर रासायनिक मल पुगेको बताए । ‘गत वर्ष मल खरिद प्रक्रियामा ढिलाइ, रकम अभाव तथा टेन्डर परेका कम्पनीले मल नल्याउँदा समस्या भएको थियो’, उनले भने, ‘गत वर्ष अभाव भएपछि हामीले चालू आर्थिक वर्ष सुरु भएसँगै उच्च प्राथमिकतामा राखेर मल खरिद गर्याे, सबै निकायको पूर्ण सहयोग हुँदा यस वर्ष सहज रुपमा मल आयात भयो ।’ उनले प्रधानमन्त्रीदेखि कृषि सचिवसम्मले रासायनिक मल खरिदलाई उच्च प्राथमिकतामा राख्दा रोपाइँ अगाडी नै मल आइसकेको बताए । ‘अहिले रोपाइँ हुँदा सहज रुपमा किसानले मल पाउनुभयो, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीसँग अहिले पर्याप्त संख्यामा रासायनि मलको मौज्दात छ’, उनले भने, मौज्दातसँगै खरिदको प्रक्रियमा समेत छन्, उनले भने, धानमा जस्तै गहुँ लगाउने समयमा रासायनिक मलकोे अभाव हुँदैन् ।’ उनले यस वर्ष सरकारले मल खरिदका लागि मात्रै ३० अर्ब रुपैयाँ विनियोजन गरेको भन्दै रकम अभावकै कारण मल खरिदमा ढिलाइ नहुँदे दाबी गरे । ३० हजार मेट्रिक टन स्टक, २ लाख आउने क्रममा रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले यस वर्ष रासायनिक मलको अभाव नहुने जनाएको छ । कम्पनीसँग हाल ३० हजार मेट्रिक टन मल मौज्दात रहेको तथा १ लाख ८० हजार मेट्रिक टन मल आयातको क्रममा रहेको भन्दै कम्पनीले अभाव नहुने दाबी गरेको हो । कृषि सामग्री कम्पनीकै कारण यस वर्ष रासायनिक मलको अभाव नहुँने कम्पनीका सूचना अधिकारी पुण्यप्रसाद घिमिरे बताउँछन् । ‘गत वर्ष रासायनिक मल खरिदका लागि रकम अभावकै कारण हामीले पर्याप्त मल ल्याउँन सकेका थिएनौँ, यस वर्ष पर्याप्त रकम छ, हामी समयमै मल ल्याउने तयारीमा छौँ’, उनले भने । ११ हजार २६९ मेट्रिक टन युरिया, १३ हजार ५९ मेट्रिक टन डिएपी, ४ हजार १८० मेट्रिक टन पोटास र ८ सय ६६ मेट्रिक टन कृषि चुन गरी कुल ३० हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताए । उनले कम्पनीले हालसम्म् ५१ हजार मेट्रिक टन मल आयात गरेकोमा २१ हजार मेट्रिक टन बिक्री भैसकेको बताए । कम्पनीले चालू आर्थिक वर्षका लागि ३ लाख ६४ हजार मेट्रिक टन मल आयातकोे तयारी गरेकोमा १ लाख ८० हजार मेट्रिक टन मल आयातको प्रक्रियामा रहेको उनको भनाई छ । कम्पनीले उक्त संख्यामा मल आयातका लागि ग्लोबल टेन्डर आह्वान गरेर कम्पनी छनौट गरिसकेको भन्दै केही समयमै मल आयातको प्रक्रिया सुरु हुने जनाएको छ । साल्ट्र टेडिङसँग २८ हजार स्टक साल्ट्र टेडिङ कर्पाेरेशन लिमिटेडले हाल २८ हजार मेट्रिक टन रासायनिक मल स्टक रहेको जनाएको छ । कर्पाेरेशनका विभागीय प्रवन्धक ब्रजेशकुमार झा सयमयमै खरिद प्रक्रिाय सुरु गर्दा यस वर्ष मल अभाव नभएको बताउँछन् । ‘हामीले गत वर्षबाट पाठ सिकेर यस वर्ष समयमै मल खरिदको प्रक्रिया सुरु गर्याे प्रधानमन्त्री कार्यालय तथा कृषि मन्त्रालयबाट समयमै सहयोग हुँदा यस वर्ष समयमै खरिद गर्न सकेका हौँ’, उनले भने । उनले कर्पाेरेशनले विस २०६८ सालबाट रासायनिक मल खरिद गर्दै आएकोमा चालू आर्थिक वर्षमा मात्र सिजन सुरु हुँनु अगाबै मल ल्याउन सकिएको बताए । कर्पाेरेशनले फष्ट्या ट्रयाकबाट समेत मल ल्याउन सक्ने भएको उनले सरकारले मल खरिदका लागि दिएको रकम हुँदासम्म अभाव नहुने दाबी गरे । ‘हामीले आर्थिक विनियावली अनुसार मल खरिदका लागि ग्लोबल टेन्डर आह्वान गर्न सक्छौँ, सार्वजनिक खरिद अनुगमन नियमावली अनुसार नै गर्नुपर्छ भन्ने हुँदैन, ३ देखि ७ दिनको समय राखेर टेन्डर आह्वान गर्नसक्ने हामीलाइ अधिकार दिइएको छ’, उनले भने । उनले हाल कम्पनीसँग ९ हजार २०८ मेट्रिक टन युरिया, १७ हजार ३१० मेट्रिक टन डिएपी र १ हजार ९७८मेट्रिक टन पोटास गरी २८ हजार ४९७ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताए । यो वर्ष रासायनिक मल अभाव हुँदैन् कृषिमन्त्री भुसाल कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताएका थिए । उनले संसद अन्तरगतको प्रतिनिधि सभा बैठकमा यस वर्ष रासायनिक मलको अभाव नहुँने उद्घोष गरिसकेका थिए । गत वर्ष रासायनिक मल खरिदका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरेको सरकारले चालू आर्थिक वर्षमा दोब्बर बढाएर ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा उच्च बृद्धि हुँदा विनियोजन भएको रकम अपुग भएपछि गत वर्ष साढे २ लाख मेट्रिक टन हाराहारिमा मात्र नेपालमा मल भित्रिएको थियो । विनियोजन रकम अपुग भएको र अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव आएपछि सरकारले चालू आर्थिक वर्ष दोब्बरले रकम विनियोजन गरेको हो ।

प्राइम बैंकको सीईओमा संजीव मानन्धर नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चार्टर्ड एकाउण्टेन्ट संजीव मानन्धर नियुक्त भएका छन् । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै, नवनियुक्त प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले ऐनको दफा १२७ बमोजिम आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । शपथ ग्रहण समारोहमा संक्षिप्त सम्बोधन गर्दै लामो समयदेखि यस बैंकमा आबद्ध नवनियुक्त प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने आशा व्यक्त गरी निजको कार्यकालको पूर्ण सफलताको लागि अध्यक्ष राजेन्द्रदास श्रेष्ठले शुभकामना व्यक्त गरेका छन् । स्थापनाकालदेखि नै यस बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत संजीव मानन्धर यस अघि यसै बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा थिए । प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंक लि.बाट बैंकिङ क्यारियर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंक लि.को विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरिसकेका बैंकले जनाएको छ ।