आतिफ असलमको कन्सर्ट : ‘खल्ती’ एक्सक्लुसिभ टिकटिङ पार्टनर
काठमाडौं । ‘खल्ती’ले आतिफ असलमको लाइभ म्युजिकल शो मा एक मात्र आधिकारिक टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ । तरिस ईन्टरटेनमेन्ट र एम् एन् प्रोडक्सनसँग सम्झौता गर्दै काठमाडौं म्युजिक फेस्टिभल २०२४ हुन गई रहेको दक्षिण एसियाकै चर्चित आवाज आतिफ असलमको लाइभ शोमा खल्तीले बक्स अफिसदेखि अनलाईन टिकट सेल्सको सम्पूर्ण जिम्मा लिएको हो । ‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’ चैत्र ३० र वैशाख १ मा काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा दिउँसो ४ बजे सुरु हुन गई रहेको छ । खल्ती प्रयोगकर्ताले यस इभेन्टको टिकट सजिलै खल्ती एप मार्फत खरिद गरी आफ्नो ठाउँ समयमै सुनिश्चित गर्न सक्नेछन् । आयोजकका अनुसार नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको ‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’मा आतिफ असलमको कन्सर्ट पहिलो दिनको लागि तय गरिएको छ भने दोस्रो दिनमा थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहनेछ । दुवै इभेन्टको टिकट खल्तीमा उपलब्ध छ। खल्तीले अहिले सम्म ५००० भन्दा बढी कार्यक्रमहरूमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा सहकार्य गर्दै अनलाइन टिकटिङको एक उत्कृष्ट माध्यम बन्न सफल भएको छ। केहि महिना अघि मात्र हायात रिजेन्सी ग्राउन्डमै भएको अरिजित सिंह लाइभ शो मा खल्तीले अनलाइन र बक्स अफिस टिकटिङ को जिम्मेवारी निकै नै सराहनीय ढङ्गले पूरा गरेको थियो । सो टिकटिङ व्यवस्था अनुसार १५ हजारं दर्शकले उक्त इभेन्टको हिस्स बन्ने अवसर पाएका थिए। खल्तीले सोही तवर र सहजताका साथ आतिफ असलमको कन्सर्ट रहेको यस म्युजिक फेस्टिभलको टिकटिङ व्यवस्था गरेको छ । प्रयोगकर्ताहरूले निर्धक्क भई सुविधा जनक तवरबाट अनलाईन टिकट खरिद गर्न सक्ने कुरामा खल्ती बिश्वस्त छ। आफ्नो स्वर बेल्टिङबाट परिचित आतिफले तेरे संग यारा, जीना जीना, वो लम्हे वो बातें, जब कोई बात, पहली दफा जस्ता हिट गीत गाएका छन् भने सन् २००८ मा पाकिस्तान सरकारबाट चौथो सर्वोच्च नागरिक सम्मान ‘तमग़ा-ए-इम्तियाज़’ बाट सम्मानित भएका थिए । उनको सुमधुर आवाज र गायन क्षमताले ठूलो संख्यामा दर्शक श्रोता मन जित्न सफल भएको छ भने थुप्रै अवार्डहरू पनि कमाएको छ । यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन् – ‘खल्ती फेरी पनि एम् एन् प्रोडक्सनसँग टिकटिङ्ग पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा निकै नै उत्साहित छ । केहि महिना अघि मात्र गराज ईन्टरटेनमेन्ट र एम् एन् प्रोडक्सनद्वारा आयोजित अरिजित सिंह लाइभ शो मा टिकटिङ्ग पार्टनरको जिम्मेवारी बहन गर्दै उल्लेखनीय सफलता पश्चात हामी फेरी पनि ‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’ – आतिफ असलम को लाइभ शो को एक मात्र टिकटिङ्ग प्लेटफर्मको रूपमा उपस्थित भएका छौँ ।’
गायिका सोना अमात्यको ‘आइ एम द सुपरस्टार’ सार्वजनिक
काठमाडौं । गायिका सोना अमात्यले चर्चित र्यापर गिरिश खतिवडा र तीव्र र्यापरको पहिचान बनाएका बुलेट फ्लोसँग सहकार्य गर्दै गीत ‘आइ एम द सुपरस्टार सार्वजनिक गरेकी छन् । गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द र संगीत दिँदा गिरिश र ओ२एमएल (पीग इ प्रोड)ले प्रतिध्वनी दिने ताल निकालेका छन् । मुम्बईमा कहलिएका निर्देशक विशाल खरातको निर्देशन रहेको भिडियोमा उनले कथावाचनलाई उत्कृष्ट रुपले पस्केका छन् । छायाँकार आलोक शुक्लाले दृश्यलाई उत्कृष्ट रुपले खिच्दा त्यसको काँटछाटमा विशालले आफ्नो कला देखाएका छन् । भिसी स्टुडियो, मुम्बईले अनलाइन मेनेज गरेको भिडियोको ग्रेडिङ सीएएच४ स्टुडियोले गरेको छ । गीतमा निर्माण डिजाइन, प्रकाश र मेकअपमा क्रमशः इश्वर बल्लभ उप्रेती, इन्द्रलाल श्रेष्ठ, विना पाण्डे तथा कोरियोग्राफर प्रशान्त तामाङ र इश्वर बल्लभ उप्रेतीलगायतको सहकार्य छ । सोना विशेषत पप, लोक, शास्त्रीय, आधुनिक गायनमा परिचित छिन् । गीतको कथाले सबै भित्रको जन्मजात सुपरस्टारलाई जोड दिएको छ । गीतले श्रोतामाझ प्रतिध्वनि गर्नेमा गायिका सोना विश्वस्त छिन् ।
इण्डियन आइडलबाट बाहिरिएपछि मेनुकाले भनिन्ः नसोचेको सफलता हात पारेँ
काठमाडौं । गायन रियालिटी शो इण्डियन आइडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले नेपालको सांगीतिक क्षेत्रले आफूलाई अझ बढी मेहनत गर्न सिकाएको बताएकी छिन् । आइतबारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै सोमवार गृहजिल्ला झापा आइपुग्नुभएकी गायिका पौडेलले नेपालले संगीत क्षेत्रमा अझ धेरै मेहनत गर्ने प्रेरणा दिएको बताइन् । उनले भारतको रियालिटी शोमा आफू उत्कृष्ट दशमा पुग्नु नै आफ्नो लागि ठूलो सफलता भएको बताइन् । आफूले नसोचेको सफलता हात पार्दा धेरै नै खुशी मिलेको बताउँदै उनले यस्तो सफलता आफूले बिरलै पाउने समेत भनाई राखिन् । साथै, बलिउडमा धेरै गीतहरु गाउनका लागि आफूलाई अफर आइरहेको जानकारी गराइन् । गायिका पौडेललाई सोमबार झापामा साहित्य चौतारी तथा सप्तक संगीत विद्यालयले सम्मान तथा अभिनन्दन गरेका थिए । उनले २०७४ सालमा नेपाल आइडलमासमेत प्रतिष्पर्धा गरेकी थिइन् ।