संरक्षणको पखाईमा कचन कवल (तस्बिरहरू)
काठमाडौं । कचन कवल (नेपालीः कचन कावल) कोशी प्रदेशको कचन कावल गाउँपालिका (पहिले, केचना गाविस) मा अवस्थित एक ठाउँ हो । समुन्द्री सतहबाट ७० मिटर (२३० फिट) मा रहेको यो ठाउँ पहिले नेपालको सबैभन्दा होचो स्थान थियो । तर, नेपाल सरकार र केही अन्य संस्थाहरूले २०१७ मा गरेको नयाँ सर्वेक्षण अनुसार धनुषाको मुखियापट्टी मुशरनिया ५९ मिटरमा रहेको जिल्लालाई नेपालको नयाँ होचो ठाउँको रूपमा घोषणा गरिएको छ । तर, अहिले कचन कवलको संरक्षण हुन सकेको छैन । संरक्षण हुन नसक्दा कचनकवलको सौन्दर्यता मासिँदै गएको छ । यस क्षेत्रको संरक्षण हुन नसके सीमा मिचने सम्भावना रहने स्थनीयहरु बताउँछन् । भारतको सीमाना नजिकै रहेकाले पनि यस क्षेत्रको आवश्यक संरक्षण हुन जरुरी छ । यस गाउँपालिकाको सीमाना पूर्वमा भारत, पश्चिममा बह्रदाशी गाउँपालिका र भारत, उत्तरमा हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिका तथा दक्षिणमा भारतसम्म फैलिएको छ । मनसुनी हावा पानी (अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ । तापक्रमः गृष्मऋतु ३६ डिग्री से। सम्म हुन्छ भने शीतकालमा औसत न्यूनतम तापक्रम १० डिग्री सेल्सियससम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट (मे देखि सेप्टेम्बर) यहाँ सरदर १३८ सेन्टिमिटरसम्म वर्षा हुन्छ । न्युज एजेन्सी नेपाल
रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल तानियो (तस्बिरहरू)
काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्याइएको छ । लगनखेल थतिटोलबाट बिहीबार रथ तानेर जावलाखेल पुर्याइएको हो । सातगाउँमा सतुंगल, नैकाप, मत्स्येगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर र छन् । परम्परागत बाजा, झाँकिसहित रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ । गत वैशाख २७ गते बिहीबार रातो मत्स्येन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा सुरु भएको थियो । रातो मत्स्येन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत रूपमा सुरु भएको थियो । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मंगलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ । यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिव १६ सय वर्षअघि सुरु भएको मत्स्येन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ ।
यस्तो छ एआई, रोबर्ट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स’ (तस्बीरहरू)
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ मा विद्यार्थी, कर्पोरेट क्षेत्र र सर्वसाधारणको सहभागीता उल्लेख रहेको छ । प्रदर्शनीमा स्वचालित एआइ गन, रोबोटिक डग, लाइब्रेरी तथा एयरपोर्ट म्यानेजमेन्टका लागि लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि, एआइ रोवटिक शिक्षकको अवलोकन गर्न पाइन्छ । विद्यार्थीहरुले पासवर्ड क्रयाकिङको विश्लेषण गर्ने रोबर्ट पनि प्रदर्शनीमा राखेका छन् । प्रदर्शनीमा बैंकिङ, टुर गाइड, फूटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, वोबोट वारलगायतका ३० भन्दा बढी परियोजना रहेका छन् । डिल्लीबजारस्थित सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शको आयोजनामा कलेज परिसरमा आयोजित मेलामा कलेजमा स्नातक तह दोश्रो र तेस्रो वर्षमा अध्ययनरत सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेका उत्पादन प्रदर्शन गरिएको कलेजका निर्देशक अमृत थापाले जानकारी दिए । साउन १५ गते देखि सुरु प्रदर्शनी २० गतेसम्म सञ्चालन हुनेछ प्रविधिमा रुचि राख्ने जो कोहीले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सक्नेछन् ।