चन्द्रागिरीमा १८ प्रश्न अनुत्तरित, नेप्से १५०० पुगेपछि तल झर्ने (फाेटाे फिचर)
काठमाडौं । पत्रकारको जन्म अर्काको कथा सुन्न, अर्काको कहानी लेखिदिने र अर्काका सुखदुःख बोलिदिन भएको हो, आफ्नो लेख्न होइन । तर संस्मरणको रुपमा म आज आफ्नै कार्यालय विकास मिडिया परिवारको एकदिने भ्रमणको बारेमा लेख्दैछु । ‘यसपाली नयाँ वर्ष रमाइलोसँग मनाऊँ । बैंशाख १ गते विकास मिडिया परिवार चन्द्रागिरी घुम्न जाऊँ’ साथी खेम अधिकारीले चैतको अन्तिम साता प्रस्ताव गरे । ‘सबै जनाबीच छलफल गरौं’ मैले भने । भोलिपल्ट छलफल भयो र २ गते चन्द्रगिरी भ्रमणमा जाने सहमति जुट्यो । चैत १७ गते मोटरसाईकल दुर्घटनामा परेर दाई दीपक पौडेलको निधनले नारायण पौडेल शोकमा थिए । दुर्घटनासँग जोडिएको कार्यमा थप समय दिनुपर्ने भएकोले उनी काठमाडौं फर्कन केही दिन ढिला हुने भयो । नारायणको अनुपस्थितिमा विकास मिडिया परिवार चन्द्रगिरी भ्रमणमा जाने र रमाइलो गर्ने भन्ने कुरै भएन । बैशाख २ गतेको कार्यक्रम ७ गते सर्यो । विकास मिडियामा रमाइलो वातावरण सिर्जना गर्नेमा नारायण, सन्दीप भट्टराई, खेम अधिकारी र आशिषको भूमिका बढी हुन्छ । चन्द्रागिरी भ्रमण जानु पूर्वको तयारी र कार्यक्रमको जिम्मेवारी आशिष र सन्दीपले पाए, सबै साथीसँग समन्वय गर्ने गरी । विकास मिडियाको प्रकाशन देशविकास साप्ताहिक र न्यूजपोर्टल विकासन्यूजमा नियमित क्रियाशिल २२ जना मध्ये १८ जना मात्र चन्द्रागिरी भ्रमणमा निस्कियौं । आफन्तको विवाहसहितको वाध्यात्मक कारण जनाउँदै ४ जना साथीहरु भ्रमण सहभागि हुन सकेनन् । छातीमा ‘देशविकास’ पिठ्यूउँमा ‘विकासन्यूज डट कम’ प्रिन्टेड सेतो टिर्सट लगाएर टिमका सबै साथी ‘सँगै’ हिड्दा हामी मात्र खुशी भएनौं, बाटोमा विकास मिडियाको जुझारु टिम देख्ने मध्ये अधिकांश मुस्कुराए । यतिसम्म कि चन्द्रागिरीको विभिन्न आकर्षक क्षेत्रमा फोटो खिचाउने क्रममा अरु यात्रीहरुको भीडले हामीलाई प्राथमिकता दियो । मान्छे आकर्षित हुने फक्रेको फूलमा हो, ओइलाएको फूलमा होइन । ज्यानले साथ दिएसम्म काम गर्ने कर्मयोगि राजधानीबासीहरुको लागि बेलाबखत घुमघाम र आनन्द लिनको लागि चन्द्रागिरी पहाडको टुप्पो साँच्चिकै रमणीय ठाउँ छ । कम्तिमा धुलो, धुवाँलगायतको वातावरणीय प्रदुषणभन्दा माथि पुगिन्छ । चन्द्रगिरीको पानी मुखमा हाल्दा र एक धड्कन लामो स्वास लिदाँ पनि छुट्टै मज्जा हुन्छ । त्यहि मज्जा लिन विकास मिडिया परिवार चन्द्रगिरी चढेको थियो । राजु पौडेल र धर्मराज अर्यालसँग समन्वय गरी तय गरिएको स्थान फाइन डाइनिङ रेष्टुरेन्ट झोला बिसाएर हामी भालेश्वर मन्दिर दर्शनमा निष्कियौं । जहाँ मान्छेको भीड लाग्छ, त्यो ठाउँ प्रदुशित हुन्छ । मन्दिरको दर्शन गर्न वा केबुलकार चढ्न वा प्राकृतिक वातावरणमा वा चन्द्रागिरी पहाडको टुप्पोमा मानवनिर्मित पूर्वाधारमा मनोरञ्जन लिन दैनिक सरदर २००० मानिस पुग्छन् । तर यो ठाउँमा फोहोर देख्नु पर्दैन । मानिसहरु वातावरण र परिवेश अनुसार कृया, प्रतिकृया जनाउँछन् । हामीले गोलाप्रथामा आधारित रमाइलो खेल खेल्ने क्रममा चौरमा कागजको टुक्रा खसाल्यौं । त्यसले फोहोर देखियो । हामीले ती टुक्रा टिपेर झोलामा हाल्यौं । चन्द्रागिरीको सुन्दरतामा आफूलाई उभ्याउनु, फोटो खिच्नु र सामाजिक सञ्जालमा राख्नु सबैको रुचिको विषय भैगो । तैपनि पिउन र पिलाउन, नाच्न र नचाउन हामीले धेरै समय बितायौं । स्वास्थ्यले चुनौति गरेपछि पृथराज थेगिमले ‘सोचे जति, चाहेजति’ इन्जोइ गर्न पाएनन् यस विधामा । फर्केपछि समिक्षा बैंठकमा उनले भने । प्रविधिको प्रयोगसँगै सार्वसाधारणमा गाउने कला र गला गुम्दै गएको छ । हाम्रो टिममा पनि त्यो कला र गला भएको साथी रहेनछन् । यशोदा पौडेलले नचाउने गीतहरु पेन ड्राइभमा लगेकी थिइन् । तर त्यहाँको साउण्ड सिस्टमको लागि पेन ड्राइभ काम नलाग्ने पुरानो प्रविधि भईसकेको रहेछ । इन्टरनेटमार्फत यूट्युवमा पहुँच सजिलो रहेछ । वाईफाई मज्जाले चल्दोरहेछ । २०७३ र २०७४ सालमा नेपाली सर्जक र गायकहरुले नचाउने गीत बनाएर यूट्यूवमा राखेकै छन् । त्यहि घन्काइयो र नाचियो । नाच्न त सबै नाचे तर यशोदा पौडेल र खेमराज श्रेष्ठले अछ्छा नाचे । नाच्न आनकानी गर्ने नरबहादुर कार्की र सन्दीप भट्टराईलाई आशिष ढुंगानाले काँधमा राखेर नचाई दिएपछि नाच्न लाज मान्ने सिर्जना थपलिया, रिचा दाहाल, मन्जरी पौडेल, शंकर अर्याल, शंकर तिमल्सिना, इन्द्र नगरकोटीलाई नाच्न रहर पनि लाग्यो, कहर पनि लाग्यो । वातावरण यस्तो बन्यो कि मदिरा सेवन नगर्ने नारायण पौडल मदिराको बोटल बोकेर नाच्न थाले । नपिए पनि मन्जरीले गिलासमा वाइन राखेर फोटो खिचाईन् । पहिलो पटक प्रकाशले वाईन चुस्की लगाए । पिउने पिलाउने मामलामा राजाराम न्यौपानेको पनि नयाँ पोल खुल्यो । फोटोमा दीपाश्री निरौलासँग चुम्बन गरेको फोटो खिचाएर आशिष र प्रकाशले हँसाउने र रिसाउने वातावरण बनाए । चुम्बन अभिनय गर्दा अंकमाल मिलाउन, ओठ मिलाउन, नाक मिलाउन आदेश दिदै परफेक्ट फोटो खिच्ने मन्जरी र यशोदाको वर्णनले कम्ता हसाँएनन् । बसमा फर्कदै गर्दा उक्त फोटो नै मजाकको विषय बन्यो । बसमा पछाडि बस्ने १५ जना पेट मिचिमिचि हस्दा अगाडि सिटमा बस्ने सिर्जना र रिचा रिसाएको पाइयो । शैली र शब्दमा गडबड भएछ । ड्राइभरसँग बस्ने इन्द्रले सुइकै पाएनन् । ‘हास्दा हास्दा मेरो दुबै गाला दुख्यो’ मैले मेरो दुःख सुनाए । ‘हास्दा हास्दा मेरो पनि गाला दुख्यो’ धेरैले भने । हामी विहान १० बजेदेखि रमाइलोमा जुटेका थियौ, साँझ साढे सात बजेसम्म निरन्तर हाँसोको फोहोरा चलिरह्यो । बसबाट ओर्लदा सबै साथीको एउटै भनाई रह्यो–‘यस पटकको भ्रमण अविस्मरणीय नै रह्यो, सोचेभन्दा धेरै रमाईलो भयो ।’ तर हामीले महत्वपूर्ण अवसर गुमायौं । चन्द्रागिरी हिल्सका अध्यक्ष तथा सफल उद्यमी चन्द्रप्रसाद ढकाललाई हामीले त्यस कार्यक्रममा अथितिको रुपमा निमन्त्रणा गरेका थियौं । उनले निमन्त्रणालाई स्वीकार गरेका थिए । ढकाललाई सोध्न हामी १८ जनाले १८ वटा प्रश्न तयार गरेका थियौं । जीवन, सम्बन्ध, व्यवसाय, सफलता, राजनीति लगायत बहुविधामा प्रश्न तयार गरेका थियौं । उनी ढिलासम्म पनि अाइपुगेनन् । उनकाे खाेजी यति भयाे कि म्यू टावरमा चढेर दुरविन लगाएर हेरियाे । बाटाेमा अाउँदै गरेकाे पनि देख्न सकिएन । दिउँसो ३ बजेपछि फाेन गर्दा थाहा भयाे कि चितवनबाट काठमाडौं आउने फ्ल्लाइट डिले भएछ । हाम्रा १८ प्रश्न अनुत्तरित रहे । हामी रमाइलोमा झुमिरहदा चन्द्रागिरी हिल्सका सञ्चालक अम्बिकाप्रसाद पौडेल र महाप्रबन्धक अभिशेक बिक्रम शाह थोरै समय सहभागी भए । पौडेल नेपाल इन्भेष्टर फोरमका अध्यक्ष र उदाउँदा ठूला लगानीकर्ता पनि हुन् । यसै साता नेप्से ११० अंकले बढ्यो । विकासन्युजका सम्पादक बाबुराम खड्काले प्रश्न गरिहाले–‘सेयर बजार यू टर्न भएको हो ?’ ‘भालेश्वर मन्दिरमा आएर झुटो बोल्न भएन, सत्य बोल्नुपर्छ । यस मन्दिरमा तपाईहरु पनि एउटा वर माग्नुहोस्, त्यो पुरा हुन्छ । यो मेरो विश्वास हो ।’ उनले थपे–‘मेरो हिसावमा नेप्से बढेर १५०० छुन सक्छ, त्यसपछि बजार घट्न सक्छ ।’ हेक्का राखौं, भविष्यवाणीका आधारमा सेयर बजारमा गरिएको लगानी बढी जोखिमपूर्ण हुन्छ । विकास मिडियाको यस भ्रमणलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ।
हुन्डाई फेस्टिभ डिलाइटको पुरस्कार वितरण, अधिकारी र आयल सपलायर्सले पाए हुन्डाईको गाडी (फोटो फिचरसहित)
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको विजेताहरुलाई पुरस्कार हस्तान्त्रण गरिएको छ । बिहीबार काठमाडौंको थापाथलीस्थित हुन्डाई शोरुममा एक कार्यक्रमको आयोजना गरी लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कनज्युमर आई नेपालको अध्यक्ष बिमला खनाल, २०१८ का मिस नेपाल श्रृंखला खतिवडा तथा हुन्डाई मिस फेण्डसिप सायरा लामाले संयुक्त रुपममा पुरस्कार हस्तान्तरण गरेका हुन् । सो आफरअन्तर्गतको बम्पपर लक्कीड्रमा शुसनप्रसाद अधिकारीले हुन्डाई इलाईट आई २० गाडी प्राप्त गरेका छन् । अर्का कन्काई आयल सपलायर्सलले हुन्डाईकै एक्सेन्ट गाडी जितेको छ । अफर अन्तर्गत कम्पनीले हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको छुट र एक वर्षको निशुल्क बिमा साथै स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट, लक्किड्रमार्फत सय जना भाग्यमानी विजेताहरुलाई १०/१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण र बम्पर लक्किड्रमार्फत दुई जनाले गाडी जित्ने अवसर प्रदान गरेको थियो । सो अफरमा महेस राजकर्णिकार, कृष्णराज पोखरेल, अनिलकुमार श्रेष्ठ, नीरज क्षेत्री लगायत १० जना भाग्यशाली विजेताहरुलाई दुबई भ्रमणकाे लागि पुरस्कार प्रदान गरिएको थियो । सय जना भाग्शाली विजेताहरुको लक्किड्र कनज्युमर आई नेपालका अध्यक्ष खनालद्वारा अनामनगरस्थित कार्यालयमा गरिएको कम्पनीको भनाइ छ । योजना २०७४ भदौ ८ देखि कात्तिक १० गतेसम्म लागु भएको थियो ।
दरबार मार्गमा खुल्यो किंङस् लाउञ्ज, स्वादिष्ट परिकार र संगीतप्रेमीलाई उचित गन्तव्य
काठमाडौं । नयाँ बर्ष २०७५ को अवसर पारेर राजधानीको दरबारमार्गमा अत्याधुनिक फेमिली रेष्टुरेन्ट ‘किंङस् लाउञ्ज’ सञ्चालनमा आएको छ । संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो । विभिन्न पेशा र व्यवसायमा आवद्द केही युवाहरुको सामूहिक लगानीमा सुरुवात गरिएको रेष्टुरेन्टमा चाईनिज,थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिने लाउञ्जका सञ्चालक दर्शन भट्टराईले बताए । राजधानीको मुख्य केन्द्र दरबार मार्गमा सुरक्षित पारिवारीक वातावरणमा फरक ढगंले रेष्टुरेन्ट संचालनमा ल्याइएको किंङस् लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए । ‘अहिले सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्टको सुरुवात गरेका हौं ।’ लाउञ्जका सञ्चालक भट्टराईले भने । रेष्टुरेन्ट विहान एघार बजेदेखि राति १२ बजेसम्म संचालनमा आउनेछ । विहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार,गोष्ठि, इभेन्ट तथा पार्टीहरु संचालन गरिने बताइएको छ । जसका लागि टेरेस रुम, भिआइपि रुप, लाईभ रुम,फेमेलि रुम लगायतको व्यवस्था गरिएको छ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुती रहने लाउञ्जका अर्का सञ्चालक रामचन्द्र श्रेष्ठले बताए । ‘विशेषगरी रेष्टुरेन्टमा क्रिस्पी चिकेन,प्रान्को फ्राईड चिकेन, प्रान्को प्राउन, डेभेलोन होर्स बोक लगायतका फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् । दरबारमार्गमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने होम्रो योजना छ ।’ लाउञ्जका अर्का सञ्चालक कुमार गुरुङले बताए । अहिले रेष्टुरेन्ट संचालनमा आएपनि औपचारिक उद्घाटन केही समयपछि गरिने बताइएको छ । नेपालको नमूना स्वरुपमा तयार गरिएको किंङस् लाउञ्जमा झण्डै सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।