अमेरिकाबाट पैसा पठाउँदा हेमराज वि.सीले पाए आइफोन एक्स

काठमाडौं । रिया आइएमई मार्फत् अमेरिकाबाट पैसा पठाउँदा हेमराज वि.सीले आइफोन एक्स प्राप्त गरेका छन् । आइएमईका सीइओ सुमन पोखरेलले भाग्यशाली विजेता वि.सीलाई उक्त उपहार प्रदान गरेका छन् । आइएमईका सीइओ सुमन पोखरेलले भाग्यशाली विजेता वि.सीलाई आइफोन प्रदान गर्दै यो योजना यहि फेबरवरी १५ सम्म कायम हुनेछ ।

काबुलमा यस वर्षकै ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते

काबुल । अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु भएको छ । साथै यसमा परी १५८ जना घाइते भएका छन् । यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको रुपमा लिइएको छ । काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थान लक्ष्य गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोट गराइँदा कम्तीमा ९५ जनाको मृत्यु भएको बताइएको छ । घटनामा परी अन्य १५८ जना घाइते भएका र तीमध्ये केहीको अवस्था गम्भीर रहेको हुनाले मृतकको सङ्ख्या बढ्नेसमेत प्रहरीको अनुमान रहेको छ । घाइतेको सङ्ख्या बढी भएकाले स्थानीय अस्पतालहरुमा उपचारमा समस्या भएको पनि उनीहरुले जानकारी दिएका छन् । विद्रोही र इस्लामिक स्टेट (आइएस) लडाकू समूहले बेलाबेलामा आक्रमण गरिरहने भएकाले काबुलका आमनागरिकका लागि अत्यन्त प्राणघातक भएको छ । यद्यपि एएफपीका संवाददाताले जामुरिते अस्पतालमा मृत्यु हुने र घाइते हुनेहरुको संख्या अत्यधिक देखेको बताएका छन् । अस्पतालका स्वास्थ्यकर्मीहरुले रक्तपातपूर्ण घाइतेहरुलाई अस्पतालको गल्लीमा समेत राखेर उपचार गरी जीवन जोगाउने संघर्ष गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद माजरोहले भने, “अहिलेसम्म मृत्यु हुनेहरुको संख्या ९५ पुगेको छ, १५८ जना घाइते भएका छन् । यसअघि गृह मन्त्रालयले ६३ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । काबुलको मध्य भागमा पर्ने सिदारात स्क्वायरमा स्थानीय समयानुसार दिउँसो करिब १२ः५० मा घटना भएको अधिकारीहरुले बताएका छन् । विस्फोट भएको क्षेत्रमा गृह मन्त्रालयको पुरानो कार्यालय, युरोपेली संघलगायतका विभिन्न उच्च महत्वका संघसंस्था र कार्यालय रहेका छन् । काबुलका लागि युरोपेली संघका प्रतिनिधिहरु सुरक्षित रहेको र कुनै मानवीय क्षति नभएको अधिकारीहरुले एएफपीलाई जानकारी दिएका छन् । एम्बुलेन्स आक्रमणको तालिवान लडाकू समूहले जिम्मेवारी लिएको छ । घटनापछि सरकारी सुरक्षाकर्मीहरुले घटनास्थल आफ्नो नियन्त्रणमा लिएर दोषीहरुको खोजी कार्य तीव्र पारेको जनाएका छन् । काबुलमै रहेको एक होटलमा गत आइतबार तालिवान लडाकूहरुले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको थियो । रासस/एएफपी

सुरु भयो क्यान इन्फोटेक एक्स्पो, सञ्चारमन्त्री बस्नेतले गरे उद्घाटन

काठमाडौं । काठमाडौं स्थित भृकुटीमण्डमा यस वर्षको २४ औं ‘सुविसु क्यान इन्फोटेक एक्स्पो २०१८’ सुरु भएको छ । आज (बिहीबार) सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले एक्स्पोको उद्घाटन गरेका थिए । उनले एक्स्पो उद्घाटनको क्रममा सूचना प्रविधिको विकासविन देशको विकास सम्भव नहुने बताए । मुलुकको विकास गर्न सूचना तथा प्रविधि क्षेत्रको ठूलो महत्व रहने उनको भनाइ छ । ‘सूचना तथा सञ्चार प्रविधिको विकास गर्न सरकारले के गर्न पर्ने हो, त्यसको निम्ति सहयोग गर्नेछ,’ उनले भने ‘सरकारले विद्यार्थीहरुमाझ सूचना प्रविधि पुर्याउन ईलाइब्रेरीको स्थापना गर्ने तयारी गरिरहेको छ ।’ उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुको उपस्थित थियो । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा संचार क्षेत्रको पछिल्लो नयाँ प्रबिधिहरु एकै छानामूनि राखिएको छ । आयोजनका अनुसार मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हलबाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेको छ । ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुडस्टलह १० गरी जम्मा २२२ स्टल राखिएको छ । त्यस्तै हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सीसी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स लगायको प्रदर्शनी रहेका छन् । आयोजकले सर्वसाधारणको प्रवेश शुल्क रु १००, विद्याथीको लागि ५० रुपैयाँ तोकेको छ । टिकटको अनलाईन खरीदमा २० प्रतिशत छुटको व्यवस्था गरेको  छ। प्रदर्शनी माघ १६ गतेसम्म चल्ने आयोजकले बताएको छ ।