बैंकर्स संघको अध्यक्षमा सीईओ केसी र उपाध्यक्षमा कोइराला चयन

काठमाण्डौ । वाणिज्य बैंकहरुका सीईओको संगठन नेपाल बैंक संघ (एनबिए)को अध्यक्ष सुनिल केसी चयन भएका छन् । बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसी सर्वसम्मत रुपमा चयन भएका हुन् । बैंकर्स संघको बुधबार सम्पन्न विशेष साधारणसभाले नयाँ अध्यक्षमा केसीलाई सर्वसम्मत रुपमा चयन गरेको हो । यसअघि सीईओ केसी संघको उपाध्यक्ष थिए । यसअघि संघको अध्यक्ष कृषि विकास बैंकका पूर्व सीईओ अनिल कुमार उपाध्याय थिए । उनको सीईओको कार्यकाल पुस १० गते सकिएपछि अध्यक्ष पद पनि सकिएको थियो । सीईओको कार्यकाल सकिएपछि संघको अध्यक्ष पद पनि स्वतः रिक्त रहने व्यवस्था रहेको छ । यस्तै, बैंकर्स संघको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला सर्वम्मत चयन भएका छन् । बैंकर्स संघको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाह, नेपाल एसबिआई बैंकका सीईओ दीपकुमार दे, नेपाल बैंकका सीईओ कृष्ण बहादुर अधिकारी, एनआईसी एशिया बैंकका सीईओ रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ र सनराइज बैंकका सीईओ सुमन शर्मा रहेका छन् ।

दोस्रो पटक बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा पवन गोल्यान

काठमाडौं । बैंक तथा वित्तिय संस्थाका साहुहरुको संगठन बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा पवन गोल्यान निर्विरोध निर्वाचित भएका छन् । आइतबार सम्पन्न तेश्रो वार्षिक साधारण सभाले गोल्यानलाई दोश्रो कार्यकालका लागि पुनः अध्यक्ष निर्वाचित गरेको हो । गोल्याल एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष समेत हुन् । अध्यक्ष गोल्यानको कार्यकाल आगामी २ वर्षसम्म रहनेछ । यसअघि उनी २०७७ फागुनमा अध्यक्षमा चुनिएका थिए । उनको कार्यकालमा संस्थालाई बैंकिङ्ग क्षेत्रको अभिन्न अंगकको रुपमा स्थापित गर्न सफल भएका छन् । यस्तै, परिसंघको बरिष्ठ उपाध्यक्षमा भोज बहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजन सिंह भण्डारी, कोषाध्यक्षमा तुल्सिराम अग्रवाल, सचिवमा कुश प्रसाद मल्ली र सह कोषाध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । कार्य समिति सदस्यहरुमा उपेन्द्र पौडेल, लिला प्रकाश सिटौला, उपेन्द्र केशरी न्यौपाने, मोतिलाल दुगड, राधेश पन्त, महेन्द्र कुमार गोयल, भरतराज ढकाल र हिरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित भएका हुन् । [pdf id=378812]

कृषि विकास बैंकका सीईओको कार्यकाल सकियो, नदोहोर्याउने मुडमा सञ्चालक समिति

काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्यायको कार्यकाल सकिएको छ । ४ वर्षअघि अर्थात् २०७५ पुस १० गते बैंकको सीईओ पदमा नियुक्त भएका उनको पहिलो कार्यकाल आज सकिएको हो । यससँगै अब बैंकको सञ्चालक समितिले कार्याकाल थप्यो भने सीईओ उपाध्याय दोहोरिन चाहेका छन् । तर, पछिल्लो समय बैंकको स्थिति कमजोर बन्दै गएकाले सञ्चालकहरुले दोहोर्याउन नचाहेको उच्च श्रोतले बताएको छ । यद्दपि हालसम्म भने उनको कार्यकाल दोहोरिन्छ की दोहोरिँदैन भन्नेमा भने स्पष्ट निर्णय हुन सकेको छैन । बैंकका अध्यक्ष रमेश दुवाडी भने आजभोलि नै सञ्चालक समितिको बैठक बसेर निर्णय गर्ने बताउँछन् । ‘बैंकको सीईओमा दोहोर्याउने वा नदोहोर्याउने भनेर निर्णय आज हुन्छ, अहिलेसम्म निर्णय भएको छैन, हामीले मात्रै चाहेर हुँदैन,’ उनले भने, ‘सञ्चालहरुले बैंकको अवस्था खस्किएको हुनाले हुँदैन भन्नु भएको छ, समय थोरै भएकाले आजभोलि मै निर्णय हुन्छ ।’ यता सीईओ उपाध्यायले भने आफ्नो कार्यकालमा कृषि विकास बैंकलाई एक अब्बल सरकारी बैंकका रुपमा माथि पुर्याएको दावी गरेका छन् । विकास बैंकजस्तो बैंकलाई वाणिज्य बैंकको रुपमा चिनाउन आफ्नो ठूलो योगदान रहेको उनी बताउँछन् । उनको आगामी योजना पनि बैंकिङ्ग क्षेत्रमा नै सक्रिय रहने छ । आफ्नो स्वास्थ्यले साथ दिएसम्म बैंकिङ्ग क्षेत्रमा नै सक्रिय रहने बताउँदै उनले भने ‘बैंकको सञ्चालक समितिले दोहोर्याएन भने ३४ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको छुँ, यो अनुभवलाई कतै न कतै साट्न योजना बनाउँछु,’ उनले भने ।